काठमाडौं— भारतले नेपाल आउने पेट्रोलियम पदार्थको अापूर्ति रोकेको विषयलाई लिएर शुक्रबार परराष्ट्र मन्त्रालयले भारतीय राजदूत रणजीत रेसँग प्रस्टिकरण लिएको छ। कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले सिंहदरबार स्थित मन्त्रालयमा बोलाएर राजदूत रेलाई ‘तेल के कारणले रोकिएको हो?’ भनेर प्रश्न सोधका हुन्।
मन्त्री अधिकारीको सवालमा राजदूत रेले अहिलेको समस्याबारे अाफूहरुले पहिलै नै नेपाललाई अवगत गराइसकेको बताएका थिए।
जवाफमा मन्त्री अधिकारीले उताबाट अाएका गाडीलाई सुरक्षा दिन नेपाल सरकार तयार रहेको उल्लेख गरेका थिए। 'नोम्यान्सल्यान्ड'रको दशगजामा भारतीय क्षेत्रबाट अाएर प्रदर्शन गरेको एवं उनीहरुलाई खाजाखाना पनि भारतीय भूमिबाटै प्राप्त भएको उल्लेख गर्दै मन्त्री अधिकारीले प्रदर्शनकारी हटाउन भारतले सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरेका थिए। भन्सार नाका पहिलै झै सुचारु गरिनुपर्ने नेपाली पक्षको कुरा उनले उठाएका थिए।
त्यसको जवाफमा राजदूत रेले भारतीय परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा समेटिएका कुराहरु मन्त्री अधिकारीलाई सुनाएका थिए।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क गएका छन्। उनले सम्हालेको परराष्ट्रमन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री अधिकारीले पाएका हुन्।
मन्त्री अधिकारीले राजदूत रे समक्ष नाकाबन्दी नियोजित देखिएको उल्लेख गरेका थिए।
परराष्ट्रले जवाफ दिन बोलाएपछि दिउसो तीन बजे राजदूत रे पराष्ट्र मन्त्रालय पुगेका थिए।
यो पनि पढ्नुहोस्