काठमाडौं—संविधान सभाबाट संविधान जारी भएपछिको अवस्था ब्रिफिङ गर्न भारतीय राजदूत रञ्जित रे नयाँ दिल्ली जाँदैछन्। भारतीय विदेश मन्त्रालयले संविधान जारी लगत्तै आइतबार जारी गरेको विज्ञप्तिको नेपालमा व्यापक आलोचना भइरहेको अवस्थामा राजदूत रे सोमबार दिल्ली जान लागेका हुन्।दिल्ली गएर राजदूत रे प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालको अवस्थाबारे जानकारी गराउने स्रोतले बतायो।
नेपालमा जनप्रतिनिधिमूलक संस्थाबाट संविधान जारी हुँदा छिमेकी भारतले चरम असन्तुष्टि व्यक्त गर्दै विज्ञप्ति निकालेको थियो। नेपालको अवस्था शीर्षकको विज्ञप्तिमा संविधान घोषणालाई 'विचार गरेका छौं' भन्दै धम्कीको भाषा प्रयोग गरेकोप्रति नेपालमा चौतर्फी आलोचना भएको छ।
मधेसमा आन्दोलनरत पक्षलाई संविधान सभाबाट भड्काउन दक्षिणी छिमेकीको सहयोग रहेको भन्दै आलोचना भइरहँदा अाइतबार भारतीय अभिव्यक्ति सार्वजनिक भएको थियो। भारतले नेपालमा संविधान जारी हुनबाट रोक्ने प्रयास गरेको थियो।