काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सोलु करिडोर प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको ठहर गर्दै ऊर्जामन्त्री राधा ज्ञवाली, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेलगायत १० जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको छ।
सरकारलाई २६ करोड रुपैयाँ बढी व्ययभार पर्ने गरी सार्वजनिक खरिद ऐनविपरीत सोलु करिडोर प्रसारण लाइन ठेक्कामा दिएको भन्दै परेको उजुरीमा आयोगले ऊर्जामन्त्रीलगायत पदाधिकारीलाई दोषी ठहर गरेको हो। आयोगले प्रधानमन्त्री सुशील कोइरालालाई पत्र पठाउँदै मन्त्री ज्ञवाली, कार्यकारी निर्देशक काफ्ले, प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र, सुरज लामिछाने तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरु जनार्दनप्रसाद गौतम, इन्दिरा श्रेष्ठ, रमेशप्रसाद पौडेल, धु्रवराज भट्ट र राजन ढुंगेललाई कारबाही गर्न भनेको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्ति प्रकरणमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न सिफारिस गरेको एकसातामै अख्तियारले अर्का मन्त्रीलाई कारबाही सिफारिस गरेको हो।
अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले २६ करोड नोक्सान पर्नेगरी प्रसारण लाइनको ठेक्का दिएको पाइएकाले कारबाहीका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए। उनका अनुसार ऊर्जा सचिव र प्राधिकरणका एक सदस्यले फरक मत राख्दाराख्दै सार्वजनिक खरिद ऐनविपरीत कम मूल्यमा बोलपत्र पेस गर्नेलाई नदिई २६ करोड बढी व्ययभार पर्ने कम्पनीलाई ठेक्का प्रक्रिया अघि बढाएको अख्तियारले ठहर गरेको छ।
प्रसारण लाइनको ठेक्का दिँदा सबैभन्दा कम रकमको बोलपत्र पेस गर्ने जेभी अफ जगुवार ओभरसिज लिमिटेड एन्ड बिएस लिमिटेडलाई ठेक्का दिनुको साटो २६ करोड धेरै बोलपत्र पेस गर्ने मोहन इनर्जीलाई दिएको ठहर गर्दै अख्तियारले कारबाही सिफारिस गरेको हो।
ऊर्जामन्त्री अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समिति बैठकले भदौ ४ गते मोहन इनर्जीलाई ठेक्का दिने निर्णय गरेको थियो। सञ्चालक समितिको बहुमतमा गरिएको उक्त निर्णयमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र प्राधिकरणका सदस्य सन्तोषनारायण श्रेष्ठले असहमति जनाएका थिए। बढी बोलपत्र पेस गर्नेलाई ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै उजुरी परेपछि अख्तियारले केही दिनअघि मन्त्री ज्ञवालीसहित प्राधिकरणका १८ जनाभन्दा बढीसँग बयान लिएको थियो।