धनगढी- 'हाँसी–हाँसी पारेका गाँठा
रोई–रोई फुकाउनू'
डोट्याली यो उखान अहिले कर्णालीपारिका कैलाली–कञ्चनपुरमा चरितार्थ भइरहेको लाग्छ, कैलाली दुर्गोलीका शिक्षक मोहन उपाध्यायलाई।
थरुहट/थारुवान प्रदेश माग गर्दै महिनादिनदेखि जारी आन्दोलनको पृष्ठभूमिमा भदौ ७ गते टीकापुरमा भएको आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्यापछि कैलाली एकहदको द्वन्द्व झेल्दैछ।वर्षाैंदेखि पहाडी र थारुहरूबीचका सम्बन्धका गांँठाहरू एकाएक फुटने त होइनन्?
'जोगी देख्दा भैंसी डराउने, भैंसी देख्दा जोगी डराउने' उखानले दुई समुदायबीच वषर्ौंदेखिको भाइचारा सम्बन्धको अहिलको झल्को दिन्छ। दुई समुदायबीच एकअर्काप्रति गढेको शंका, डर–त्रास टीकापुर घटना सेलाउँदै गएपछि मत्थर हुँदै गए पनि समाप्त भैसकेको छैन। त्यसको रोकथाम गर्न गाउँ, गाउँ र बस्तीमा आपसी सद्भावका कार्यक्रम चल्न थालेका छन्। लगातारको कर्फ्यु र महिनादिनदेखिको बन्दमा जकडिएको कैलालीको समाज खुला र स्वतन्त्र हुने खोजीमा छ र थारु–पहाडीबीचका सम्बन्धहरू टुट्न नदिने प्रयास जनस्तरबाटै भइरहेका छन्।
राजनीतिक नेतृत्वकै कारण समाज द्वन्द्वमा फसेको विश्लेषण गर्छन् उपाध्याय। 'राजनेताको जस्तो व्यवहार भएन, भोटको राजनीति गर्नेहरूबाट यस्तो अवस्था आयो,' उनको टिप्पणी छ, 'आउँदो पिँढीलाई विष पियाउने काम भइरहेको छ।' समाजमा देखिएका समस्या समाधान माथिल्लो नेतृत्वबाटै हुनुपर्ने बुझाइ छ उनको।
कैलाली, टीकापुर घटनापछि सतहमा आएको जातीय द्वन्द्व र खतराका कारण के के हुन् त?
नागरिकले टीकापुर क्षेत्र, लमकी, मसुरिया, चौमाला, अत्तरियाका जनसाधारण तथा जिल्लाको सामाजिक–राजनीतिक जीवनमा अर्थ राख्ने विश्लेषक र जिल्लाका बुद्धिजीवीसँग गरेको कुराकानीबाट जातीय विभाजनको रेखा कोेर्ने काममा मुख्यतः दुई पक्ष जिम्मेवार देखिन्छन्। पहिलो, सुदूरपश्चिममा चलेको अखण्ड सुदूरपश्चिम अभियानमा पछिल्लो समय गाँठो कसेको हिन्दुवादी राप्रपा आबद्ध युवाहरूको प्रवेश, उनीहरूको प्रभाव र थारु अधिकारवादी आन्दोलनको लगाम मधेसवादी दलको हातमा पुगेको राजनीतिक अवस्था।
कैलालीमा साउन तेस्रो सातादेखि चलेको अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान आन्दोलनका क्रममा भएका भिडन्तका सिलसिला, मधेसी नेताले टीकापुरबाट पहाडी समुदायलाई लखेट्न उद्घोष गरेको पृष्ठभूमिमा भएको टीकापुर घटना र त्यसको प्रतिकारमा टीकापुरका थारु समुदायको घरमा केही पहाडी समुदायबाट भएको आक्रमण र आगजनीले थारु–पहाडीबीचको सम्बन्धमा चिसोपन ल्याएको देखिन्छ।
यसअघि, सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भएका अखण्ड सुदूरपश्चिम अभियान र थरुहट प्रदेशको आ–आफ्नै खालका विरोध कार्यक्रम हुने, आफ्नो अधिकारका लागि केन्द्रित हुने गरेको र एकापसमा भिडन्त हुँदै आएको भए पनि पछिल्ला दिनमा आन्दोलनमा जातीय मुद्दाले आकार लिन थालेको स्थानीय बताउँछन्।
एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी मधेसवादी दल कैलालीमा आएपछि जातीय द्वन्द्व भित्रिएको बताउँछन्। जिल्लामा पहाडी र थारुहरू 'भैंसी देख्दा जोगी डराउने, जोगी देख्दा भैंसी' अवस्थाबाट गुज्रने अवस्थाका पछाडि थारु आन्दोलन मधेसवादी दलको नियन्त्रणमा पुग्नुलाई ठान्छन्।
'अब थारु आन्दोलन छुट्टै रहेन, मधेस आन्दोलनसँग मिसियो,' सोडारीले भने, 'थारु अनुहार मधेसी नेताको निर्देशनमा चल्न थालेपछि मधेसी राजनीतिकै कारण जातीय द्वन्द्वको स्थिति आयो।'
उद्योग वाणिज्य संघ, सेती अञ्चल प्रतिनिधि गोपाल हमाल अखण्ड आन्दोलनमा संलग्न केही उग्रवादी स्वभावका युवा, थारु राजनीतिमा मधेसी राजनीतिक दल हावी हुनु र केही थारु नेताको उग्रवादी अभिव्यक्तिका कारण जातीय द्वन्द्वको समस्या आएको विश्लेषण गर्छन्।
अघिल्लो संविधानसभादेखि नै अखण्ड पक्षधर र थारु पक्षधरबीच बेलाबेला झडपको स्थिति आइरहेको सम्झँदै हमाल भन्छन,् 'कतिपय अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्था र माओवादीको जातीय नाराका कारण पनि यस्तो अवस्था आएको हो।'
टीकापुर घटनालगत्तै स्थानीयले सद्भाव बढाउने कार्यक्रम गर्न चाहे पनि लगातार कर्फ्युले समस्या भएको उनी बताउँछन्। 'कर्फ्युबीच सद्भावका कार्यक्रम हुन सक्तैनन्,' हमालले भने, 'यत्रो ठूलो घटना भयो तर कोही नेता आएका छैनन्।'
थारु अधिकारवादी एक अगुवाका विचारमा थारु–पहाडी सद्भाव भड्कने अवस्थाका पछाडि अखण्ड सुदूरपश्चिम पक्षधरको 'दादागिरी' प्रमुख कारण हो। 'अखण्डको ज्यादति छ, त्यसका पछाडि प्रमुख राजनीतिक दल छन्,' नाम उल्लेख नगर्ने सर्तमा ती अगुवाले भने।
पछिल्लो समय कैलालीमा देखिएको जातीय द्वन्द्वका पछाडि केही सातायताका प्रमुख भिडन्तका घटनालाई मान्छन् उनी। उनले नोट गरेका छन्– साउन ३२ मा थारुहरूको सभालाई अखण्डले बिथोल्यो, भदौ ४ मा अखण्ड पक्षधरको मोटरसाइकल र्यागलीमा थारुहरूबाट आक्रमण, भदौ ७ टीकापुर घटना र त्यसको भोलिपल्ट थारु जातिका केही घरमा भएको आक्रमण र आगजनीलाई प्रमुख कारण ठान्छन् उनी। उनी टीकापुर घटनापछि सुरक्षा निकायबाट छानिछानी थारुहरू समातिनुलाई पनि कारण ठान्छन्।
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा. हेमराज पन्त, पहाडी र थारुबीच द्वन्द्वको उठान गरिएको र त्यसको व्यवस्थापन गर्ने काम नभएको टिप्पणी गर्छन्। 'पहाडी र थारु मिलेर बसेका थिए,' पन्तले भने, 'जातीय र धार्मिक द्वन्द्व खतरनाक हुन्छन्, त्यति त राजनीतिक द्वन्द्व हुँदैन।' जातीय र धार्मिक द्वन्द्व जटिल हुने भएकाले यसको व्यवस्थापनमा बैलेदेखि लाग्नुपर्ने पन्तको धारणा छ।
धनगढीका पर्यटन व्यवसायी कृष्णबहादुर महरा, अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान प्रदेशको मागमा विभाजित भएकाले दुवै पक्ष एकअर्काबाट डराएको अवस्था चित्रण गर्छन्।
'अखण्ड पक्षधर थारुहरूका कारण आफ्नो माग पूरा नभएको ठान्छन्,' महराले भने, 'थारुवान/थरुहट प्रदेश चाहनेहरू अखण्डकै कारण आफ्नो माग पूरा नहुने मान्यता राख्छन्।'
दुवै पक्षले एकले अर्कालाई विरोधी ठानेकाले थारु र पहाडीबीच एकआपसमा डरको अवस्था सिर्जना भएको विश्लेषण महराको छ। यो अवस्था हटाउन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उनी बताउँछन्।
पछिल्लो समय थरुहट/थारुवानवादीलाई मधेसवादी दलले प्रयोग गरेको, उक्साएको महराले बताए। 'मधेसी दलको खासै प्रभाव छैन कैलालीमा,' महराले भने, 'तर उनीहरूले थारुलाई उचाल्ने काम गरिराखेका छन्। भड्काउने काम भएको छ ।'
नेताहरूका द्वन्द्व भड्काउने अभिव्यक्तिले पनि समस्या निम्त्याएको उनको विश्लेषण छ। 'दुवै पक्षले हामीलाई किन उक्साइँदैछ भनेर सोच्नुपर्यो्,' महरा भन्छन्, 'अलग्गै राज्य हुनेबित्तिकै सबैथोक प्राप्त हुँदैन भन्ने बुझ्नुपर्योख, बुझाउनुपर्यो, त्यसका लागि जनचेतनामूलक कार्यक्रम चलाउनुपर्योज।'
जनसाधारणदेखि राजनीतिक नेतृत्वमा रहेका र जिल्लाका अगुवाको एकै धारणा छ, 'टीकापुर घटनापछि पनि राजनीतिक नेताले जिल्लामा विकसित भएको अवस्थाबारे ध्यान दिएनन्। पहाडी र थारुबीच एकअर्काबाट डराउने अवस्था आउँदा पनि जिल्लाको राजनीतिमा गहिरो अर्थ राख्ने कांग्रेसका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्ट कसैले पनि गम्भीरतापूर्वक चासो नराखेको भनाइ धेरैको छ। पथरैयाका गगन विश्वकर्मा, सौरभ राजवंशी र चन्द्र मलाती गाउँको अवस्था बिथोलिएको चित्रण गर्दै त्यसका पछाडि राजनीतिक दल रहेको टिप्पणी गर्छन्। पथरैयाको एउटा चोकमा भेटिएका उनीहरू भन्छन्,
'हामीबाट यिनीहरु (थारु) डराउँछन्, यिनीहरु देख्दा हामी (पहाडी) डराउँछौं।' अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान प्रदेशको राजनीतिले समाजमा विभाजन र द्वन्द्वको अवस्था ल्याएको विश्लेषण उनको छ।
साउन २८ गते टीकापुरमा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले राखेका सार्वजनिक अभिव्यक्तिले जातीय द्वन्द्वको अवस्था निम्त्याएको विश्लेषण टीकापुर आसपासमा गाउँबस्तीमा बाक्लै सुनिन्छ। गगन विश्वकर्मा भन्छन्, 'हामी मिलेर बसेका थियौं, राजनीति गर्नेले भिडन्तको अवस्थामा पुर्यातइदिए। त्यस्तै कथन राजवंशीको छ। उनी भन्छन् 'अखण्ड पक्षघर र थरुहट/थारुवान प्रदेश पक्षबीचको पटकपटकका भिडन्तले जातिय समस्या ल्याएको हो।' दुर्गाैलीका जगतबहादुर चौधरी, केबलराम थारु र आशाराम चौधरीको विश्लेषण पनि नेताहरूबाटै जातीय द्वन्द्वको अवस्था आएको र उनीहरूबाटै यसको समाधान हुनुपर्ने छ। मधेसवादी दलहरूको आगमनले सँगसँगै समस्या ल्याएको जगतबहादुर चौधरी बताउँछन्। राज्य पक्षबाट थारुहरूमाथि शंकास्पद भइरहेको जानकारी दिँदै चौधरी भन्छन्, 'धान खाने मुसा, चोट पाउने भ्यागुता भन्ने उखानजस्तै भएको छ।' टीकापुर घटनापछि सबै थारुहरूमाथि प्रहरी प्रशासनले गलत नजरले हेरिरहेको बताउँदै चौधरीले भने, 'अहिले देखिएको समस्या समाधामा राज्यपक्ष, राजनीतिक दल, प्रशासन सबैको सकारात्मक भूमिका हुनुपर्छ।'
युवा सञ्जालका आशाराम चौधरी पनि राज्यपक्षबाट फरकखाले व्यवहार भइरहेको बताउँछन्। त्यस्तै भनाइ केवलराम थारुको छ। 'ममाथि नै थरुहट/थारुवान प्रदेशको पक्षधरको शंकामा प्रशासनले सोधपुछ गर्छ,' संघीयताविरोधी संयुक्त जनमोर्चाका जिल्ला सदस्य थारु भन्छन्, 'समाजमा जातीय समस्या देखिएको छ, राजनीतिक दल, नेता र प्रशासनिक प्रयासबाट मिलाउन आवश्यक छ।'
तरैयापुरका भद्रवीर चौधरी समाजमा देखिएको जातीय समस्याको जगमा नेताहरू आफैं उभिएको बताउँछन्। समाजमा सद्भाव राख्न नेताहरूबाटै अगुवाइ हुनुपर्ने धारणा चौधरीको छ ।
'अगुवाहरूले सद्भाव कायम राख्ने अवधारणा ल्याए भने तलका हामी आफैं–आफैं मिलिहाल्छौं,' चौधरीले भने, 'हामी तलका मानिस मिलेर मात्र हुँदैन, माथिबाट मिल्दै आउनुपर्छ।' जिम्मेवार राजनीतिक नेता जिल्ला आएर समस्या समाधानमा लाग्नुपर्ने उनले औंल्याए। तरैयापुरकै लहानुप्रसाद चौधरी पहाडी र थारुहरू भाइचाराजस्तै भएर बसेकोमा अखण्ड र थारु आन्दोलनले समाज द्वन्द्वमा फसेको धारणा राख्छन्। 'नेताहरू फिल्डमा आउनुपर्योभ, आ–आफ्ना कार्यकर्तालाई सम्झाउनुपर्यो ,' लहानुले भने, 'नेताहरुले उत्पन्न गरेको समस्या समाधान उनीहरूबाटै हुनुपर्छ।'
उही मत छ, प्राध्यापक हेमराज पन्तको। केन्द्रीय नेताहरूले समाधानमा भूमिका खेल्नुपर्ने औंल्याउँदै उनी भन्छन्, 'खै प्रमुख राजनीतिक दलका नेता कैलाली झरेका?'
स्थानीय स्तरबाट आएको हामी मिलेर बस्छौं भन्ने अभिव्यक्ति छलफलमा राखेर राजनीतिक नेतृत्वले समाधान निकाल्नुपर्ने उनको कथन छ।
राजनीतिक वृत्तमा थरुहट/थारुवान आन्दोनल र मधेस आन्दोलन एकअर्काका विरोधी हुन्। समग्र मधेस एक प्रदेश मधेसी दलको मागविरुद्ध पहिलो संविधानसभा कार्यकालमा सुरु भएको हो थारुवान/थरुहट आन्दोलन। थारुहरूको बलिदानीपूर्ण संघर्ष र आन्दोलनपछि मधेसवादी दल समग्र मधेस प्रदेशबाट पछि हट्न बाध्य भए। यही बेला थरुहट/थारुवान आन्दोलनलाई धक्का दिनेगरी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा एकाएक अस्तित्वमा आयो– अखण्ड सुदूरपश्चिम अभियान।
अखण्ड अभियानकै कारण थरुहट/थारुवान आन्दोलन मधेसी दलको पोल्टामा पुग्यो। जसरी पूर्वी नेपालमा तराई मधेसी दलले पहाडी मधेसीको साम्प्रदायिक हिंसा फैलाएका थिए, ठूलो संख्यामा पहाडीहरू विस्थापित भएका थिए, २०६४/६५ ताका अहिले करिब–करिब त्यही अवस्थाबाट गुज्रँदैछ, पश्चिम तराई। त्यहाँ मधेसी–पहाडीको विभाजन छैन। बरु लामो समयदेखि भाइचाराको सम्बन्धमा बस्दै आएका थारु र पहाडीहरूबीच त्रासको वातावरण छ। मधेसी दलको कैलालीमा आगमन र थारु अधिकारकर्मीहरू मधेसी दलमै पलायनले जातीय द्वन्द्वको आकार बढ्दै गएको र अखण्ड अभियानले द्वन्द्वलाई मलजल गरेको विश्लेषण हुन थालेको छ।
