काठमाडौं–सरकार मधेसी मोर्चाबीचको वार्ता विना विना निष्कर्ष सकिएको छ। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बुधबार बसेको बैठकमा सरकारले राज्य पुर्नसंरचनाको विषयमा संघीय आयोगले दिएको प्रतिवेदनलाई राजनीतिक सहमतिको आधारमा टुंग्याउने प्रस्ताव राखेको सरकारी वार्ता टोलीका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।तर मोर्चाले भने सीमाकंनको विषयमा तत्काल टुंग्याउनु पर्ने अडान राखेको थियो। 'मोर्चाकातर्फबाट सीमाकंनको विषय तत्काल टुंत्याउनु पर्ने प्रस्ताव आएको थियो,' श्रेष्ठले संचारकर्मीसँग भने,'हामीले संघीय आयोगले बुझाएको प्रतिवेदनलाई राजनीतिक सहमतिको आधारमा टुंग्याउने प्रस्ताव गरेका छौं।'
मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले कुनै माग नगरेको भन्दै तत्काल दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्नेलगायतका माग राखेको बताए। आजको बैठकमा कुनै ठोस सहमति हुन नसकेकोपछि शुक्रबार बस्ने वार्तामा सरकारी टोलीले मोर्चाका मागका विषयमा ठोस प्रस्ताव ल्याउने श्रेष्ठले बताए । यसअघि आजैको बैठकमा मोर्चाले ३५ बुँदे माग सरकारी वार्ता टोली समक्ष पेश गरेको थियो ।