काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मङ्गलबार बेलुका टेलिफोन वार्ता भएको छ। वार्तामा देशको राजनीतिक अवस्था र संविधान निर्माणका सम्बन्धमा कुराकानी भएको थियो।टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणलगायतका सबै राजनीतिक विषयमा संवादबाट समाधान खोज्न सकिने भएकाले औपचारिक रुपमा वार्तामा बस्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाए।
वार्तामा तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री कोइरालाद्वारा औपचारिक वार्ताका लागि पठाइएको पत्र पाएको र वार्ताप्रति आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका थिए। तमलोपा अध्यक्ष ठाकुर हिजोमात्र काठमाडौँ फर्किनुभएका थिए । मङ्गलबार बेलुका प्रधानमन्त्री कोइरालाले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि टेलिफोन गरेका थिए ।
उनीसँग सम्पर्क कायम हुन नसकेकाले सो पार्टीका सभासद् शिवजी यादवलाई फोन गरी प्रधानमन्त्रीले टेलिफोन संवाद गरी वार्ताका लागि औपचारिक आग्रह गर्न खोज्नु भएको सन्देश पु¥याइदिन आग्रह गरेका थिए । रासस