'टीकापुर घटनामा तत्काल संवाद थालिनुपर्छ'
१४ भदौ २०७२
•
७ मिनेट पाठ
'टीकापुर घटनामा तत्काल संवाद थालिनुपर्छ'
धनगढी- कैलालीका विश्लेषक र बुद्धिजीवीले टीकापुर घटनापछि विकसित परिस्थितिलाई सरकार र आन्दोलनकारीले तत्काल राजनीतिक संवाद गरेर समाधान गर्नुपर्ने बताएका छन्। उनीहरूले निरन्तरको कर्फ्यु र प्रहरी–प्रशासनका कारण विस्फोटक अवस्था निम्तिन सक्ने चेतावनीसमेत दिएका छन्।

भदौ ७ गतेको घटनापछि प्रशासनले जिम्मेवार हिसाबले काम नगरिरहेको बुद्धिजीवीको टिप्पणी छ। सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार डा. हेमराज पन्तले जिल्लामा देखिएका पछिल्ला राजनीतिक घटनाक्रम जातीय द्वन्द्व उन्मुख रहेको बताए। 'जातीय द्वन्द्व सबैभन्दा खतरनाक हुन्छ। बेलेमै ध्यान नदिए सम्हाल्न सकिँदैन,' उनले भने, 'जतिसक्दो चाँडो समाधानको बाटो खोज्नुपर्छ।'

अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान प्रदेश हुनुपर्छ भन्ने मागमा विभाजित कैलालीमा सदरमुकाम धनगढीलगायत जिल्लाको पूर्वी क्षेत्रका २ नगरपालिका र ९ गाविसमा कर्फ्यु जारी छ।

भदौ ७ मा थरुहट/थरुवान प्रदर्शनकारीले टीकापुरमा एक बालक र ८ सुरक्षाकर्मीको हत्या गरेपछि जिल्लामा भय र आक्रोश व्याप्त छ। यहाँका थारू र पहाडियाबीच द्वन्द्व हुने भय छ भने थारू समुदायमा प्रशासनिक खानतलासी, छानबिनप्रति आक्रोश बढ्दो छ।

रजिस्ट्रार डा. पन्तले जिल्लामा देखिएको असहज स्थितिमा यस क्षेत्रका नेता र सभासदले सद्भाव जगाउने कार्यक्रम गर्नुपर्ने, जनतासँग छलफल गर्नुपर्ने र आन्दोलनमा उत्रेकाहरूसँग संवाद गर्नुपर्ने सुझाव दिए। 'संवाद सुरु गरिहाल्नुपर्छ। कर्फ्यु हटाएर जनजीवन सहज बनाउनुपर्छ,' उनले भने, 'जिम्मेवार नेता र सभासद फिल्डमा आएर काम थाल्नुपर्थ्यो।'

काठमाडौंबाट जारी हुने वक्तव्य र त्यहाँ निकालिने सद्भाव जुुलुसले यहाँको समस्या सम्बोधन नहुने उनको भनाइ छ। 'पहाडी र थारूको द्वन्द्व उठाउन सजिलो छ, उठिसकेपछि त्यसलाई व्यवस्थापन गर्न गाह्रो छ,' उनले भने, 'राजधानीमा नेताहरू आरोपको राजनीति गरिरहेका छन्। तर समस्या समाधान गर्न कुनै पहल भएको छै।'

जातीय र धार्मिक द्वन्द्व राजनीतिक द्वन्द्वभन्दा खतरनाक हुने जनाउँदै उनले त्यसलाई बेलैमा सम्बोधन गर्नुपर्ने बताए।

लोकतन्त्र र शान्तिका लागि नागरिक समाज कैलालीका अध्यक्ष खड्गराज जोशी प्रशासनले जिल्लाको असहज परिस्थितिलाई सहज बनाउनु सकारात्मक भूमिका खेल्नुपर्ने बताए। राजनीतिक नेतृत्वले पनि दीर्घकालीन समाधानका बारेमा सोच्नुपर्ने उनको भनाइ छ। 'टीकापुर घटनापछि यस क्षेत्रका जिम्मेवार नेताले वक्तव्यमार्फत दुःख व्यक्त गरेका छन् तर यहाँको समस्या सम्बोधनबारे केही बोलेका छैनन्,' उनले भने, 'नेताहरू समस्या समाधान गर्न यहीँ आउनुपर्छ। काठमाडांै टाढा छ।' उनले जिल्लामा सद्भाव कायम गर्ने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको आंैल्याए।

थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरी समस्याको जड संघीयता र प्रदेश निर्माणमा रहेको औंल्याउँदै वार्ताबाट समाधान गर्नुपर्ने बताए। उनले केन्द्रले वार्ता गर्नुपर्ने र स्थानीय स्तरमा सामाजिक सद्भावका लागि कार्यक्रम गर्नुपर्ने बताए।

कर्फ्युका कारण सद्भाव जगाउने कार्यक्रम गर्न गाह्रो भइरहेको उनले बताए। 'लामो समयसम्म कर्फ्यु लगाउँदा त्यसले जनजीवनमा नराम्रो असर गर्छ,' चौधरीले भने, 'कर्फ्यु समाधान होइन, यो घटाउँदै हटाउनुपर्छ।'

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले पनि राजनीतिक संवाद तत्काल थाल्नुपर्ने बताउँछन्। उनले थारू समुदायलाई विशेष अधिकार दिने जस्ता कुरा पनि प्रस्ट हुनुपर्ने बताए। थारू र पहाडीबीचको सद्भाव बिथोलिने खतरा रहेको औंल्याउदै उनले भने, 'त्यो अवस्था आयो भने हामी सय वर्ष पछाडि धकेलिन्छौं।'

कैलालीको जातीय सद्भाव बिथोल्न लागिपर्नेहरू पनि यतिबेला सक्रिय रहेको उनले बताए। 'जातीय सद्भाव बिथोलिन नदिन राजनीतिक, सामाजिक, व्यावसायिक सबै पक्ष लाग्नुपर्छ,' उनले भने, 'कर्फ्युका कारण सद्भाव कार्यक्रम हुन सकेको छैन।'

प्रशासनले आफ्नो सजिलोका लागि कर्फ्यु लगाएको उनले टिप्पणी गरे। कैलालीमा दुई समुदाय वर्षांैदेखि मिलीजुली बसेको सन्दर्भ उल्लेख गर्दै उनले भने, 'हामीबिना थारूको काम चल्दैन, थारूबिना हाम्रो काम चल्दैन।'

पत्रकार सम्मेलन स्थगित

थरुहट/थारुवान आन्दोलनका अगुवाहरूले सोमबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। सुरक्षाकर्मीले गिरफ्तार गर्ने भयमा रहेका उनीहरूले सदरमुकामबाट करिब २० किलोमिटर पूर्वको थारू बस्तीमा पत्रकारहरूलाई बोलाएका थिए। तर प्रहरीले सुइँको पाएर पिछा गरेको भन्दै उनीहरूले सम्मेलन स्थगित गरे।

टीकापुर काण्डपछि थारू अगुवा प्रायः सबैको मोबाइल फोन स्विचअफ छ। टीकापुर घटनापछि थारू अगुवा प्रायः सबैको मोबाइल फोन स्विचअफ छ। प्रशासनले छानबिनका नाममा जोकोहीलाई धरफकड गर्न सक्ने त्रास थारू समुदायमा व्याप्त छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस