नागरिक संवाद : 'राजनीतिक वार्ताबाटै समाधान'
११ असोज २०७२
•
२३ मिनेट पाठ
नागरिक संवाद : 'राजनीतिक वार्ताबाटै समाधान'
वीरगन्जका बुद्धिजीवी, उद्यमी र व्यवसायीले तराई–मधेसमा डेढ महिनादेखि चलिरहेको आन्दोलनलाई केन्द्रमा राखी राजनीतिक वार्ता र संवाद गरेर समाधान निकाल्न सुझाएका छन्। मुलुकको प्रमुख औद्योगिक क्षेत्र, आर्थिक नगरी तथा भारतसँगको प्रमुख नाका वीरगन्जमा नागरिकले आयोजना गरेको नागरिक संवादमा उनीहरूले सरकार र आन्दोलनरत दुवै पक्षले अहंकार त्यागेर राजनीतिक सामाधान खोज्नुपर्ने बताए। उनीहरूले मधेसी मोर्चाको आन्दोलन सम्बोधन भए सीमा नाकामा देखिएको जटिलता समाप्त हुने उनीहरूको भनाइ छ।'वार्ताको वातावरण छिटो बनाऊ'
ललन द्विवेदी, सहप्रध्यापक
(क्याम्पस प्रमुख, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज)




काठमाडौंले भारतले नाकाबन्दी गरेको देखिरहेको छ। मन्त्रीहरूले भाषणमा बोल्ने बाहेक भारतले नाकाबन्दी गर्योब भनेर परराष्ट्र मन्यालयको भनाइ वा कुनै औपचारिक दस्तावेज आएको छैन। भारतले पटक–पटक नाकाबन्दी गरेको छैन भनिरहेको छ। उसले विज्ञप्ति निकालेको छ। काठमाडौंले जे देखिरहेको छ, त्यस्तो स्थिति यहाँ छैन। यहाँका मधेसी जनताले गरेको आन्दोलनमा पारिका मानिसको सहयोग छ। काठमाडौंले त्यसलाई नाकाबन्दीको आँखाले हेरिरहेको छ। मधेसका कलकारखाना बन्द छन्, व्यापार बन्द छ, जनजीवन अस्तव्यस्त छ, पूरै देश प्रभावित छ। तर, सरकार किन वार्तामा गइरहेको छैन? वार्तामा जति विलम्ब हुन्छ, त्यति नै घाटा हुन्छ। यसअघिको मधेस आन्दोलन उत्कर्षमा थियो। त्यो बेला आन्दोलनका नेता उपेन्द्र यादवलाई वीरगन्जबाट हेलिकप्टर चढाएर लगियो र वार्ता गरियो। त्यो बेला कसले लगेको थियो? कसरी वार्ता भएको थियो? त्यो बाटो अपनाउनुपर्यो्। नेताहरूले जतिसक्दो चाँडो वार्ताको वातावरण बनाउनुपर्छ। नेताहरू भड्काउने काम गर्दै हुनुहुन्छ, आगोमा घ्यु हाल्दै हुनुहुन्छ।

