काठमाडौं- अघिल्लो संविधानसभा अन्तर्गतको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको पछिल्लो १२७ औं बैंठक सबैभन्दा लामो १३ घन्टासम्म चलेको थियो— बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म।कारण थियो– ३ सदस्यीय समितिका सदस्यहरू राज्यको नयाँ संरचना कोर्ने अभ्यास गर्दै थिए, संघीयताका साँध, सिमाना र प्रदेशका राजधानी टुंगो लगाउने राजनीतिक मुद्दामा बहस र विवाद गर्दै थिए, माघको त्यो ठिहीमा। २०६६ माघ ६ गतेको त्यही बैठकले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्ने विवादास्पद निर्णय गर्योो, बहुमतकै बलमा। प्रदेशहरूलाई आत्मनिर्णयको अधिकार दिने भनियो र बहुमतकै खेल रचेर २५ वटा स्वायत्त प्रदेशका नामसमेत अनुमोदन गर्योआ बैठकले।
राजनीति पेचिलो थियो, माओवादी सभासद एकढिक्का थिए, एमालेका मधेसी र जनजाति सभासद पार्टी शीर्ष नेतालाई समेत अटेर गरिरहेका थिए। अर्थात् राज्य पुनःसंरचना मुद्दामा एमाले त्यतिबेलै विभाजित थियो। मधेसवादी सदस्य संघीयताको खाका कोर्ने सिद्धान्तमै विमति जनाएर विपक्षमा थिए। कांग्रेस सदस्यहरू समितिमा बनेका 'भद्र सहमति' भत्काएर माओवादी र एमाले सदस्यहरूको जोरजबर्जस्तीको विरोधमा उभिए।
गणितको राजनीति पनि गजबको थियो त्यतिबेलाको। समितिका ४३ सदस्यमध्ये समितिका सभापति लोकेन्द्र विष्ट समेत २२ जनाको बहुमतमा संघीयताको खाका तय भयो, विरोधमा २१ जना विपक्षमा थिए। पक्षमा मतदान गर्ने नेवा पार्टीका बुद्धरत्न बज्राचार्यले अर्कै समितिमा मतदान गरिसकेको अवस्था पछि मात्र खुल्यो। यस अर्थमा माओवादी र एमालेका केही बाहेकका सदस्यको जोरबलमा पास भएको बहुमतको प्रतिवेदन बज्राचार्यको मत गयल गर्दा बराबरी हुने अवस्था बन्यो।
समितिले करिब १३ महिना (२०६५ पुसदेखि २०६६ माघ ६ सम्म) मा गरेका बैठक, छलफल, अध्ययन, जनमत संकलन लगायत कामहरूको परिणाम संघीयताको सिद्धान्तसम्म तय भएको थियो।
त्यही सिद्धान्तमा आधारित रहेर काम गर्ने गरी समितिले बैग्लै उपसमिति बनायो, संघीयतासँग जोडिएका विषयमा निचोड निकाल्ने ध्येयले। लामो गृहकार्यपछि उपसमितिले दुइटा नक्सा तयार पार्योन– एउटा ६ प्रदेश, अर्काे १४ प्रदेशको। उपसमितिले तयार गरेको १४ प्रदेशको नक्सा रातारात काटकुट पारेर १४ प्रदैशकै अर्को नक्सा तयार भयो 'जडान' र 'शेर्पा' प्रदेश थपेर। उपसमितिले मधेसमा ४ र पहाडमा १० रहने गरी १४ प्रदेशको एउटा र पहाडमा ४ र मधेसमा २ रहने गरी ६ प्रदेशको अर्काे खाका तयार गरेको थियो। समितिको बहुमतका नाममा केही सक्रिय सदस्यले रातारात १४ प्रदेशको नक्सामा शेर्पा र जडान थपिदिए र मधेसका चार प्रदेश काटेर दुइटामा सीमित गरिदिए।
एमालेका मंगलसिद्धि मानन्धर र रामचन्द्र झा र माओवादीका हितमान शाक्यको सक्रियतामा अन्तिम रुप पाएको नक्सा नै समितिको औपचारिक बन्न गयो। मतदान गरेर ६ प्रदेशको नक्सा सुरुमै थन्क्याइएको थियो। उपसमितिमा जयप्रकाश गुप्ता, मानन्धर, नरहरि आचार्य, प्रतिभा राणा र हितमान शाक्य थिए। गुप्ताले संघीयताको सिमाना कोेर्न सैद्धान्तिक विमति जनाएको भए पनि सदस्यहरू दुवै खाका पेस गर्न सहमत थिए।
जातीय रंगको १४ प्रदेशको खाका पहिलो संविधानसभामा प्रस्तुत भयो, छलफल मात्र हुन पायो, पारित हुन सकेन।
खाका त्यत्तिकै थन्कियो। राजनीतिक दलहरू त्यही कामका लागि करिब दुई वर्षपछि 'राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग' गठन गर्न सहमत भए। समितिको प्रतिवेदनलाई मुख्य अधाार बनाएर काम गर्ने कार्यादेश पाएको आयोगले दुई महिना बढीको कसरतबाट एउटा सिंगो प्रतिवेदन बन्न सकेन।
नौ सदस्यीय आयोगका अध्यक्ष मदन परियारसहित ६ जनाले १० वटा भौगोलिक र एउटा गैरभौगोलिक दलीय प्रदेशको खाका पेस गरे भने आयोगका तीन जना सदस्यले ६ प्रदेशको अर्कै नक्सा बनाए। राजनीतिक भागबन्डामा केही विज्ञ र नेता समावेश गरिएको आयोगमा कांग्रेसका दुवै प्रतिनिधि र एमालेका एक जना सदस्यको ६ प्रदेशको नक्सा वैकल्पिक बन्न गयो। आयोगको गणितमा एमाले यहाँ पनि विभाजित भयो।
एमाओवादी, मधेसवादी र विज्ञहरू परियार र सदस्य कृष्ण हाछेथूको ११ प्रदेशको प्रतिवेदन औपचारिक बन्यो। सुझाव प्रयोजनको आयोगको प्रतिवेदन पनि कार्यान्वयन हुन सकेन। असहमतिबीच पहिलो संविधानसभा भंग भयो। संविधान निर्माण थाती नै रह्यो।
संघीयताको मुद्दा झन् पेचिलो बनेर रह्यो।
साढे तीन वर्षपछि
प्रमुख राजनीतिक दल अघिल्लो संविधानसभामा बहुमतको बलमा पन्छाइएका विकल्पहरूको नजिक रहेर दोस्रो संविधानसभामार्फत संघीयताको खाका कोरिरहेका छन्। २०७२, साउन २३ गते मध्यरात प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बीचको राजनीतिक सहमतिमा जारी पछिल्लो ६ प्रदेशको खाका राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँट समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगका वैकल्पिक नक्साहरूसँग मिल्दोजुल्दो देखिन्छ। तत्कालीन समितिका दुई फरक नक्सा, आयोगका दुई फरक नक्साको राजनीतिक पृष्ठभूमिमा दलहरू वैकल्पिक नक्साको जग निर्माणमा अभ्यस्त देखिन्छन्। राजनीतिक दलका नेताहरूले 'अखण्ड' मनोविज्ञानबाट अघि सारेका नक्सामाथि चौतर्फी आक्रोश छ। मुलुकका विभिन्न क्षेत्र आन्दोलनमा होमिएका छन् र यता राजधानीमा दलका नेता आफ्नो नक्सामा संशोधन गर्ने कसरत गर्दैछन्। कस्तो नक्सा आउने र त्यसले अहिले उठेका असन्तोषका आवाजको कत्तिको सम्बोधन गर्ने हो, त्यसको लेखाजोखा हुँदै जाला। प्रमुख राजनीतिक दल किन वैकल्पिक नक्सासँग नजिकिँदैछन्? अघिल्लो संविधानसभा र अहिलेको संविधानसभाको राजनीतिक शक्तिसन्तुलनमा आएको परिवर्तनका कारण विकल्पका नक्साहरूमा प्रमुख दल केन्द्रित भएका हुन् त? उत्तर एकै किसिमको आउँदैन।
अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिका सदस्यसमेत रहेका एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल शक्तिसन्तुलन र परिस्थिति बोधका कारण भएको त्यसबेलाको १४ प्रदेशको विकल्पमा संघीयताका खाका कोर्ने काम भइरहेको बताउँछन्। पोखरेलका अनुसार पहिलेको १४ प्रदेशको खाका एकल पहिचानमा आधारित थियो, अहिले बहुपहिचान र सामर्थ्यलाई आधार बनाएर खाका कोर्ने अभ्यास भइरहेको छ।
'अहिले सीमांकन गर्दा दुई वा त्यसभन्दा बढी समुदायका झुण्डहरू एकठाउँमा राखिएको छ,' पोखरेलले भने, 'साझा पहिचानका सिद्धान्त र सामर्थ्यका सिद्धान्तमा आधारित छ।'
डा. मंगलसिद्धि मानन्धर जो सोही समितिमा सदस्य रहेर १४ प्रदेश रचनामा संलग्न थिए, उनी भने पोखरेलको मतसँग सहमत छैनन्। अहिले एमाले त्यागेर संघीय समाजवादी फोरमको सल्लाहकारका रुपमा सक्रिय मानन्धर राजनीतिक नेताहरूको लहडबाजीबाट काम भइरहेको बताउँछन्। 'पहिले समितिले काम गरेर नक्साहरू निकालेको हो,' मानन्धरले भने, 'अहिले नेताहरू खल्तीबाट नक्सा निकाल्दैछन् र दिनदिनै फेर्दैछन्।'
समितिका सदस्य नरहरि आचार्य विगतका विकल्पमा परेका नक्साहरूकै सेरोफेरोमा रहेर नयाँ नक्सा बन्न लागेको बताउँछन्।
'पहिलो बनेका ६ प्रदेशका नक्साकै निरन्तरता जस्तो छ,' आचार्यले भने, 'जोरजर्बजस्तीकै कारण ६ प्रदेशको नक्सा अगाडि बढाइएन, अहिले तीन नक्सामा आधारित भएर काम भइरहेको जस्तै छ।'
आयोगमा सदस्य कृष्ण हाछेथू पनि समितिमा जोरजर्बजस्तीका कारण राम्रोसँग काम हुन नसकेको टिप्पणी गर्छन्।
'त्यसै बेला समितिले राम्रोसँग काम गरेको थियो भने संघीयता यति ठूलो मुद्दा बन्दैनथ्यो,' हाछेथूले भने, 'अन्तिम समयमा माओवादीको दम्भ र जोरजर्बजस्तीले गर्दा समितिका कामको सही परिणाम आएन।' नेताहरूले अहिले अघि सारेका नक्साबारे हाछेथूको टिप्पणी छ, 'संघीयताको पृष्ठभूमि समावेशीमा आधारित थियो, अहिले त्यसको बैठान प्रशासनिक संघीयताको आधारमा खाका कोरिँदैछ।'
यथास्थितिवादी मानसिकतामा संघीयताको खाका कोरिएको उनको भनाइ छ। 'समस्याको जड संघीयताबारे नेताहरूको सोचमै छ,' हाछेथूले भने, 'अहिलेको अवस्था सुन्तला रोपेर भोगटे फल खोजेजस्तै हो।'
समितिका अध्यक्ष लोकेन्द्र विष्ट नेताहरू संघीयताको मोडलबाट चिप्लिएर प्रशासनिक मोडलमा पुगेको टिप्पणी गर्छन्। 'संघीयताबारे नेताहरूमा चासो, चिन्ता र गम्भीरता देखिँदैन,' उनले भने, 'अघिल्लो संविधानसभामा भएका सहमति अंगीकार गर्ने भनेपछि त्यसलाई तोडमरोड गर्नु हुन्नथ्यो, नेताहरू गल्ती गर्दै हुनुहुन्छ।' रुपमा संघीयताजस्तो देखिने तर सारमा एकात्मक प्रणाली हुने खालको मोडलमा नेपाल अघि बढिरहेको विष्टको विश्लेषण छ।
नक्सै नक्सा
'नेपालमा संघीय राज्य : एक प्रारूप' नामक पुस्तकका लेखक डा. मगलसिद्धि मानन्धर, शोभा श्रेष्ठ र पुष्पा शर्माले प्रकाशित गरेको सानो पुस्तिकामा संघीयताका २२ वटा नक्सा संकलित छन्। राजनीतिक पार्टीका, नेताहरू र विज्ञहरूका छानिएका नक्सा समावेश गरेर २०६६ भदौमा यो पुस्तक छापिएको हो। मानन्धर भन्छन्, 'थरीथरीका नक्सा थिए, केही अर्थ राख्ने मात्र छानेर राखेको हो।' २०६६ माघ ७ मा संविधानसभामा पेस गरेको राज्यको पुनःसंरचना तथा तथा बाँडफाँट समितिको प्रतिवेदनमा दुई दर्जनभन्दा बढी फरक–फरक नक्सा छन्। प्रमुख राजनीतिक पार्टीका, राजनीतिक नेता र सभासदका ती नक्साले मुलुकलाई फरक–फरक किसिमले चिरेका छन्। समितिका सभापति लोकेन्द्र विष्ट कसैले काँक्रो चिरेजस्तो ठाडो चिरेका छन्, कसैले फर्सी वा कुभिन्डो काटे जसरी तेर्सो चिरेका बताउँछन्।
'कसैकसैले मात्र पहिचान र सामर्थ्यका सिद्धान्तमा आधारित भएर नक्सा कोरेका छन्,' विष्ट भन्छन्, 'कतिपयले भित्तामा नेपालको नक्सा राखेर आफूलाई चाहे जसरी कोर्दै जाने र त्यसैलाई संघीय मोडल भन्ने गरेका छन्।'
कतिपय मोडलमा साम्प्रदायिक गन्ध आएको विष्टको सँुघाइ छ।
मुलुक संघीयताको बहसमा आएपछि २०६५ देखि २०७२ सम्मको संघीय यात्राामा संघीय प्रदेशका संख्या घटेका छन्। सुरुमा प्रमुख राजनीतिक दलले प्रदेशको संख्या दर्जनभन्दा माथि प्रस्ताव गरेका थिए भने अहिले तीनै राजनीतक दल आधा दर्जन वरिपरि सीमित छन्।
सुरुमा कांग्रेसले १६ प्रदेशसम्मको खाका तयार गरेको थियो भने एमालेले १५ प्रदेश नक्सालाई पार्टीको औपचारिक नक्सा बनाएको थियो। एमाओवादीले १३ प्रदेशको खाकालाई आधिकारिक भनेको थियो। धेरै प्रदेश हुनुपर्छ भन्नेमा यी ठूला दलमा एकरुपता रहे पनि संघीयताका सीमा र आधारमा तीनै दलका भिन्न–भिन्न मान्यता र दर्शन छन्।
राजनीतिक दल, विज्ञ, राजनीतिज्ञ लगायत संघीयताका थरीथरीका नक्सा भए पनि संघीयताको बहसमा गहिरो अर्थ राख्ने नक्साहरू ६ वटा छन्। राज्य पुनःसंरचना समितिले तयार गरेका १४ प्रदेशका दुई खाले र ६ प्रदेशको एउटा नक्सा गरी तीनवटा नक्सा। 'राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग' को औपचारिक र फरक मतका रुपमा रहेका दुइटा नक्सा, नेताहरूले साउन २३ मा सहमति गरेको ६ प्रदेश र त्यसमा भदौ ४ मा संशोधन गरिएको ७ प्रदेशको नक्सा।
समितिका नक्सा : १४ भर्सेस ६
संविधानसभा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले १३ महिना लामो समय लगाएर संघीयताको खाका कोर्ने सिद्धान्त तयार गर्योर। संघीयताका खाका कोर्न पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारमा रहेर समितिले सुरुमा दुइटा नक्सा बनायो– १४ र ६ प्रदेशको। डा. मंगलसिद्धि मानन्धर, जयप्रकाश आनन्द, नरहरि आचार्य, प्रतिभा राणा र हितमान शाक्य सदस्य रहेको उपसमितिले तयार गरेका १४ प्रदेशमा प्रदेशको नाम सीमा र प्रदेश राजधानी तोकिएको थियो। दुई दर्जन जिल्ला काटेर यताउता पारेका प्रदेश मधेसमा चारवटा र पहाड–हिमालमा १० वटा थिए। मधेसमा पूर्वका झापा, मोरङ र सुनसरी विराट, सप्तरी देखि पर्सासम्मका तराईका जिल्ला मधेस, चितवन छाडेर रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम मधेस, बाँके, बर्दिया, दाङ र कञ्चनपुरको केही भागसमेतको थरुहट प्रदेश।
त्यस्तै, पूर्वबाट लिम्बुवान, किराँत, सुनकोसी, ताम्सालिङ, नेवा, नारायणी, तमुवान, मगरात, कर्णाली र खप्तड प्रदेश। उपसमितिले तयार गरेको ६ प्रदेश नक्सामा मधेसमा दुइटा र पहाडमा चारवटाको अवधारणा थियो। मधेसमा सुनसरीदेखि पर्सासम्मको क्षेत्र सिम्रोनगढ, चितवन पश्चिम रुपन्देहीदेखि कञ्चनपुरका केही क्षेत्रसमेतको लुम्बिनी प्रदेश। झापा, मोरङलगायत मेची, कोसीका पहाडी जिल्ला रहेको सृजंगा, त्यसको पश्चिममा सगरमाथा काठमाडौं लगायतका जिल्लासम्म तन्किएको छ भने त्यसको पश्चिम गण्डकी र कर्णाली प्रदेश।
समितिको पूर्ण बैठकले मतदानबाट ६ प्रदेशको नक्सा पन्छायो भने १४ प्रदेशको नक्सामा संख्या जस्ताको त्यस्तै राखे पनि तराईमा चारवटा प्रदेश घटाएर दुइटा राख्यो भने पहाड, हिमालमा जडान र शेर्पा प्रदेश थपियो।
समितिमा बहुमत पुर्यारउनुपर्ने बाध्यताका कारण हिमाली क्षेत्रका केही सभासदको दबाबमा अन्तिम समयमा यी दुई प्रदेश थपिएको चर्चा राजनीतिक वृत्तमा त्यतिबेला चलेको थियो। मधेसमा झापादेखि पर्र्सासम्मको तराईका जिल्लालाई 'मिथिला—भोजपुर—कोच—मधेस' भनियो भने चितवन पश्चिम कञ्चनपुरसम्मको तराईलाई 'लुम्बिनी—अवध—थारुवान' भनियो। यस बाहेक उपसमितिले बनाएको नक्सामा जडान र शेर्पा प्रदेश थप्नुबाहेक अन्य प्रदेशको नाम र राजधानी परिवर्र्तन गरिएको थिएन। किराँत, सुनकोसी र ताम्सालिङका केही भाग काटेर शेर्पा प्रदेश बनाइएको छ भने कर्णाली काटेर जडान थपिएको छ।
दुई फरक–फरक नक्साबारे समिति सदस्यका भिन्न दृष्टिकोण छन्। विष्ट भन्छन्, '१४ प्रदेशको मोडलमा पहिचान प्राथमिक र सामर्थ्य पुरक छ, ६ प्रदेशमा सामर्थ्य प्राथमिक र पहिचान पुरक छ।'
आचार्यको आफ्नै दाबी छ। उनी भन्छन्, '६ प्रदेशमा पहिचान र सामर्थ्यको सन्तुलन मिलाइएको छ, १४ प्रदेशमा जातीय आधारलाई बढी महत्व दिइएको छ।'
राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको नक्साले संविधानसभामा प्रवेश पाए पनि त्यसले परिणाम दिएन। जातिवादी माग घनीभूत भएको अघिल्लो संविधानसभामा प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई समितिका नक्साले सन्तुष्ट बनाएन, समितिकै सदस्यका दर्जनौँ फरक मत थिए त्यसमा। उता, संविधानसभाले पनि समितिको नक्सालाई परिमार्जन गर्न दिएन। समितिका सभापति लोकेन्द्र विष्ट, सभामुख सुवासचन्द्र नेम्वाङको दबाबमा हतारहतार निर्णय गर्नुपरेको बताउँछन्।
'मतदान गरेर भए पनि चाँडो प्रतिवेदन बुझाउनू भन्नुभयो,' विष्टले भने, 'समितिलाई थप एक/डेढ महिनाको समय दिएको थियो भने हामी आफंैले बनाएका नक्सामा परिमार्जन गर्नसक्ने अवस्थामा थियौं।' विष्ट आफूहरूले परिमार्जन गर्ने अवसर नपाएको बताउँदै भन्छन्, 'हामी १४ प्रदेशको संघीय खाका न्यारो डाउन (घटाउन) गर्नसक्ने अवस्थामा थियौं।' समितिका सदस्य नरहरि आचार्य पनि दबाब र जबर्जस्ती शैलीमा अनुमोदन भएका खाकाहरूमा परिमार्जन गर्ने अवसर नपाएको औंल्याउँछन्।
'हामीले संविधानसभामा पेस भएको प्रतिवेदन माग गरेका थियौं,' आचार्यले भने, 'तर हामीलाई समयै दिइएन।'
आयोगका नक्सा : ११ भर्सेज ६
राज्य पुनःसंरचना तथा राज्यशक्तिको प्रतिवेदन दुई वर्षसम्म थन्किएको अवस्थामा अन्तरिम संविधानको व्यवस्थाअनुसार आयोग गठन भयो, राजनीतिक सहमतिमा। २०६८ मंसिर २० मा राजनीतिक भागबन्डामा माओवादी, कांग्रेस र एमालेबाट २/२ जना, एक जना मधेसी दल र दुई जना विज्ञ राखिएका थिए आयोगमा। डा. मदन परियार अध्यक्ष रहेको आयोगमा कृष्ण हाछेथू, एमाओवादी कोटामा मल्ल के. सुन्दर र स्टेला तामाङ, कांग्रेस कोटामा डा. रमेश ढुंगेल र सावित्री गुरुङ, एमालेबाट डा. भोगेन्द्र झा र सर्वराज खड्का तथा मधेस केन्द्रित दलबाट सुरेन्द्रकुमार महतो सदस्य थिए। दुई महिना समय पाएको आयोगलाई, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ को व्यवस्था, संविधानसभा राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिका सबै मत र विचार लगायत समग्र पक्षलाई ध्यान दिई पहिचान र सामर्थ्यलाई आधार मानी आफ्नो सुझाव प्रतिवेदन सरकारसमक्ष पेस गर्न भनिएको थियो।
आयोगले एक साता मात्र थप समय लिएर प्रतिवेदन पेस गर्योव। तर, आयोगमा संघीयताको खाकालगायत कतिपय विषयमा मतैक्य भने हुन सकेन। अध्यक्ष परियारसहित ६ जना सदस्यले १० पहिचानलाई मुख्य आधार बनाएर १० वटा भौगोलिक र एउटा गैरभौगोलिक दलीय प्रदेशको खाका पेस गर्योव भने कांग्रेसका ढुंगेल, गुरूङ र एमालेका सर्वराज खड्काले राय बझाए। उनीहरूले बेग्लै ६ प्रदेशको खाका अघि सारे।
बहुमत सदस्यले समितिकै मार्गचित्रमा रहेर काम गरेको देखिन्छ भने अल्पमत पक्षको संघीय खाका समितिले पन्छाएको ६ प्रदेशको नक्सासँग धेरै हदसम्म मिल्दो छ। समितिको १४ प्रदेशलाई घटाएर १० म्ाा ल्याउन आयोगले अन्तिम समयमा थपिएका शेर्र्पा र जडान हटाइदियो, कर्णाली र खप्तडलाई जोडेर एउटै कर्णाली बनायो भने समितिमा प्रस्ताव गरिएको सुनकोसी प्रदेश पनि 'डिलिट' गरिदियो।
त्यसबाहेक, मेचीदेखि महाकालीसम्मको तराईलाई दुइटा मधेसमा बाँडियो । चितवन लगायत पूर्वको झापासम्म मधेस—मिथिला—भोजपुर भनियो भने चितवनपश्चिम महाकालीसम्मको तराईको भूभागलाई मधेस— अवध— थारूवान प्रदेश भनियो। समितिको नक्सामा चितवनपूर्व र पश्चिम दुइटा मधेस प्रस्ताव थियो भने आयोगले पूरै तराईलाई दुई मधेसमा बाँड्यो। समितिले प्रस्ताव गरेको चितवनसम्म फैलिएको नारायणीलाई चितवनका केही गाउँसमेत राखेर गंगटो आकारको प्रदेश बनाइयो। समितिको नक्सामा ताम्सालिङबाट घेरिएको नेवा प्रदेशलाई ताम्सालिङभित्र रहेको धादिङका गाउँहरू काटेर नारायणीसम्म निकास दिने नक्सा कोरियो।
आयोगका सदस्य हाछेथूका जातीय पहिचानका झुन्डहरू खोज्दै गएर विभिन्न प्रदेशहरू प्रस्ताव गरिएको र त्यसमा सामर्थ्यलाई पनि ध्यान दिइएको दाबी गर्छन्। उनले कर्णाली, खप्तड र सुनकोसी सामर्थ्यका हिसाबले चल्न नसक्ने देखिएपछि हटाइएको बताए। शेर्पा र जडान एक प्रतिशतभन्दा कम जनसंख्या रहेका कारण हटाइएको जानकारी दिँदै हाछेथूले भने, 'आफ्नो आम्दानीले २०, २५ प्रतिशत खर्च धान्न नसक्ने प्रदेश हटाइएको हो।'
