काठमाडौं– भारतका लागि नेपालका पूर्वराजदूत भेषबहादुर थापाले नेपालले आफ्नो संविधानमा भारतको सुझाव नमागेकोले सुझाव दिने कार्य बन्द गर्नुपर्ने बताएका छन्।
बुधबार नागरिकन्यूजसँग कुरा गर्दै पूर्वराजदूत थापाले भारतले नेपालले दबाब अनुभूति गर्ने गर्ने संविधानका विषयमा दिरहेको अभिव्यक्ति कुटनीतिक मर्यादाविपरीत भएको बताएका हुन्। 'नेपालले भारतसँग संविधानका लागि सुझाव मागेको छैन,' उनले भने, 'नेपाललाई दबाब अनुभूति हुने गरी सुझाव दिन बन्द गर्नुपर्छ।'
संविधानका विषयलाई लिएर देशका विभिन्न क्षेत्रमा भइरहेका आन्दोलनका मागहरु मध्ये भारतले मधेशको माग पूरा गर्न दिइरहेको दबाबलाई लक्षित गर्दै पूर्वराजदूत थापाले भारतले नेपालको हरेक भूभागमा बस्ने सम्पूर्ण नेपालीसँग समान व्यवहार गर्नुपर्ने बताए। 'छिमेकी देशका नागरिक मध्ये कसैलाई काखमा लिएर कसैलाई चिढ्याउने काम भारतले गर्नुहुँदैन,' उनले भने।
संविधान निर्माण प्रक्रियादेखि जारी हुँदासम्म नेपालमा देखिएको समस्या नेपालको आन्तरिक समस्या भएको र नेपालीहरुले नै समाधान गर्ने उनले बताए। 'संविधान जारी मात्रै भएको छ, अझै धेरै काम गर्न बाँकी छ । संविधान संशोधन पनि हुन सक्छ, राजनीतिक दलहरुले आन्दोलनरत पक्षका विमतिका विषयमा वार्ता गर्नुपर्छ,' पूर्वराजदूत थापाले भने, 'भारतीय पक्षबाट नेपालमा दबाबको अनुभूति हुनुहँदैन।'
संविधानजारी पश्चात भारतीय सरकारपक्षबाट नेपालका नाकाहरुमा देखिएका सांकेतिक थुनछेकले राम्रो सन्देश नदिने उनले बताए।