नाकाबन्दीअघि हामी एकोहोरो निर्भर रह्यौं। २०४५ सालमा राजीव गान्धीले नेपाललाई नाकाबन्दी गरेका थिए। त्यो नाकाबन्दीको २७ वर्षसम्म पनि हामीले विकल्प तयार गरेनौं। काठमाडौंले भारतसँग गहिरो सम्बन्ध भन्दै आयो। रोटीबेटीको भनिएको सम्बन्ध अहिले आएर बिग्रिन थालेपछि चीनसँग सम्बन्ध गाँसिँदैछ। भोलि गएर चीनसँग सम्बन्ध बिग्रियो भने कोसँग सम्बन्ध गाँस्ने? अहिले नागरिक सामाजका अगुवाले भूमिका खेल्नुपर्छ। राज्यले उनीहरूको कुरा सुन्नुपर्छ। आन्दोलकारीसँग वार्ता गर्नुपर्छ। बन्द खुलाउनुपर्छ। तराई–मधेसमा देखिएको आन्दोलनको अवस्था पछाडि यहाँबाट जितेर गएका नेताहरू दोषी छन्। उनीहरू एक नम्बरका गद्दार हुन्। मधेसको भोट लिने, अनि मधेसको मागमा चुपचाप बस्ने? उनीहरू सामाजद्रोही हुन्, राष्ट्रद्रोही हुन्, मधेसद्रोही हुन्। हो, उनीहरूले ल्याएको संविधान ठिक छ भने मधेसलाई बुझाउनुपर्योए। मधेसलाई लिलाम गर्न मिल्दैन। प्रशासन टाउको र छातीमा ताकीताकी गोली हान्छ, त्यसविरुद्ध एक शब्द आउँदैन यहाँबाट गएका नेताहरूबाट। उनीहरू त काठमाडौंमा भोजभतेर गरेर बसेका छन्।

संघीयताको मामिलामा धेरै छलफल आवश्यक नै छैन। अहिलेसम्म मधेस, पहाड, हिमाल भनेर जसरी परिभाषित गरिएको छ, त्यसैलाई आधार मान्दा भइहाल्यो। मधेसमा कतिवटा प्रदेश बनाउने? चुरे राख्ने कि नराख्ने? नाम जे भए पनि फरक पर्दैन। मधेस भनेर जुन भूगोललाई भनिन्छ, त्यही आधारमा प्रदेश बनाउनुपर्योभ। तराईका २० जिल्लालाई आधार मान्ने कि २२ जिल्लालाई आधार मान्ने? मधेसको परिभाषाअनुसार भूगोलमा प्रदेश निर्माण हुनुपर्छ।

'आन्तरिक कुरा पहिले मिलाऔं'
इन्दुशेखर मिश्र
उपप्रध्यापक, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज

समस्या जटिल बन्दै गएको छ। डेढ महिनादेखि हाम्रा बच्चा विद्यालय गएका छैनन्। बजार खुलेको छैन। काम गर्नेले पारिश्रमिक पाएका छैनन्। औद्योगिक उत्पादन भइरहेको छैन। सबै ठाउँमा कलह छ। हामी आन्दोलन पनि गर्दैछौं र आन्दोलनलाई मनोरञ्जन पनि बनाउँदैछौं। सम्बन्ध बिग्रिएको छ। मानिसमा अविश्वास गहिरिएको छ। हामी प्रजातान्त्रिक योद्धाका सालिक फोड्दैछौं। आक्रोशमा छ वीरगन्ज।

यहाँ आन्दोलनमा बार्गेनिङ भइरहेको छ। पहिले दिनेले सबै कुरा दिन्छु भन्यो। अहिले दिने केही छैन भन्दैछ। २०६३ को मधेस आन्दोलनबाट संघीयता हुने भनियो। अहिले भने अनुसार काम भइरहेको छैन। मधेस आन्दोलनबाट जनताले अधिकार खोजेका हुन्। अधिकारको आन्दोलन अहिले आएर नाकाबन्दीको अवस्थामा पुगेको छ। मधेसको आन्दोलन बेलैमा सुनिएन। सुरुका १५–१६ दिन शान्तिपूर्ण आन्दोलन थियो। जब बल प्रयोग गरेर आन्दोलन दबाउने प्रयास थालियो, त्यसपछि अशान्त भयो। राज्यकै तर्फबाट आतंक सिर्जना गर्ने काम भएको छ। नेपाल–भारत सीमा नाकामा आन्दोलनकारी शान्तिपूर्ण धर्नामा छन्। तर यसलाई बदनाम गर्ने प्रयास भइरहेको छ। के आधारमा नाकाबन्दी भनिँदैछ? अधिकारसम्पन्नमा अहंकार देखियो। मैले भनेअनुसार र चाहेअनुसार चल्नुपर्छ भन्ने मानसिकतामा काम भइरहेको छ। राज्य अहंकारी र असंवेदनशील भएपछि यस्ता घटना हुन्छन्। राज्य भनेको त संवेदनशील हुनुपर्छ। राज्यले अडान लिएर बस्नु हुँदैन। संविधान जारी गर्न १५ दिन ढिलै भएको भए के हुन्थ्यो? मधेसवादीले वार्ताका लागि राखेको माग त्यति जटिल छैनन्। उनीहरूले सेना हटाऊ भनेका छन्। सरकारले सेना परिचालनै भएको छैन भनिरहेको अवस्थामा त्यो पूरा गर्न नसकिने माग होइन। मृतकका परिवारलाई राहत दिने कुरामा सरकारले निर्णय नै गरिसकेको छ। त्यसलाई व्यवहारमा लागू गर्न न बाँकी हो। सहिद घोषणाको माग निश्चित प्रक्रियाबाट हुने हो, त्यसलाई अगाडि बढाए भइहाल्यो। 'आउनुस् वार्ता गरौं' भन्ने कुरा राम्ररी भनिदिए के बिग्रिन्छ?

