काठमाडौं–व्यवस्थापिका संसदको बैठक शोकप्रस्ताव पारित गर्दै असोज २२ गतेसम्मका लागि स्थगित भएको छ।२०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद नरबहादुर थापा र ०६४ सालको संविधानसभा निर्वाचनमा एमाओवादीकातर्फबाट बर्दिया–४ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री रामचरण चौधरीको निधनमा शोकप्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। २२ गते बस्ने बैठकले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने छ।
अर्को समाचार
संसद बैठक २२ गतेसम्मका लागि स्थगित
अर्को समाचार
संसद बैठक स्थगित, सभामुखले पत्रकार सम्मेलन गर्दै
काठमाडौं- आज बस्ने भनिएको संसद बैठक बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालय स्रोतका अनुसार बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो। केहीबेरमा सूचना टास गरी संसद बैठक स्थगित भएको जानकारी गराउने बताइएको छ।
यसैबीच सभामुख ओनसरी घर्तिमगरले आजै पत्रकार सम्मेलन गर्दैछिन्। उनले नयाँ बानेश्वरको संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन गर्दैछिन्।
यसैबीच सभामुख ओनसरी घर्तिमगरले आजै पत्रकार सम्मेलन गर्दैछिन्। उनले नयाँ बानेश्वरको संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन गर्दैछिन्।