रौतहट- तराई मधेसमा ४९ दिनदेखि जारी आमहडताल, सातायताको नाकाबन्दी र संविधान निर्माणमा सहभागी नेतालाई निषेध गर्ने मधेसी मोर्चाको उद्घोषबीच बिहीबार रौतहट आएका नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानका सबल पक्षबारे प्रष्ट्याएका छन्।
एमाले रौतहट जिल्ला कार्य समितिले चन्द्रनिगाहपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले असोज ३ मा जारी नेपालको संविधानबारे मधेसवादी दलले भ्रम फैलाएको आरोप लगाए। मधेसी मोर्चाकै मागअनुसार नयाँ संविधानमा सप्तरीदेखि पर्सासम्म बेग्लै प्रदेश बनाइएको उनले बताए। 'एकै प्रकारको रहनसहनलाई एउटा प्रदेश बनाउनु मधेसको भावनाको सम्मान होइन र!' उनले भने।
नेपालले संविधानको विरोध गर्नुअघि एकपटक राम्रोसँग संविधान अध्ययन गर्न सुझाए। 'संविधानमा भएका कुरा प्रचार गर्ने कोही भएन,' उनले भने, 'भ्रामक प्रचारका कारण जनता आन्दोलनमा छन्।'
प्रस्तावनादेखि हरेक पृष्ठमा संविधानको विशेषता रहेको दाबी गर्दै उनले भने 'नेपालको संविधान र अन्य मुलुकको संविधान पढनुस् अनि मात्र संविधान राम्रो–नराम्रो भन्न सकिन्छ।'
मधेसी मोर्चाले महत्वका साथ उठाएको नागरिकतासम्बन्धी मुद्दाबारे संविधानको पाना पल्टाउँदै नेपालले भने, 'एक देशको नागरिकता छाडेर नेपालको अंगीकृत नागरिकता लिएको व्यक्ति भोलिपल्टै मुलुकको प्रमुख पदमा जान मिल्दैन। यो हामीलाई मान्य पनि हुँदैन।'
विदेशी मूलको नागरिकले वंशजको नागरिकता खोज्न नमिल्ने बताउँदै उनले भने, 'विदेशी मूल हुनेले पाउने भनेको अंगीकृत नागरिकता नै हो।'
आन्दोलनरत मधेसकेन्द्रित दल र भारतीय व्यवहारको पनि उनले आलोचना गरे। भारतले विगतमा नेपालसँग गरेका सम्झौता उल्लंघन गर्दै मधेसकेन्द्रित दलको आन्दोलनलाई सघाइरहेको उनले बताए। 'भारतबाट समान नेपाल नआए नेपाल सरकारलाई दोष लाग्दैन, भारतलाई नै लाग्छ,' मधेसी मोर्चालाई लक्षित गर्दै उनले भने, 'औपचारिक, अनौपचारिक र इसारा गरेर भारतले नाकाबन्दी गर्न मिल्दैन।'
नकाबन्दी गरे पनि स्वाभिमानका लागि नेपाली नझुक्ने बताउँदै उनले भने, 'विकल्पमा भारतजस्तै अर्को मुलुकसँग नेपालले मित्रताको सम्बन्ध गाँस्छ, जुन भारतका लागि राम्रो हुँदैन।'
नेपालीको मन दुखाएर होइन, मन जितेर मित्रता कायम राख्न उनले भारतीय सरकारलाई आग्रह गरे। उनले भने 'नेपालको संसदमा बोलेर नेपालीको मनमा बसेका भारतीय प्रधानमन्त्री मोदीको छवि नाकाबन्दीपछि 'गेल भैंस पानी मे' जस्तै भएको छ।'
नाकाबन्दी नगरेको भन्ने भारतीय पक्षको भनाइप्रति व्यंग्य गर्दै नेता नेपालले भने, 'बोर्डरमा बस्ने आन्दोलनकारीलाई खाने बन्दोबस्तसम्म भारतीय पक्षबाट भएको छ। नाकाबन्दी गरेको छैन भनेर कसरी भन्न मिल्छ?' नाकाबन्दी नगरेको भन्ने आधार भारतसँग नभएको उनको दाबी थियो।
शुक्रबार बस्ने संसदको बैठकबाट नयाँ सरकारको प्रक्रियासँगै आन्दोलनरत दलसँग वार्ता अघि बढ्ने नेपालले बताए। आन्दोलनरत दल लचिलो भए बैठकबाट संविधान संशोधनको प्रक्रिया सुरु हुने उनले जानकारी दिए।
एमाले सभासद वंशीधर मिश्रले मधेसी मोर्चाले उठाएको माग मूर्त नभएको टिप्पणी गर्दै नयाँ संविधानमा मधेसको माग समेटिएको दाबी गरे। सोही कार्यक्रममा एमालेका अर्का सभासद लालबाबु यादवले संविधानबारे मधेसवादी दलले अध्ययन नै नगरी भ्रम फैलाएको बताएका थिए। एमालेकी पूर्व सभासद सरला यादवले संविधानको प्रचार–प्रसारमा जुट्न कार्यकर्तालाई आग्रह गरिन्। 'गाउँघरमा गएर संविधानमा भएका व्यवस्थाको प्रचार–प्रसार गर्नुस्,' उनले भनिन्, 'मधेसी मोर्चाले राजनीतिक पार्टीका नेतालाई धम्की दिएका छन्, संविधानबारे भ्रामक प्रचार गरेका छन् तर हामी डराउनु हुँदैन।'