तराई-मधेसको राजनीतिक गणित
०४ असोज २०७२
•
१५ मिनेट पाठ
तराई-मधेसको राजनीतिक गणित
काठमाडौं- संविधानसभाको दुइटै चुनावमा जनताको कसीमा एकीकृत नेकपा माओवादी र मधेसकेन्द्रित दलबीच एक किसिमको समान हैसियत देखिन्छ। २०६४ को चुनावमा ४२ सिट जितेर एमाओवादी मधेसको सबैभन्दा ठूलो दल बनेको थियो। मधेसी जनधिकार फोरमका २८, तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का ९ र सद्भावना पार्टीका ५ जना गर्दा सबै मधेसकेन्द्रित दलका प्रत्यक्ष सभासदको संख्या पनि ४२ नै थियो।तराई–मधेसका २० जिल्लाबाट १ सय १६ प्रत्यक्ष निर्वाचित हुन्छन्। दोस्रो संविधानसभाको गणितमा पनि मधेसकेन्द्रित र एमाओवादीको समान हैसियत कामय रह्यो।

दोसो संविधानसभामा एमाओवादी ४२ बाट १२ सिटमा खुम्चियो भने अघिल्लो संविधानसभाको निर्वाचनमा होमिएका ३ वटा प्रमुख मधेसकेन्द्रित दल विभाजनको दुष्चक्रमा परेर एक दर्जनभन्दा बढी भए, सबै चुनावी मैदानमा उत्रिए। र, सबैको मिलाउँदा १२ सिट भयो। फोरम लोकतान्त्रिक ४, तमलोपा ४, सद्भावना १ र तराई–मधेस लोकतान्त्रिक पार्टी १ सिटमा विजयी भए।

एमाओवादी र मधेसकेन्द्रित दल पहिलो संविधानसभाको प्रत्यक्ष निर्वाचनको तुलनामा दोस्रोमा नराम्ररी पछारिएर १२–१२ सिटमा सीमित भए।

एमाओवादी र मधेसकेन्द्रित दल समानुपातिक निर्वाचन परिणाममा पनि समान देखिन्छन्। एमाओवादीका नाममा अघिल्लो संविधानसभामा समानुपातिकतर्फ करिब १२ लाख १६ हजार मत थियो भने त्यतिबेलाका मधेसकेन्द्रित दल फोरम, तमलोपा, सद्भावना, सद्भावना (आनन्ददेवी) ले प्राप्त गरेको पार्टीगत मत सबै जोड्दा करिब १२ लाख २४ हजार थियो।

दोस्रो संविधानसभामा आइपुग्दा दर्जनभन्दा बढी दलमा विभाजित मधेसकेन्द्रित दलले समानुपातिकमा करिब १० लाख ५४ हजार मत पाए। भने एमाओवादी भने अघिल्लो संविधानसभाभन्दा करिब आधा मत मात्र प्राप्त गर्यो । उसको दोस्रो संविधानसभा चुनावमा करिब ६ लाख मात्र मत थियो।

मधेसकेन्द्रित दल समानुपातिकको गणितमा अघिल्लोभन्दा कुल मतमा २ लाखले कमजोर देखिए पनि समानुपातिक सभासदमा भने अघिल्लो भन्दा एक जना बढी पाए। पहिलो संविधानसभामा मधेसकेन्द्रित दलका ४० समानुपातिक सदस्य थिए। पछिल्लो संविधानसभामा उनीहरूको हैसियत ४१ सभासदको रह्यो। अघिल्लो संविधानसभामा मधेसकेन्द्रित दललाई ४२ प्रत्यक्ष र ४० समानुपातिक गरेर ८२ को हैसियत प्राप्त थियो भने संविधानसभामा चौथो स्थानमा थिए। दोस्रो सविधानसभामा भने मधेसकेन्द्रित दलका ४१ समानुपातिक र १२ प्रत्यक्ष गरेर ५३ जना मात्र सभासद थिए।

तराई–मधेसका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका १ सय १६ निर्वाचन क्षेत्रका मतदाताको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र तराई–मधेसकेन्द्रित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक दल (तमलोपा), सद्भावना, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेस समता पार्टीलाई दिएको मतको आधार यो समाचार तयार गरिएको हो।

संविधानसभा निर्वाचनहरूमा समान हैसियतमा देखिएका एमाओवादी र मधेसकेन्द्रित दलहरू संविधान जारी हुने अवस्थामा आइपुग्दा भने विपरीत भूमिकामा रहे। पहिलो संविधानभामा जातीय संघीयता र समावेशिता जस्ता मुद्दामा मधेसकेन्द्रित दलहरूसँग नजिकको सम्बन्ध र सहकार्य गरेको एमाओवादी दोस्रो संविधानसभाका बेला सुरुमा ३३ दलीय मोर्चाका नाममा कांग्रेस, एमालेको विरोधी कित्तामा थियो। घटनाक्रमले देखाउँछ, एमाओवादी मधेसवादी दललाई छाडेर पछिल्लो समयमा एमालेसँग नजिकिँदै संविधान जारी गर्ने राजनीतिमा होमियो। उता मधेसकेन्द्रित दलहरू भने संविधान निर्माणको प्रक्रियाबाट अलग मात्र भएनन्, विशेष गरेर पूर्वी र मध्य तराई–मधेसका जिल्लाहरूमा संविधान जारी भइसकेको अवस्थामा चर्को आन्दोलन चलाइरहेका छन्।

राजनीतिक विश्लेषक पुरन्जन आचार्य राजनीतिक मुद्दाका कारण पहिलो संविधानसभादेखि नै नजिककको सम्बन्ध रहेर सत्ता साझेदारीसमेत गरेका मधेसवादी र एमाओवादी दोस्रो संविधानसभा निर्वाचनमा कमजोर बनेको बताउँछन्। 'पहिलोमा उनीहरूको मुद्दा एकै थियो, उनीहरूबीच सहकार्य पनि भयो, सरकार पनि बन्यो,' आचार्यले भने, 'मुद्दा एउटै भए पनि काम गर्न सकेनन्, सरकार रहेर पनि आफ्ना माग पूरा गरेनन्, संविधान पनि बनाएनन्।'

दोस्रो संविधानसभामा आइपुग्दा दुवैको हैसियत स्वात्तै घटेको र उनीहरू एक अर्काबाट अन्तिम समयमा टाढिएको आचार्यको विश्लेषण छ। 'दोश्रो संविधानसभामा पनि एमाओवादीले मोर्चाबन्दी गरेर मधेसी दलसँग सहकार्य गर्न खोजेको हो,' आचार्य भन्छन्, 'अन्तिम समयमा मधेसीसँगको गठबन्धन त्यागेर एमाओवादी मधेसकेन्द्रित राजनीतिको विरोधी एमालेसँग नजिकिएको छ।' मधेसकेन्द्रितसँग नजिकको सम्बन्ध राख्ने एमाओवादी उनीहरूसँग टाढिएको र मधेसविरोधी एमालेसँग जोडिन पुगेको अवस्था चित्रण गर्दै आचार्य भन्दछन्, 'अहिले मधेसकेन्द्रित दलको अपेक्षा कांग्रेससँग छ, कांग्रेसले जिम्मेवारीबोध गर्न आवश्यक छ।

तराई–मधेसको गणितीय राजनीतिमा पहिलो संविधानसभामा १८ सिटमा सीमित कांग्रेसले दोस्रोमा पहिलेको करिब तेब्बर ५२ सिट प्राप्त गर्योह भने एमाले अघिल्लो चुनावमा १० सिटबाट दोस्रोमा ३६ सिटमा पुग्यो। एमाओवादी ४२ सिटबाट १२ मा झर्योप। दोस्रो संविधानसभा आइपुग्दा मधेस आन्दोलनको अगुवा २८ सिट जित्ने मधेसी जनअधिकार फोरम २ सिटमा सीमित हुन पुग्यो। फोरमबाट विभाजित भएर दोस्रो संविधानसभामा चुनावी राजनीतिमा होमिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ४ सिट प्राप्त गरेको छ। त्यस्तै अघिल्लो संविधानसभामा ९ सिट कब्जा गरेको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले दोस्रो संविधासभामा ४ सिट मात्र पायो। अघिल्लोमा ५ सिट जित्ने सद्भावना पार्टीले दोस्रोमा १ सिटमा चित्त बुझाउनुपरेको छ। पछिल्लो निर्वाचनमा होमिएको तराई–मधेस सद्भावना पार्टीले १ सिट जितेको छ।

अघिल्लो संविधानसभामा तराई–मधेसका १ सय १६ सिटमध्ये एमाओवादी, कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, तमलोपा, सद्भावना बाहेक जनमोर्चाका दुई सभासद र स्वतन्त्र २ सभासद निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्ष निर्वाचनबाट ९ वटा पार्टीका सभासद र २ जना स्वतन्त्र सभासद संविधानसभामा चुनिए ।

समानुपातिक निर्वाचनमा कांग्रेसको मत पहिलेको चुनावभन्दा दोस्रोमा उल्लेखनीय वृद्धि छैन। कांग्रेेसले पहिलो निर्वाचनमा करिब १० लाख मत पाएको थियो। दोस्रो चुनावमा तराई–मधेसमा करिब ३२ हजार मत मात्र थपियो। एमालेले अघिल्लो चुनावमा समानुपातिकमा तराई–मधेसमा करिब ८ लाख ८७ हजार पाएको थियो भने दोस्रोमा उसले करिब ९ लाख ३२ हजार मत पायो। पहिलो निर्वाचनमा मधेसकेन्द्रित दल फोरम एक्लैले करिब ६ लाख ७२ हजार, तमलोपाले करिब ३ लाख ३३ हजार, सद्भावनाले करिब १ लाख ६६ हजार र सद्भावना (आनन्द देवी) ले करिब ५२ हजार मत पाएका थिए। सबै मधेसकेन्द्रित दलले पाएको मत करिब १२ लाख २४ हजार हुन्छ। दोस्रो संविधानसभामा भने फोरम लोकतान्त्रिक सबैभन्दा बढी मत पाउने दल बन्यो। उसले करिब २ लाख ५५ हजार मत पायो भने फोरमले करिब २ लाख मात्र पायो। अघिल्लो निर्वाचनमा करिब ३ लाख ३३ हजार मत पाउने तमलोपाले दोस्रोमा करिब २ लाख ५५ हजार मात्र प्राप्त गर्योम। त्यस्तै अघिल्लोमा करिब १ लाख ६६ हजार मत पाउने सद्भावना दोस्रोमा करिब १ लाख २८ हजार मात्र छ।

दोस्रो संविधानमा मात्र भाग लिएका राष्ट्रिय मधेस समाजवादी पार्टीले करिब ७७ हजार, फोरम गणतान्त्रिकले करिब ३२ हजार, तराई–मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी करिब ६१ हजार, मधेस समता पार्टी करिब २३ हजार संघीय समाजवादीले करिब २५ हजार र संघीय लोकतान्त्रिक संघीय मञ्च (थरुहट) ले करिब २१ हजार मत पाएका छन्।

राजनीतिक विश्लेषक सिके लाल कांग्रेस र एमालेले आफ्ना कार्यक्रम र नीतिका आधारमा ठूला भएकोभन्दा पनि एमाओवादी र मधेसवादी दल कमजोर भएको अवस्थाको लाभ लिएको बताउँछन्। 'कांग्रेस, एमाले आफ्नै बलमा बलियो भएका होइनन्,' लालले भने, 'उनीहरू बलियो भए जसरी नै एमाओवादी र मधेसवादी कमजोर भएको देखिन्छ।'

मधेसकेन्द्रित दल चुनावी राजनीतिमा कमजोर भएकैले संविधान निर्माणका क्रममा कांग्रेस, एमाले, माओवादीले उनीहरूलाई महत्व नदिएको टिप्पणी गर्दै लाल भन्छन्, 'जित्नेलाई संसार हार्नेले केही नपाउने भन्ने मान्यता स्थापित भएको छ।'

एमाओवादी र मधेसवादी अघिल्लो संविधानसभामा राजनीतिक मुद्दामा आपसमा नजिक रहे पनि दोस्रो संविधानसभाका क्रममा एमाओवादी मधेसकेन्द्रित दल छाडेर कांग्रेस, एमालेसँग नजिकिएको थियो। जातीय आधारमा संघीयता र समावेशिताका मुद्दामा एमाओवादी र मधेसकेन्द्रित दल विगतमा आपसमा नजिक थिए।

राजनीति शास्त्रका सहप्राध्यापक लालबाबु यादव भने तराई–मधेसका जिल्लाको राजनीतिक गणित दुवै निर्वाचनका बेला संविधान निर्माणको पक्षमा भएको विश्लेषण गर्छन्। पहिलोमा एमाओवादी र मधेसवादीलाई संविधान बनाउन त्यहाँका जनताले जिम्मा दिएको बताउँदै उनी भन्दछन्, 'दोस्रोमा त्यही जिम्मेवारी कांग्रेस, एमालेलाई दिएका हुन्।' तराई–मधेसमा दुइटा संविधानसभा निर्वाचनमा देखिएको मतादेशलाई यादव एमाओवादी र मधेसवादीप्रति विश्वास टुटेको र कांग्रेस–एमालेप्रति भरोसा जागेको अर्थमा लिन्छन्। 'लोकतन्त्रमा जनताको मतको महŒव हुन्छ,' यादवले भने, 'जनताले पत्याएकाले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, उनीहरूले अल्पमतको पनि कदर गर्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस