काठमाडौं–नयाँ संविधान जारी हुने पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी ओलीका विशेष दूत बनेर एमाले सचिव प्रदीप ज्ञवाली र नेता युवराज बाँस्तोला नयाँ दिल्ली प्रस्थान गरेका छन्। मंगलबार ओलीको सन्देश बोकेर नेताहरु दिल्ली गएका हुन्।उनीहरुले नेपालका भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतीय विभिन्न दलका नेतालाई जानकारी गराउने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। नयाँ संविधान जारी गर्ने मिति तय भइसकेको अवस्थामा ओलीको विशेष दूत बनेर नेताहरु दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। संधिवान जारी भइसकेपछि ओलीले नयाँ सरकरको नेतृत्व गर्ने दलहरुबीच भद्र सहमति भएको चर्चा चलिरहेको बेला ज्ञवाली र बास्तोला दिल्ली गएका हुन्।
संविधान जारी गर्ने क्रममा ओलीको भारतसँगको दूरी बढेको विष्लेशण गर्न थालिएको बेला ओलीले आफ्नो सन्देश बोकेर आफू निकट नेतालाई दिल्ली पठाएका हुन्। उनीहरु असोज १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
संविधान जारी गर्ने क्रममा ओलीको भारतसँगको दूरी बढेको विष्लेशण गर्न थालिएको बेला ओलीले आफ्नो सन्देश बोकेर आफू निकट नेतालाई दिल्ली पठाएका हुन्। उनीहरु असोज १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।