काठमाडौं– भारतले नाकाबन्दी गरेको १३ दिन हुँदासमेत सरकारले त्यसको विकल्प खोजेको छैन्। पेट्रोलियम पदार्थको हाहाकार कायमै रहेपनि सरकारीस्तरबाट विकल्पका विषयमा आधिकारिक रुपमा केही कदम चालिएको छैन्। सरकारले जनतालाई राहत दिन चीनबाट इन्धन ल्याउने बताउने गरेको भएपनि अहिलेसम्म औपचारिक रुपमा चीनलाई आग्रह गरेको छैन्।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सोमबार मन्त्रालयले इन्धन उपलब्ध गराउन चीनलाई पत्रचार गरेको छ। चिनियाँ दूतावासमार्फत चीन सरकारलाई पठाएको पत्रको जवाफ मंगलबार साँझसम्म आइपुग्ने मन्त्रालयले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार चिनिया अधिकारीले नेपाल सरकारलाई स्पष्ट खाकासहित प्रस्तुत हुन आग्रह गरेको छ।
'कति समयलाई पुग्ने इन्धन चाहिने हो स्पष्ट खाका ल्याउन चिनियाँ अधिकारीले आग्रह गरेका छन,' वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गिरिबहादुर केसीले नागरिकन्युजसँग भने, 'चार महिना, एक वर्ष वा चार वर्षलाई पुग्ने इन्धन चाहिएको हो? स्पष्ट खाका दिनुस् भनेका छन्।' तर मन्त्रालयले भने कुनै स्पष्ट खाकाबीना चीन सरकारलाई इन्धन उपलब्ध गराउन पत्राचार गरेको छ। राज्य मन्त्री केसीका अनुसार हवाई इन्धन ल्याउन सरकारले बंगलादेशसँग कुरा अगाडि बढाएको थियो।
तर बंगलादेश सरकारले भारतले हात हालेको ठाउँमा आफू पस्न नसक्ने जवाफ दिएको छ। बंगलादेश नेपालका कारण भारतसँगको सम्बन्ध बिग्रने डरका कारण यो मामिलामा हात हाल्न इच्छुक नदेखिएको उनले बताए। 'तत्काल बंगलादेशबाट हवाई इन्धन ल्याउने प्रयास पनि सफल हुन सकेन,' उनले भने, 'हवाई इन्धनको लागि सिंगापुरबाट ल्याउने विषयमा कुराकानी भइरहेको छ।'
सिंगापुरबाट कार्गो गरेर कोलकाता बन्दरगाह हुँदै इन्धन ल्याउने विषयमा छलफल भएपनि भारतले पारवहन सुविधामा अबरोध सृजना गर्यो भने के गर्ने? भन्ने विषयमा सरकार अलमलिएको स्रोतले जनायो। स्रोतका अनुसार सिंगापुरबाट हवाई इन्धन ल्याउने विषयमा गृहमन्त्री बामदेव गौतमले पर्यटन तथा नागरिक उड्यान मन्त्री कृपाशुर शेर्पामार्फत कुरा अगाडि बढाएका छन्। मन्त्री शेर्पाका साथीको सिंगापुरमा कार्गो व्यावसाय रहेको र उनीहरुमार्फत नै हवाई इन्धन ल्याउन गृहमन्त्रीले पहल थालेपनि त्यसलाई औपचारिक रुप दिइएको छैन।
भारतको डरले चीनसँग दूरी कायमै
भारतले नाकाबन्दी गरेको लामो समय भइसक्दा पनि सरकारले त्यसको विकल्पबारे ठोस पहल लिएको छैन। मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री र प्रमुख तीन दलका नेताहरुले अहिले भारत आफूहरुको कामबाट असन्तुष्ट रहेको र यस्तो बेला चीनबाट इन्धन ल्याउने कुराले भातर थप चिढिन सक्ने भन्दै तत्काल चीनसँग औपचारिक रुपमा इन्धन ल्याउन पहल गर्न आँट गरेका छैनन्। कतिपय मन्त्री र दलका नेताहरुले चीनबाट इन्धन ल्याउने वक्तब्यबाजी गरेपनि औपचारिक पहल भने लिइएको छैन।
आपूर्ति मन्त्रालयले नेपाल आगल निगम मार्फत सोमबार भारतीय आयल निगमलाई पत्र लेख्दै ८७ करोड क्षतिपूर्ति माग दाबी गरेको छ। पत्र पठाउन मिल्ने÷नमिल्ने विषयमा मन्त्रालयमा विवाद भएको स्रोतले उल्लेख गर्यो।
आपूर्ति सचिव विदेश भ्रमणमा
मुलुको आपूर्ति व्यवस्था तहसनहस भएका बेला आपूर्ति व्यवस्थाको जिम्मा पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यय सोमबार साताव्यापी विदेश भ्रमणमा निस्किएका छन्। सचिव उपाध्याय सोमबार ग्वान्जाओको साताव्यापी भ्रमणमा निस्केका छन्। 'उहाँले मुख्यसचिवज्यूसँग परामर्श गरेरै जानु भएको हो,' नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले नागरिकन्युजसँग भने, 'सचिवज्यू नेपाल बसेर पनि गर्ने केही होइन। उँहाको अनुपस्थितिमा हुने काम रोएको छैन।' सचिव पहिला नै तय भएको कार्यक्रममा भाग लिन गएको मन्त्रालयले जनाएको छ।
गैर जिम्मेवार मन्त्री
वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री सुनिलबहादुर थापा मन्त्रालय कम र बाहिर ज्यादा रहने गरेका छन्। मन्त्रालयमा आउँदा पनि मन्त्रालयको काममा भन्दा उनी पार्टीका कार्यकर्तालाई बढी समय दिने गरेको स्रोतले जनायो। मन्त्री थापा संचारकर्मीसँग कुरा गर्नै चाँहदैनन। मंगलबार यो संवादाता मन्त्रालयमा पुग्दा मन्त्री आफ्नो गोप्य कक्षमा थिए। स्वकीयमार्फत मन्त्रीलाई भेट्ने प्रयास गर्दा उनले आफ्ना कार्यकर्तालाई भेट दिएपनि संचारकर्मीसँग भेट गरेनन्। उनले आपूर्तिका विषयमा सारा जनतालाई जानकारी भएको भन्दै आफूले थप कुरा नगर्ने बताए। 'सबै कुरा मैले भन्न मिल्दैन मन्त्रालयले प्रवक्तामार्फत सबै कुरा सार्वजनिक गर्छ, तपाइले मलाई सोध्ने होइन प्रवक्तालाई सोध्नुहोस,' उनी चिढिए। उनले आफू यस बिषयमा बोल्न नमिल्ने भन्दै बारम्बार दोहो¥याए।
भारतको माग पुरा गरे आपूर्ति सहज
प्रमुख तीन दलले भारतसँग निहुँ खोजेर गल्ती गरेको भन्दै भारतले अघि सारेका माग पुरा नहुदासम्म आपूर्ति व्यवस्था सहज नहुने मन्त्रालय स्रोतको ठहर छ। विकल्प नसोचिकन भारतलाई चिढाएको परिणामा अहिले जनताले भोग्नु परेको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ। 'भारतसँग स्पष्ट कुरा गर्न डराउने, चीनलाई आग्रह गर्दा भारतले झनै पेल्ने हो कि भनेर डर पालेर बसेका छन्,' एक अधिकारीले भने 'यस्तो ढुलमुले पाराले मुलुकको आपूर्ति व्यवस्था कसरी सहज हुन्छ?' सरकार र तीन दलसँग भारतको माग पुरा गर्नुको विकल्प नभएको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ।