रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले नेपाल–भारत सीमामा आफूहरूको योजनाअन्तर्गत नाकाबन्दी भएको बताएका छन्। रौतहटको गौरमा बुधबार आयोजित विरोधसभामा बोल्दै उनीहरूले काठमाडौँ जाने खाद्यान्न र पेट्रोलियमलगायत सामग्रीको आपूर्ति बन्द गर्नैका लागि नाकाबन्दी गरिएको र यसलाई निरन्तरता दिने बताए। नाकाबन्दीमा भारतलाई मुछ्नु नाजायज हुने उनीहरुको भनाइ थियो।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले काठमाडौंमा सामान आपूर्ति बन्द गर्न नाकाबन्दी गरेको दाबी गर्दै त्यसलाई भारतले गरेको भन्न नमिल्ने बताए। उनले भने, 'नाकाबन्दी भारतले होइन, मधेसले गरेको हो।' मधेसका मुद्दा सम्बोधन नगरेर ध्यान अन्यत्र मोड्न नाकाबन्दीमा भारतलाई मुछिएको उनले आरोप लगाए।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि नाकाबन्दी आफूहरुले गरेको जिकिर गरे। 'नाकाबन्दी मधेसमा बस्ने नेपालीले गरेको हो,' उनले भने, 'भारतले होइन।'
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेसमा लामो समयसम्म चलिरहेको आन्दोलनप्रति काठमाडौंमा बस्ने नेताले ध्यान नदिएका कारण मोर्चा नाकाबन्दी गर्न बाध्य भएको बताए।
वार्ताको जिम्मा ठाकुरलाई
गौरमा बुधबार बसेको मोर्चाको बैठकले वार्ताको वातावरण बनाउने जिम्मेवारी तमलोपा अध्यक्ष ठाकुरलाई दिएको छ।
सरकारसँगको वार्तालाई सकारात्मक भन्दै ठाकुरलाई प्रतिनिधि तोके पनि मोर्चाको औपचारिक प्रेस विज्ञप्तिमा भने यसबारे उल्लेख गरिएको छैन। बैठकपछि नागरिकसँग कुरा गर्दै ठाकुरले आफूलाई काठमाडौंमा सरकारी पक्षसँग छलफल गर्ने जिम्मेवारी दिइएको बताए। उनले भने, 'सरकारसँग मैले अनौपचारिक वार्ता गर्ने समझदारी भएको छ।'
तर, मोर्चामा आबद्ध नेताहरूको फरक–फरक भनाइ आएकाले ठाकुरलाई कस्तो जिम्मेवारी दिइएको हो भन्ने प्रस्ट छैन। फोरम नेपालका अध्यक्ष यादवले ठाकुरलाई वार्ताका लागि सम्पर्क व्यक्ति तोकेको बताएका छन् भने सद्भावना अध्यक्ष महतोले वार्ताको वातावरण बनाउने जिम्मा दिएको बताए। महतोले प्रमुख दलका नेताबाट विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता आए औपचारिक वार्ताटोली गठन गर्ने जानकारी दिए।
वार्ताको वातावरण बनाउने जिम्मेवारी पाएका ठाकुर भने विरोध सभालाई सम्बोधन गरेलगत्तै काठमाडौंतिर लागेका छन्।
सभामा बोल्दै ठाकुरले अहिलेसम्म औपचारिक वार्ता नभएको तर अनौपचारिक रूपमा कुराकानी भइरहेको बताए। आफूसँग प्रमुख राजनीतिक दलका नेता भेट्न आएको प्रसंग उल्लेख गर्दै उनले भने, 'औपचारिक वार्ता भइरहेको छैन, कोही भेट्न आउँछन् भने कसरी इन्कार गर्ने?' वार्ताका लागि भयमुक्त वातावरण हुनुपर्ने उल्लेख गर्दै ठाकुरले त्यसका लागि आफूहरूले पूर्वसर्त राखेको बताए।
उनले विगतका सम्झौता कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित औपचारिक पत्राचार गरिसकेपछि मात्र मोर्चाले बार्ताबारे ठोस निर्णय लिने र वार्ता समिति गठन गर्ने जानकारी दिए।
मोर्चा सम्बद्ध स्रोतले भने मोर्चाले वार्ताटोलीबारे धारणा बनाइसकेको जानकारी दिएको छ। वार्ताटोलीमा ठाकुरसहित संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेस सद्भावना पार्टीका महासचिव रामनरेश राय रहने सम्भावना छ।
मोर्चाले तराई–मधेसमा चलिरहेको आन्दोलन उचाइमा पुगेको निचोड निकाल्दै त्यसलाई अझ सशक्त बनाउने भनेको छ। तमलोपा अध्यक्ष ठाकुर, फोरम अध्यक्ष यादव, सद्भावना अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा तराई–मधेसका सरकारी कार्यालय, वित्तीय संस्था र कर कार्यालयलाई कुनै प्रकारको शुल्क, कर, राजस्व नतिर्न आग्रह गरिएको छ।