मधेसी मोर्चाबाहेक सबै समूह वार्तामा
२६ भदौ २०७२
•
८ मिनेट पाठ
मधेसी मोर्चाबाहेक सबै समूह वार्तामा
काठमाडौं- संविधान निर्माण प्रक्रिया स्थगनले वार्ताका लागि वातावरण बनेको भन्दै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाबाहेक अन्य तीन समूह वार्तामा बस्ने भएका छन्।वार्ता र संवादका लागि दुई दिनलाई संविधानसभाको जारी प्रक्रिया स्थगन गर्ने शुक्रबारको घोषणालगत्तै संयुक्त लोकतान्त्रिक मोर्चाका संयोजक विजयकुमार गच्छदार कांग्रेस नेतासँग वार्ता गर्न बालुवाटार पुगे भने शनिबार साँझ उनले एमाले अध्यक्ष केपी शर्मा ओली निवासै पुगेर अनौपचारिक कुराकानी बढाएका छन्।

गच्छदारले मुख्यतः थारू बाहुल्य क्षेत्रलाई नवलपरासी–बर्दिया प्रदेशमा ल्याउन सहमति जनाउनुपर्ने र सिमाना छुट्ट्याउन आयोगलाई दिन प्रमुख तीन दल सहमत भए प्रक्रियामा सहभागी हुने सन्देश दिएका छन्।

गच्छदार नेतृत्वको मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आबद्ध छन्।

संविधानसभा प्रक्रिया बहिष्कार गरेको कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि शनिबार प्रक्रियामा फर्कने निर्णय लिएको छ। अध्यक्ष कमल थापाले गरेको प्रस्तावलाई पार्टीले अनुमोदन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यसैगरी, शनिबार साँझ बसेको थरुहट/थारुवान संयुक्त संघर्ष समिति बैठकले पनि प्रक्रिया स्थगन गर्ने निर्णय स्वागतयोग्य भन्दै वार्ताका लागि थप वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

समितिको वार्ता टोलीमा अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी छन्। 'संविधान निर्माण प्रक्रिया स्थगन गरी वार्ताका लागि प्रमुख तीन दलले गरेको निर्णयलाई स्वागत गर्दै वार्ताको वातावरण बनाउन तीन सदस्यीय टोली गठन गरेका हौं,' समितिका प्रवक्तासमेत रहेका सदस्य मोदीले भने। उनका अनुसार शनिबार साँझबाटै प्रमुख तीन दलका नेता र सरकारी पक्षसँग अनौपचारिक छलफल सुरु भइसकेको छ। आइतबार बिहान प्रधानमन्त्री निवासमा औपचारिक वार्ता हुनसक्ने उनले औंल्याए।

यता, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेतृत्वको संघीय मधेसी मोर्चाले पनि पार्टीको आकस्मिक बैठक बोलाएको छ।

प्रमुख तीन दलको संविधान निर्माण प्रक्रिया स्थगन गर्ने निर्णय स्वागतयोग्य भएको निष्कर्षसहित वार्ताका विषयमा औपचारिक निर्णय लिन मोर्चा बैठक डाकिएको अध्यक्ष झाले जानकारी दिए।

'प्रक्रिया स्थगन गर्ने निर्णयलाई स्वागत गर्दै त्यसलाई कसरी हेर्ने भन्नेबारे मोर्चाको आकस्मिक बैठक बोलाएको छु, त्यसका लागि साथीहरु काठमाडौं आउँदै हुनुहुन्छ, सकेसम्म आजै राति (शनिबार) छलफल गर्छौं,' झाले नागरिकसँग भने।

उनका अनुसार वार्ता र संवादका लागि छुट्ट्याइएको दुई दिनको समयसीमा भने अपुग छ। 'आज (शनिबार) सरकारका एक जना मन्त्रीले वार्ता र संवादको तयारी गर्नुपर्योम भनेर फोन गर्नुभएको थियो, मैले उहाँलाई सेना फिर्ता गर्नुस्, दमन रोक्नुस् अनि वार्ताको वातावरण बन्छ भनेर पुरानै सर्त राखेको छु, थपचाहिँ मोर्चाको बैठकले निर्णय गर्नेछ,' झाले नागरिकसँग भने।

झाको मोर्चामा मातृका यादवलगायत सात राजनीतिक समूह आबद्ध छन् जसले मधेस बन्द र सीमा नाकाबन्दीजस्ता कार्यक्रम गर्र्दै आएको छ।

यता, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टीले भने त्यसबारे कुनै निर्णय लिन सकेका छैनन्।

सत्तारुढ दलसँग वार्ता र संवादमा आउने कि नआउने भन्नेमा उक्त मोर्चाले शनिबार साँझसम्म कुनै तयारी गरेको देखिन्न।

यद्यपि, प्रक्रिया स्थगित गरेलगत्तै संघीय फोरमका अध्यक्ष यादव काठमाडौं फर्केका थिए। कपिलवस्तुको तौलिहवामा बृहत सभालाई सम्बोधन गरी बीचबाटै उठेर काठमाडौं आएका यादवले अनौपचारिक रुपमा प्रमुख दलका केही नेतासँग छलफल गरेको बुझिएको छ।

उनी शनिबार भने पार्टी कार्यक्रम भन्दै भोजपुरतर्फ लागेका छन्। वार्ताको वातावरण निर्माण भइनसकेकाले बस्ने अवस्था अझै नभएको यादवले प्रतिक्रिया दिएका छन्।

'मोर्चाले अघि सारेको चारबुँदे सर्तबारे सरकारले कुनै जवाफ दिएको छैन, त्यसैले वार्तामा बस्नुको अर्थ म देख्दिनँ,' यादवले नागरिकसँग भने, 'हामी वार्ता चाहिरहेका छौं तर सरकारले वार्ताको वातावरण बनाइरहेको छैन।'

तराई–मधेसमा सरकारी पक्षबाट हिंसा कायमै रहेको, सेना फिर्ता नगरिएको र कर्फ्यु कायमै रहेकाले वार्ताको वातावरण निर्माण नभएको उनको भनाइ छ।

तमलोपा अध्यक्ष ठाकुर र तमसपा अध्यक्ष यादव शनिबार बिहान ९ः३० मा भैरहवा हुँदै प्लेनबाट सँगसँगै काठमाडौं ओर्लेका थिए। अध्यक्ष ठाकुरले वनमन्त्री महेश आचार्यलगायत नेपाली कांग्रेसका केही नेतासँग कुराकानी गर्न भने भ्याएका छन्।

'तर संविधानको जारी प्रक्रिया स्थगित गर्ने निर्णय लम्ब्याए वार्तामा आउने वातावरण बन्ने महन्थजीको सर्त आएको छ,' स्रोतले भन्यो। ठाकुरको सर्त आएपछि त्यसबारे तीन दलका शीर्ष नेताले नयाँ निर्णय लिन सक्ने सम्भावना भने बढेको छ।

मोर्चाका चार घटकमध्ये तीन घटकका अध्यक्ष काठमाडौं फर्के पनि सद्भावना अध्यक्ष राजेन्द्र महतो भने काठमाडौं आएका छैनन्। वीरगन्जमा रहेका महतोले राति नागरिकसँग भने, 'वार्ता गर्न म काठमाडौं आउँदिनँ, वार्ता मधेसमै हुनुपर्छ किन पनि भने मधेसमा के भइरहेको छ भन्ने यो सरकारले पनि देख्नुपर्छ।'

आफू वार्ताविरोधी नभएको तर सरकारले वातावरण नबनाएको महतोको भनाइ छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस