काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र चिनिया कम्युनिस्ट पार्टीको संयोजनसम्बन्धी सहायकमन्त्री डोउ इनयोङबीच भेटवार्ता भएको छ। लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियाबारे मन्त्री डोउलाई जानकारी गराएका थिए।'अध्यक्षज्यूले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै देशमा संविधान जारी हुन लागेको कम्युनिस्ट नेता डोउलाई जानकारी गराउनुभयो,' दाहालको भनाइ उद्धृत गर्दै पार्टीका महासचिव कृष्णबहादुर महराले भने।
उनका अनुसार दुई डोउले भूकम्पपछिको पुनःनिर्माणबारे अध्यक्ष दाहालसँग जानकारी लिएका थिए। दुई नेताबीच दुई देशको कम्युनिस्ट पार्टी र विकासबारे छलफल भएको थियो। महराका अनुसार पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण र स्कलुलिङका निम्ति नेपालका चीन र चीनका नेपाल ल्याइ प्रशिक्षण आदानप्रादन गर्नेबारे छलफल भएको थियो।
डोउ तीन दिने नेपाल भ्रमणमा आएका छन्।