भारतले पटक–पटक मधेसको समस्या सामाधान गर भनेको हो। सुरक्षाको कारण देखाउँदै उसले अहिले जाँचबुझमा कडाइ गरेको हो। त्यसलाई हामीले नाकाबन्दी भनिदियौं। हामीले पहिले आन्तरिक कुरा मिलाउनुपर्योई। राज्य संवेदनशील हुनै पर्छ।

संघीयताको सीमा कोर्ने काम राजनीतिक पार्टीको होइन। यो त विशेषज्ञहरूको आयोगले गर्ने काम हो। अहिले गरिएको संघीयताको खाका पुनर्विचार हुनुपर्छ। सामान्यतया मधेसमा तीवटा र बाँकी चारवटा प्रदेश बनाए भइहाल्यो।

'अहंको लडाइँ'
विजय सरावगी
वाणिज्य आपूर्ति समिति संयोजक, नेपाल उद्योग वाणिज्य महासंघ

जिम्मेवारीपन कमी देखिएको छ। कर्फ्युको सुरु हुँदा ३ दिन लगातार वीरगन्जमा दूध बोकेका गाडी पनि प्रवेश गर्न दिइएन। बच्चा र बिरामीले दूध पाएनन्। उता आन्दोलनकारीले पूर्व जानकारीबिना अकस्मात अनिश्चितकालीन आमहडताल घोषणा गरे। परिणामस्वरूप नेपाली उद्योगी व्यापारीले आयात गरेको हजारौं ट्रक मालसामान भारतीय भूमिमा अलपत्र छन्। आन्दोलनलाई सम्बोधन गर्न अरू धेरै कुरा गर्नै पर्दैन। सरकारले विगतको सहमति कार्यान्यवन गरिदिए पुग्छ। डेढ महिनासम्म सुनुवाइ नभएपछि आन्दोलनकारीले अन्तिम अस्त्रका रूपमा सिमानामा नाकाबन्दीलाई लिएका छन्। यो आन्दोलन सम्बोधन भएन भने कहाँ जाने? यहाँ दुवैतर्फबाट अहंको लडाइँ भइरहेको छ। यस्तो अवस्थामा पाउने अधिकार पनि पाइँदैन, आन्दोलन लम्बिने मात्र हुन्छ। आन्तरिक मामिलामा यति लामो द्वन्द हुनु हुँदैनथ्यो। सरकार र आन्दोलनरत पक्षले अहं त्यागेर आउनुपर्छ।

