अमेरिकी मन्त्री काठमाडौंमा
०७ जेष्ठ २०७९
•
१ मिनेट पाठ
अमेरिकी मन्त्री काठमाडौंमा
नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आएकी छन्। दक्षिण एसियाली मुलुक भारत र नेपालको भ्रमणका क्रममा मंगलबार भारत आइपुगेकी उनी शुक्रबार काठमाडौं आएकी हुन्।




तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजकसमेत रहेकी उनको भ्रमणको उद्देश्य मानवअधिकार तथा प्रजातान्त्रिक शासनको लक्ष्यमा सहकार्य गर्ने तथा मानवीय प्राथमिकतालाई सुढृढ गर्ने छ। उनले भ्रमणका क्रममा यो वर्ष हुने ‘समिट फर डेमोक्रेसी’ मा साझेदारीबारे पनि छलफल गर्नेछिन्।

तीन दिवसीय नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत भ्रमणका क्रममा उनले हिमाञ्चलस्थित धर्मशाला पुगेर तिब्बती धर्मगुरु दलाई लामा र तिब्बती नेताहरूसँग भेट गरेकी थिइन्।

उपविदेशमन्त्री जेया करिब एक दशकको अवधिमा नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्। यसअघि सन् २०१२ फेब्रुअरी १२ देखि १४ सम्म नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले नेपाल भ्रमण गरेकी थिइन्। जेयाले गत डिसेम्बर ८ मा नेपालमा आयोजना गरिएको ‘समिट फर डेमोक्रेसी’ कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेकी थिइन्।

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ पुगेको छ। यस अवसरमा अमेरिकाबाट निरन्तर अमेरिकी अधिकारीको नेपाल भ्रमण भइरहेको छ। केही समयअघि अमेरिकी संसदीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण  गरेको थियो।
अर्को समाचार
अमेरिकी मन्त्री नुल्यान्ड काठमाडौंमा
१६ माघ २०७९
•
१ मिनेट पाठ
अमेरिकी मन्त्री नुल्यान्ड काठमाडौंमा
अमेरिकी उपविदेशमन्त्री एवं राजनीतिक मामिला जानकार भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने नुल्यान्ड पहिलो अमेरिकी उच्च अधिकारी हुन्।  




नुल्यान्डले सोमबार प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ। एमसिसीसहित अमेरिकी सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजना र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन उनी काठमाडौं आएकी हुन्। उत्तरी छिमेकी चीनले नेपालमा बढाउँदै लगेको चासोप्रति अमेरिकीहरू चनाखो देखिएका छन्। राजनीतिक नेतृत्वसँगको भेटमा नुल्यान्डले बदलिँदो भूराजनीतिसहित अमेरिकी चासो र दुईपक्षीय हितका विषयमा कुरा गर्ने बताइएको छ।

नुल्यान्डले राजनीतिक नेतृत्वकर्तासँग भेटघाट गर्ने जनाउँदै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘उहाँले भेटमा दुई देशबीचको बलियो दौत्य सम्बन्धनमाथि जोड दिनुहुनेछ।’ नेपालमा रहँदा यहाँको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि नुल्यान्डले सँगाल्ने जनाउँदै दूतावासले भनेको छ, ‘यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ।’ ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी नुल्यान्डले सरकारका विभिन्न पद पनि समालेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस