नयाँ ढङ्गको विद्रोहका लागि तयार रहन आग्रह
उपेन्द्र लामिछाने, वीरगन्ज पुस १७- माओवादी नेता बाबुराम भट्टराईले विदेशीले सेना उचालेकाले लोकतन्त्र गम्भीर खतरामा परेको बताएका छन्। यही कारण नयाँ ढङ्गको विद्रोहका लागि तयार रहन पनि उनले सबैसँग आग्रह गरे। सँगै उनले थपे- यस्तो अवस्थामा सबै दल एकै ठाउँमा आउन जरुरी भएको छ।
सरकारले बन्दूकको भाषा मात्र बुझ्छ भन्दै उनले यही कारण सङ्घर्ष गर्नुपरेको दाबी गरे। र, भने- सरकारले शिष्ट भाषा बुझ्दैन।
बाराको डुमरवानास्थित जनता उच्च मावि उदघाटन गर्न पुगेका माओवादी नेता बाबुरामले 'लातको भूत बातले मान्दैन' भन्दै यो सरकारलाई ठीक पार्न नयाँ ढङ्गको सङ्घर्ष गर्नुपरेको बताए।
गिरिजाप्रसाद कोइरालालाई नोबेल पुरस्कारका लागि सरकारले सिफारिस गरेकोबारे नागरिकले मागेको प्रतिक्रयामा उनले भने- एउटा नेपाली नोबेल जस्तो पुरस्कारका लागि सिफारिस हुनु गर्बको कुरा हो। तर शान्ति सम्झौता सरकार-माओवादीबीचको सवाल भएकाले एक पक्षलाई मात्र यसमा दाबेदार देखाइनु उपयुक्त भएन।
उनको भनाइ थियो- एक हातले ताली बज्दैन तर एक पक्षलाई सिफारिस गरेर एक हातले ताली बजाउन खोजिनु ठीक हुन सक्दैन।