तर अहिले पनि छोटो बुद्धिबाट कुरा गरिँदैछ। हामी तीनतिरबाट भारतबाट घेरिएका छौं। एक दिनको हल्लाले हामी छिमेकीलाई दुश्मन बनाउँदै त छैनौं? कसैले साइकल चढ्ने भन्दैछन्, कसैले हवाईजहाजबाट इन्धन आयात गर्ने हावादारी कुरा गर्दैछन्। यस्तो मानसिकताले छिमेकीको सहयोग प्राप्त होला त? यहाँ चलिरहेको अधिकारको आन्दोलन हो। पहिले यो आन्दोलनका माग सम्बोधन गरिनुपर्छ।

हामी उद्यमी–व्यवसायी अबार्ंै नोक्सानी भइरहँदा पनि बन्दहडतालको विरोध गर्न नसक्ने अवस्थामा छौं। हामी आजित भइसक्यौं। अब त निजी क्षेत्रले यति वा उति नोक्सानी भयो भनी कुरा पनि गर्न छाडेको छ। निजी क्षेत्र जहाँ गएर व्यापार व्यवसाय गर्न सकिन्छ, त्यतै लाग्छ। यहाँका कतिपय उद्यमी–व्यवसायी त्यही मनस्थितिमा पुगिसकेका छन्।

मधेसले काठमाडौंलाई साथ दिनुपर्छ
चन्द्रकिशोर
पत्रकार

तराई–मधेसमा ठूलो असन्तोष छ। अघिल्लो मधेस आन्दोलनले जे मान्यता स्थापित गर्योध, त्यसलाई अढाई सय वर्षदेखि शासन गर्दै आएको वर्गले पचाइरहेको थिएन। दोस्रो संविधानसभाको चुनावपछि पुनः आफूहरूलाई बलियो महसुस गरेका शासक वर्गले संविधान जारी गर्ने कामलाई मधेसमाथिको विजय हासिल गर्ने अवसरका रूपमा लिए। जबकि मधेस आन्दोलन लोकतन्त्रभित्र लोकतान्त्रीकरणका लागि थियो, राष्ट्रियतालाई पुनर्परिभाषित गर्नका लागि थियो, जसरी मधेसलाई भारतसँग जोडेर संशय गरिन्छ, त्यसबाट मुक्त हुन र पहिचानको अभारतीयकरण लागि थियो। किनकि मिथिला, भोजपुरी र अवध प्रदेश मधेस आन्दोलनले माग गरेको थिएन। मिथला, भोजपुरी र अवध भन्ने पहिचान भएको क्षेत्र भारतमा पनि छ। त्योभन्दा भिन्न, मधेस आन्दोलनले मधेस प्रदेश नै माग्यो। मधेस प्रदेशको सिमाना कोर्दा पनि प्रतिशोधको भावना राखिएको छ। पहिचानको भावनामा पनि पूर्वका सन्थाल, कोचलाई अलग गरेर बृहतर पहिचानमा पक्षपात गरियो। सामर्थ्यमा पनि खण्डित गर्ने काम भयो।

काठमाडौंको मनोविज्ञानमा भारतले नाकाबन्दी गरिरहेको भन्ने छ। सामाजिक स्तरमा नेपालको आन्दोलनमा सहयोग हुँदै आएको छ। भारतीय सरकारको भन्दा नागरिक मञ्चबाट स्वस्फूर्त समर्थन आएको देखिन्छ। छिमेकी देशसँग सम्बन्धको कुरा गर्दा सिमानामा बस्ने जनताको राय सुझाव लिने मान्यता राजनीति, कूटनीतिमा देखिन्छ। भारतले बंगलादेशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरामा पश्चिम बंगाल कि ममता बनर्जीको राय सल्लाह लिन्छ। हाम्रो हकमा पनि यस्ता कुरा ध्यान दिनुपर्छ। सिमानामा बस्ने नागरिकको मनोभाव बु‰न सक्नुपर्छ। दिल्ली र काठमाडौंको कूटनीतिक कुरोमा मधेसका जनताले निःसर्त काठमाडौंलाई साथ दिनुपर्दछ।

बन्द, हडताल र आन्दोलनको चपेटामा यहाँको सामाज पनि छ। यहाँको जनताको जनजीविकासँग चिन्ता देखिँदैन। प्रहरी र प्रहरीको व्यापक घेराबन्दी गरेर काठमाडौं सामान लगिँदैछ। गिरिजाप्रसाद कोइरालाले त्यसबेलाका मधेसका आन्दोलनकारी पक्षसँग सम्झौता गर्दा अहिलेका तीन दलका नेता साक्षी थिए। त्यो उधारो सम्झौता थियो, अब नगदी काम गर्नुपर्छ। त्यही बेलाका सम्झौतालाई जेजे मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्ने हो त्यो गर्ने। जेजे संविधान संशोधन गरेर गर्ने हो त्यसका लागि संशोधन प्रक्रिया थाल्ने। यसो गर्नुअघि राजनीतिक प्रतिबद्धता र संकल्प जारी गर्ने। यसो गर्दा निकास निस्किन्छ।

'नकारात्मक दृष्टिले नहेरौं'
ओमप्रकाश सिकारिया
उद्यमी

हाम्रोमा जातीय, भाषिक, भौगोलिक विविधता छ। विविधता हाम्रो वरदान हो। यसलाई नै जोडेर राष्ट्र निर्माण हुन्छ। यहाँ मधेस र पहाड दुवैको फरक–फरक अस्तित्व हँुदैन। मधेस, पहाड सबै देवभूमि हो। अहिले भइरहेको द्वन्द प्रवृत्तिगत हो। अहिलेको द्वन्द्वलाई राष्ट्र निर्माणका क्रममा भइरहेको द्वन्द्वको रूपमा लिनुपर्छ। र, त्यही रूपमा सम्बोधन पनि गर्नुपर्छ। भारतमा संघीयताको आधार भाषालाई रोजेर अंग्रेजहरूले भाषामा आधारित द्वन्द्व बढाउन चाहेका थिए। तर त्यो भारतका लागि वरदान भयो। नेपालमा पृथ्वीनारायण शाहले उहिल्यै नै चार वर्ण छत्तीस जात भनेका थिए। पछि आएर एउटै भाषा एउटै भेष भन्न थालियो। मधेसमा संघीयतालाई विभेद अन्त्यको रूपमा लिइएको थियो। तर फेरि पनि राष्ट्रियता खास भेष–भाषामा खोज्ने प्रयास गरियो। त्यसैले द्वन्द बढेको हो। अहिले मुलुक दोबाटोमा उभिएको छ। एउटा बाटो अत्यन्त खराब छ, अर्को बाटो समृद्धितर्फ जाने बाटो छ। हामीले समृद्धितर्फ यात्रा गर्नु छ। म व्यापारी भए पनि नागरिकको नाताले नेपालका नेतासँग प्रार्थना गर्दछु, राम्रो बाटोतर्फ लागौं। म आग्रह गर्दछु, मधेसको आवाज सुनियोस्। कतिपय कुरालाई नकारात्मक रूपमा मात्र हेर्न मिल्दैन। नेपालको शान्ति प्रक्रियामा साथ दिनु भारतको पनि जिम्मेवारी हो। अहिले जे भइरहेको छ, त्यसलाई नाकाबन्दीका रूपमा म हेर्दिन। नकारात्मक रूपमा नलिउँ्क। डेढ महिनादेखि यहाँ हडताल र आन्दोलन छ। खै त संवेदनशीलता? अहिले भारतले नाकाबन्दी गर्यो भन्दै चीनको साथ र समर्थन लिने कुरा आउँदैछ। यसलाई मूल मुद्दाबाट बाहिरिन खोजिएको अर्थमा लिनुपर्छ। मूल मुद्दा नाकाबन्दी होइन, मधेसमा उठिरहेको आन्दोलनको सम्बोधन हो। मधेसलाई चोट पुगेको छ। काठमाडौंबाट मधेसमा आएर वार्ता गर्नुपर्छ, त्यसले मल्हम लगाउँछ।

