काठमाडौं–भारतीय नाकाबन्दी तथा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक चिया विस्कुट खाएर सकिएको छ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा नयाँ सरकार गठनको विषयले प्रवेश न पाएन भने नाकाबन्दीको विषयमा सामान्य छलफल भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । बैठकमा भारतले भनेजस्तो नेपालको असुरक्षाका कारण पेट्रोलिय पदार्थ पठाउन नसकिएको भनाइमा सत्यता नभएको गृहमन्त्री बामदेव गौतमले जानकारी गराएका थिए।
गौमले समग्र शान्ति सुरक्षाको अवस्था बारे बैठकमा ब्रिफिङ गरेका थिए। उनले मुलुकको शान्ति सुरक्षाको स्थिति सुरक्षा निकायको नियन्त्रणमा रहेको भन्दै भारतीय पक्षले दाबी गर्दै आएको आएको असुरक्षाको कारणले नाका सुचारु गर्न नसकिएको भन्ने भनाइमा सत्यता नरहेको जानकारी गराएका थिए।
बैठकमा कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने विषयमा छलफल भएपनि कुनै ठोस निष्कर्ष भने ननिकालेको खनालले बताए। 'भारतीय पक्षले शनिबार नाका सुचारु गर्न साकारात्मक पहल गर्ने निर्णय गरेको कुरा सुन्नमा आएको थियो,' खनालले नागरिकन्युजसँग भने,'तर व्यवहारमा लागू भएको हामीले पाएनौं । नाका खुलाउन कुटनीतिक पहल गर्ने विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएन।'
बैठकमा कुनै पनि विषयमा गंभीरतापूर्वक छलफल नभएको बैठकमा सहभागी एक नेताले जनाए ।'बैठकमा चिया र विस्कुट खाने काम भयो,' स्रोतले भन्यो,' कुनै पनि विषयमा गंभीरतापूर्वक छलफल नै भएन।' स्रोतले अगाडि थप्यो, 'प्रधानमन्त्रीले सबै मिलेर जानुपर्छ भन्नु भयो। प्रचण्डले हो, मिल्नुपर्छ भन्नु भयो हामीले पनि त्यसैमा सही थप्यौं।' बैठकमा तीन दलीय वार्ता टोलीका सदस्यले मधेसी मोर्चासँग हालसम्म भएका वार्ताको जानकारी गराएका थिए।