भक्तपुर– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो पार्टीको नेतृत्वमा सरकार नबने एमाले प्रतिपक्षमै बस्ने बताएका छन्।
भक्तपुरमा आइतबार आयोजित साक्षात्कारमा उनले पहिला भएका सहमति कार्यान्वयन नभए एमाले सरकारमा नजाने सम्भावना बढेको बताए। उनले अबको सरकार सहमतिको भन्दा पनि बहुमतीय आधारमा निर्माण हुने दाबी गरे।
उनले कुनै पनि वैदेशिक हस्तक्षेप नेपालीलाई सह्य नहुने भन्दै उनले नेपालको संविधान नेपालीका लागि बनाइएकाले कुनै विदेशीले टाउको दुखाउन आवश्यक नरहेको बताए। अघोषित नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरेको उनको भनाइ थियो। उत्तरतर्फको नाका खोल्न सरकार लागिपरेको र सम्भावित नाकासमेत खोल्ने तयारी भइरहेको उनले जानकारी दिए।