कैलालीमा मधेसी दल प्रवेशको बेग्लै पृष्ठभूमि छ। अघिल्लो चुनावमा कैलालीका छवटै सिट जितेको माओवादीलाई दोस्रो संविाधानसभा निर्वाचनमा शून्य हात लाग्यो भने मधेसी जनाधिकार फोरमले २ सिट, कांग्रेसले २ र एमालेले २ सिट प्राप्त गर्योा। कैलालीमा थारु समुदायको बाहुल्य क्षेत्र नं १, ३ फोरमले, २ र ४ एमालेले, ५ र ६ मा कांग्रेसले जित हात पारे। चुनावी प्रतिस्पर्धामा फोरम लोकतान्त्रिक एउटा दल मात्र चुनिएको भए पनि चुनावी राजनीतिमा भने मधेसी जनाधिकार फोरम, नेपाल सद्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत पूर्वी तराईमा जन्मेका सबैजसो मधेसी दल थरुहट क्षेत्रको राजनीतिक सामाजिक जीवनमा प्रवेश गरे यही निर्वाचनमार्फत। उता थरुहट आन्दोलनमा अगुवाहरुको थरुहट तराई पार्टी भने चुनावी राजनीतिको चर्चामा मात्र रह्यो। थरुहट आन्दोलनका कतिपय अगुवा मधेसवादी दलमा प्रवेश गरेको पृष्ठभूमिमा अहिले पश्चिम तराईका थारुहरूको ठूलो संख्या मधेसवादी दलका समर्थक बन्न पुगे। एकअर्काका विरोधी थारुवादी अभियान र मधेसी राजनीति सुदूरपश्चिममा एकाएक जागेको अखण्ड अभियान कारण आपसमा नजिकिएको राजनीतिक घटनाहरूले देखाउँछन्।
दोस्रो संविधानसभा निर्वाचनयता थारुवादी अभियानमा मधेसी लगाम छ भने अखण्डको अनियन्त्रित कार्यशैलीले जिल्लाको सामाजिक राजनीतिक जीवन बिथोलिएको अनुभव गर्न थालेका छन् स्थानीय।
कैलालीको समाजका थारु र पहाडी एकअर्काबाट भयभीत हुने अवस्थामा पुग्नका पछाडि भदौ ७ को टीकापुर घटना प्रमुख मानिए पनि वातावरण त्यसअघि नै धमिलिएको घटनाक्रमले देखाउँछ।
अघिल्लो संविधानसभादेखि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा अखण्ड पक्षधर र थरुहट/थारुवान पक्षको बेग्लाबेग्लै मागमा ३२ दिनसम्म बन्द रहेको यस क्षेत्र यसपटक राजधानी काठमाडौंबाट शीर्ष नेताले संघीयताको खाका सार्वजनिक गर्नुअघि नै बन्द र हडतालमा उत्रिएको थियो।
अखण्ड पक्षधरले साउन २१ देखि नै सुदूरपश्चिममा बन्द, हडताल र भिडन्तको राजनीतिक यात्रा सुरु गरेको हो। अखण्ड पक्षधरले साउन २१ मै धनगढीमा नाराजुलुस गरे भने त्यसै दिन केही मधेसी दलका नेताले सदरमुकाममा आयोजना गर्न लागेको संविधानको मस्यौदामाथिको छलफल पनि बिथोले। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका विजय गुप्ता र तराई मधेस सद्भावना पार्टीका रामनरेश यादव मस्यौदाको विरोध किन? भन्ने विषयमा अन्तर्त्रि्कया गर्न धनगढी पुगेका थिए। उनीहरुको कार्यक्रम जिल्ला विकास समिति हलमा हुने भनिएको थियो।
अखण्ड पक्षधर युवाले नेताहरू बसेको होटल डिभोटीअगाडि प्रदर्शन गरेपछि नेताहरू कार्यक्रमस्थल जान सकेनन्। आफूहरू बसेकै होटलमा उनीहरूले कार्यक्रमको औपचारिकता निर्वाह गरे। कार्यक्रममा करिब सय जनाजतिको सहभागिता थियो।
मधेसवादी नेतालाई निषेध गर्ने अखण्डधारीको घोषित नीति र त्यस दिन धनगढीमा अखण्ड पक्षधरको विरोध प्रदर्शनको बहानामा विरोध गरिएको थियो। मधेसी नेता कैलाली टुक््रयाउने पक्षमा रहेको आरोप लगाउँदै उनीहरूविरुद्ध जाइलाग्ने अखण्ड पक्षधरको पटकपटकका योजना र कार्यक्रमको पृष्ठभूमिमा कार्यक्रम बिथोलिएको देखिन्छ।
सतहमा धनगढीमा अखण्डका नाममा विभिन्न खाले कार्यक्रम हुने गरे पनि त्यसको नाता भने काठमाडौंका राजनीतिक छलफल र संवादसँग जोडिएको देखिन्छ।
के देखिन्छ भने यता काठमाडौंबाट शीर्ष नेता संघीयताको मोडलमा आपसमा छलफल गर्थे भने कैलालीका आफ्ना कार्यकर्तालाई सडक तताउन निर्देशन दिने गर्थे। अखण्डका पक्षमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका स्थायी कमिटी सदस्य भीम रावल, एमाओवादीका स्थायी कमिटी सदस्य लेखराज भट्टको साथ र समर्थन छ भने एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले थरुहट/थारुवान प्रदेश माग गर्नेहरूलाई ऊर्जा दिइरहेका छन्।
संविधानसभा संवाद समितिअन्तर्गतको विशेष समितिमा संघीयताबारेको गहन छलफल क्रममा देउवा र भट्टराईबीच जुहारी चलेको प्रसंग काठमाडौंका मिडियामा समाचार बन्यो। उता, कैलालीमा भने यही जुहारीको पृष्ठभूमिमा अखण्ड र थारुवादी आपसमा भिड्न थालिसकेका थिए र प्रशासन निषेधाज्ञाको बलमा नियन्त्रण प्रयास गरिरहेको थियो। अखण्ड सुदुरपश्चिमको माग खास कुनै राजनीतिक पार्टीको नभए पनि कैलालीका विशेषगरी पहाडी समुदायका राजनीतिकर्मी सबैजसो कुनै न कुनै रुपमा अखण्ड अभियानमा आबद्ध देखिन्छन्। काठमाडौंमा कैलाली टुक््रयाउने चलखेल भइरहेको सूचना शीर्ष नेताबाट पाएपछि अखण्ड सुदूरपश्चिम पक्षधरले साउन २० गते नै सांकेतिक विरोधस्वरुप धनगढीको एलएनचोकमा कोणसभा गरेर आन्दोलन घोषणा गर्योच। जब कि नेताहरुले संघीयताको ६ प्रदेशको नक्सा साउन २५ मा मात्र घोषणा गरेका हुन्।
क्याम्पस चोकबाट सुरु भएको र्यागली ट्राफिक चौराहमा कोणसभामा परिणत भयो र सभालाई नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीलगायत दलका नेताले सम्बोधन गरे। त्यसै दिन बैठक बसेर साउन २२ देखि सुदूरपश्चिममा अनिश्चितकालिन आमहड्ताल घोषणा गर्योस। अखण्ड सुदूरपश्चिम जनआन्दोलन परिचालन समिति संयोजक गोपाल देउवाले घोषणा गरेको आमहडताललाई प्रमुख तीनसहित ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर समर्थन जनाएका थिए।
उता, कैलाली र कञ्चनपुर थरुहट/थारुवान प्रदेश हुनुपर्ने माग राख्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले साउन २३ देखि अनिश्चितकालिन आमहडताल घोषणा गर्योट। बन्दमाथि अर्को बन्द, हडतालमाथि हडताल थपियो, सुदूरपश्चिम ठप्प भयो।
केन्द्रमा चार प्रमुख राजनीतिक दलले साउन २५ गते ६ प्रदेशको सीमांकन प्रस्ताव सार्वजनिक गरे। कैलाली र कञ्चनपुरको भूगोल टुक्रिएको, रुकुमसहित भेरी, कर्णाली, सेती र महाकालीका पहाडी जिल्लासँग राखिएपछि अखण्डले २५ साउनदेखि आमहडताल फिर्ता लियो भने थरुहट/थारुवानले त्यसमा असहमति जनाउँदै आन्दोलन चर्कायो।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति, थारु सभासद संघर्ष समिति र थारु कल्याणकारी सभाले संयुक्त रुपमा कैलाली र कञ्चनपुर थरुहटमा हुनुपर्ने मागसहित साउन २८ देखि ३२ सम्म तराईका २२ जिल्ला बन्द घोषणा गरे। त्यसपछि भदौ १ देखि ४ र भदौ ५ देखि १६ सम्म बन्द र हडताल गरे। टीकापुर घटनापछि भदौ १७ देखि ३१ सम्म बन्दहडताल घोषणा गरियो।
अखण्ड सुदूरपश्चिम हुनुपर्ने र थरुहट हुनुपर्ने मागसहित छुट्टाछुट्टै आन्दोलनले दुई वर्षअघि ३२ दिनसम्म सुदूरपश्चिम ठप्प भएको थियो। अनिश्चितकालीन रुपमा चर्किएको आन्दोलन संविधानसभा विघटनपछि मात्र स्थगित भएको थियो। कैलाली, कञ्चनपुर यसपटक साउन २२ देखि एकपछि अर्कोको गर्दै ३७ दिनदेखि कैलाली, कञ्चनपुर निरन्तर बन्द छन्।
भदौ ७ को थरुहट/थारुवान आन्दोलनको टीकापुर क्षेत्रको संयोजकको भूमिकामा रहेका रेशम चौधरी राजेन्द्र महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य हुन्। टीकापुर घटनापछि रेशम फरार छन्। उनी पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र रुपमा कैलाली क्षेत्र नं १ का उम्मेदवार थिए। निर्वाचनमा उनले १०८३ मत प्राप्त गरेका थिए। दोस्रो संविधानसभा निर्वाचनका बेला रेशम मधेसी जनाधिकार फोरमबाट टिकट नपाएपछि महतोको सद्भावनाबाट उम्मेदवार बने। दुई क्षेत्रबाट उठेका उनले क्षेत्र नं १ मा चौथो, २ बाट चौधौं स्थान मात्र हासिल गरे। दुवै निर्वाचन क्षेत्रबाट मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका थिए। संविधानसभा निर्वाचनपछि उनी पार्टी केन्द्रीय सदस्य बने।
काठमाडौं बसेर आरआर क्याम्पसमा अध्ययन गर्ने क्रममा रेशम अनेरास्ववियु इकाइ कमिटीमा थिए। उनको राजनीतिक यात्रा त्यहीँबाट सुरु भएको हो। ०५४ सालमा एमाले पार्टी विभाजनका बेला उनी मालेमा थिए। जानकारहरूका अनुसार कराँतेका खेलाडी उनी काठमाडौं बस्दा सैनिकका छोराछोरीलाई कराँते प्रशिक्षण दिन्थे। संगीतकारसमेत रहेका रेशमले तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेर जबरापत्नी सिन्धुको एल्बममा संगीत गरेका छन्। यही सिलसिलामा उनी राजदरबारसँग नजिकिए। काठमाडौंमा सगरमाथालगायत केही एफएममा प्रस्तोताका रुपमा काम गरेका उनी पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्रीमा नियुक्तिका लागि गरेको आह्वानमा आवेदन हालेका थिए। दुई वर्षअघि ज्ञानेन्द्रको टीकापुर भ्रमणमा यिनले भव्य समारोह संयोजन गरेका थिए।
थारु उत्थान मञ्च नामक गैरसरकारी संस्था रेशमकै हो। यही संस्थाका नाममा उनले भारतीय राजदूतावाससँग सम्बन्ध बढाएर विभिन्न कार्यक्रम आयोजना गरेको स्थानीय बताउँछन्।
अब पनि जिम्मेवारी नेताकै काँधमा छ। अनेक मुद्दा र बहानामा 'हाँसी–हाँसी पारेका गाँठा' फुकाउन आफैं अग्रसर बन्नुको विकल्प छैन। टीकापुरवासी नेताहरु गाउँ आएर गाउँलेका कुरा सुनेको र सद्भावको बगैंचा गोडमेल गरेको हेर्न व्यग्रतापूवर्क कुरिरहेका छन्।

उदासीन राजनीतिक नेता

मधेशी दलको नियन्त्रण

सीमांकनअघि नै आन्दोलन

नक्सा आएपछि

को हुन् रेशम चौधरी?

जिम्मा नेताकै