यथार्थ बुझिदिए समस्या ठूलो छैन
वीरेन्द्र यादव
कानुन व्यवसायी

मुलुकको आर्थिक नगरी तथा प्रमुख औद्योगिक क्षेत्र लामो समयसम्म बन्द हुनुले वीरगन्ज मात्र होइन मुलुकभरि नै प्रभाव पार्दछ। बन्द हडतालले जनजीवन कष्टकर छ। आर्थिक सामाजिक क्षेत्रमा असर गरेको छ। विद्यार्थी, व्यापारी, सर्वसाधारण सबै मारमा परेका छन्। रिक्सा चलाउनेदेखि उद्योग चलाउने र व्यापार गर्नेहरू डेढ महिनादेखि पीडामा छन्। तर उनीहरूविरुद्ध बोल्न सकिरहेका छैनन्। किन सहिरहेका छन् यस क्षेत्रका जनता? यो प्रश्नको उत्तर खोजिनुपर्छ। राज्यले समीक्षा गर्नुपर्छ। यहाँको आन्दोलनले सबैखाले समुदायसँग संयमित भावना राखेको छ। राज्यले दमन गर्न थालेपछि र टाउको र छातीमा गोली हान्न थालेपछि जनआक्रोश बढेको हो, आन्दोलनको पक्षमा जनसमर्थन बढेको हो। सुरुमा आदोलनमा आकर्षण र जनताको सहभागिता थिएन। प्रहरी प्रशासनले आत्मरक्षाका लागि गोली चलाएको भन्छन्। खोइ प्रहरीतर्फ गोली चलाउने अवस्थासम्मको क्षति? तराई–मधेसको आन्दोलनमा भएका हत्याको छानबिन गरिनुपर्छ। बन्द हडताल जनजनमा छ, गाउँगाउँमा पुगेको छ। राजनीतिको 'र' नजान्नेहरू अधिकारको खोजीमा सडकमा ओर्लिएका छन्। राज्यको दायित्व आन्दोलनकारीको माग सम्बोधन गरेर उनीहरूलाई वार्ताको प्रक्रियामा ल्याउने हो।

जो संघीयताविरोधी थिए उनीहरू खुसियाली मनाउँदैछन्। संघीयवादीहरू आन्दोलनमा छन्। संविधान आउनुअघि मधेसका २२ जिल्लामा दुई, तीन, चार प्रदेशका कुरा थिए, संविधान जारी गर्दा २२ जिल्लामध्ये ८ जिल्लाको एउटा प्रदेश बनाइयो। समस्याको जड नै यही छ। नेताहरूले आगोमा पेट्रोल हाल्ने काम गरेका छन्। मधेसमा २ देखि ३ वटा प्रदेश बनाउनुपर्छ।

मधेसप्रति राज्यको नकारात्मक भावना रहेको यहाँको बुझाइ छ। यहाँको यथार्थ बुझिदिए, यहाँको सामाजको भावना बुझिदिए समस्या ठूलो होइन। राज्यको दमनकारी नीतिले आक्रोश फैलिएको हो। जसको घरमा छोरो मारिएको छ, त्यही घरमा दीपावली मनाउन निर्देश गरिँदैछ। ७० वर्षको बलिदानबाट प्राप्त संविधानलाई तराई–मधेसको आधा जनसंख्याले आफ्नो भन्न पाएन।

आर्थिक नाकाबन्दीको कुरा छ, यो नाकाबन्दी हो भन्ने मलाई लाग्दैन। नाकामा हाम्रा राजनीतिक पार्टीको धर्ना छ। उताका जनताले यहाँका जनताको मागमा समर्थन जनाएका र आफ्नो सरकरलाई दबाब दिएका हुन्।

प्रस्तुतिः विश्वमणि पोखरेल, रितेश त्रिपाठी
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस