झापा-मधेशवादी दलका शीर्ष नेताहरुले विगतका सहमतिहरु कार्यान्वयन गर्ने बलियो विश्वास दिलाएर संविधान निर्माणको वर्तमान प्रक्रिया रोक्दा मात्रै सरकारसँग वार्ताको सम्भावना रहने बताएका छन् ।मुख्य तीन दलले यस्तो कदम चाल्ने सम्भावना कमजोर रहेको आशंका गर्दै उनीहरुले सडक आन्दोलनबाटै अन्तिम छिनोफानो गरिने चेतावनी पनि दिएका छन्। आदिबासी जनजाति महासंघ झापाले विर्तामोडमा आयोजना गरेको सभालाई सम्बोधन गर्न सोमबार झापा आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ताको प्रस्तावप्रति यस्तो जवाफ दिएका हुन् ।
'विगतमा राज्यसँग आदिबासी, जनजाति, मधेशी लगायतको सहमति भएको छ, ती सबै लिखित छन्', फोरम अध्यक्ष उपेन्द्र यादवले भने ' तिनको इमान्दार कार्यान्वयन हुने आधार बनाउनुपर्यो । अहिले चलिरहेको संविधान निर्माण प्रक्रिया रोकेर सबैको सहभागिता निश्चित गरिनुपर्छ ।' उनले अबको वार्ताले पनि 'सम्झौता' नै गर्ने भएकाले विगतकै सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । 'विगतका सबै सहमति कुल्चने, राज्य पुनःसंरचना आयोगका सिफारिश लत्याएर पुनःसंरचना गर्ने हो भने संघीयताको अर्थ के भयो ?', उनको कथन थियो 'यदि संविधान बनाउने हो र लागु पनि गराउने हो भने सरकारले विगतका सहमति कार्यान्वयन गर्नुको विकल्प छैन ।'
आदिबासी, जनजाति, मधेश, दलित लगायतले अस्वीकार गर्ने संविधान लागु हुनै नसक्ने दाबी गर्दै यादवले पहिचानसहितको संघीयता बेगर अहिलेको आन्दोलन नथामिने बताए । 'हामी मधेश, आदिबासी, जनजाति, दलितको अधिकार स्थापना नभएसम्म लडिरहन्छौं', उनले भने 'पहिचानसहितको संघीयता स्थापना गरेरै छाड्छौं ।'
तमलोपा अध्यक्ष महन्थ ठाकुरले पहिचान बेगरको संविधान मान्य नहुने बताए । 'नेपालमा आन्दोलनहरु भए, तिनको लक्ष्य अग्रगामी संविधान थियो', उनले भने 'तर, अहिले पहिचान बेगरको संविधान र संघीयता ल्याउन खोजिदैछ । यसको डटेर सामना गर्नुपर्छ ।' मधेश र उत्पीडनमा परेका सबैलाई आन्दोलनमा आउन आग्रह गर्दै उनले अब सडकबाट छिनोफानो गर्नुपर्ने बताए ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले काँग्रेस, एमाले र एमाओवादीले 'बेइमानीको हद पार गरेको' आरोप लगाउँदै विगतका सहमति पालना गर्नुपर्ने बताए । 'अन्यथा आन्दोलनको आँधीले सबै कुरा ठीक पार्नेछ', उनले भने 'आदिबासी, जनजाति, थारु, मधेशी दलित सबैले अब सडकमा आउनुपर्छ । यी दलहरुले यति सजिलै जनतालाई अधिकार दिँदैनन् ।' तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र लिम्बूवानका नेता सञ्जुहाङ पालुङ्वाले पनि आन्दोलनकै अपरिहार्यतामा जोड दिएका थिए।