समितिको नक्सामा रहेको सग्लो नारायणी किन गंगटोजस्तो? 'समितिको नक्सामा जातीय झुन्डहरूको गलत सूचनाका आधारमा प्रदेश भनिएको रहेछ,' हाछेथूले भने, 'हामीले त्यस्ता गलत सूचना भएका ४० वटा गाविस मिलाएर नारायणीको नयाँ खाका दिएका हौं।'
उनका अनुसार प्रदेशको सीमा कोर्दा जिल्ला अवधारणा बिर्सिएर गाविस अवधारणामा काम भएको छ। १० भौगोलिक प्रदेशको खाका कोर्ने क्रममा ४० भन्दा बढी जिल्ला काँटछाँट गरिएको हाछेथूको अनुभव छ।
उनको बुझाइमा विमति जनाउँछन् आयोगका अर्का सदस्य ढुंगेल। 'छानी–छानी जातीय झुन्ड खोज्दै प्रदेशको खाका कोरिएको छ,' ढुंगेल भन्छन्, 'त्यसमा सामर्थ्यलाई महत्वै दिइएन।'
ढुंगेललगायत तीन सदस्यले बनाएको नक्सामा भने नवलपरासीबाहेक अन्य जिल्ला फुटाइएका छैनन्। पूर्वबाट १ देखि ६ नम्बर दिइएको संघीय खाकामा सबै प्रदेश भारतसँग जोडिएका छन्। मधेसमा सप्तरीदेखि पर्सासम्मका जिल्लालाई ४ नम्बर प्रदेश भनिएको छ भने चितवन छाडेर नवलपरासीको दाउन्नेपश्चिम कैलालीसम्म क्षेत्रलाई अर्को प्रदेश प्रस्ताव गरिएको छ। प्रदेश नं १ मा सुनसरी, मोरङ, झापालगायत पूर्व मेची, कोसीका पहाडी जिल्ला छन् भने सगरमाथा, जनकपुृर र नारायणीका जिल्ला प्रदेश नं २ मा समेटिएका छन्। त्यहाँबाट पश्चिम गण्डकी र लुम्बिनी, धवलागिरि, राप्तीका पहाडी जिल्ला प्रदेश नं ३ राखेर नवलपरासीको दाउन्नेबाट भारतसँग जोडिएको छ। भेरी, सेती र महाकालीका पहाडी जिल्ला र कञ्चनपुरसमेतको क्षेत्रलाई प्रदेश नं ५ भनिएको छ।
नेताका नक्सा
बहुपहिचानलाई मुख्य आधार बनाएर प्रमुख राजनीतिक दलले साउन २३ मा प्रस्ताव गरिएको ६ प्रदेशको नक्सामा समिति र आयोगका नक्सा भन्दा भिन्न छ। यो नक्सामा प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, सोलु र ओखलढुंगा छन्। प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन्। ३ नं प्रदेशमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर छन्। ४ नं प्रदेशलाई नवलपरासीको दाउन्नेबाट भारतसँग जोडिएको छ जसमा नवलपरासीको दाउन्नेपूर्वका गोर्र्खा, तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङको पूर्वी क्षेत्र छन्।
प्रदेश नं ५ मा नवलपरासीको दाउन्नेपश्चिम रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुम (रुकुमकोटपूर्व), बाँके र बर्दिया जिल्ला समेटिएका छन्। प्रदेश नं ६ मा डोल्पा, जुम्ला, मुग, हुम्ला, कालिकोट, रुकुमकोट पश्चिमको रुकुम, जाजरकोट, दैलेख, बाजुरा, बझाङ, अछाम, डोटी, सल्यान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला छन्।
भदौ ४ मा राजनीतिक दलले सहमति गरेको ७ प्रदेशको नक्सामा यसअघि प्रदेश नं २ मा राखिएको पर्सालाई टुक्र्याइएको छ। प्रदेश ३ अर्थात् केन्द्रीय प्रदेशलाई भारतसँग जोड्ने सहज नाकाका रुपमा पर्साको ठोरी गाविसलाई यो प्रदेशमा गाभिएको छ। मध्यपश्चिम र सुदूरपश्चिम मिलाएर बनाइएको ६ नं प्रदेशलाई टुक्र्याइएको छ। नयाँ सीमांकन गरिएको ७ नम्बर प्रदेशमा ६ नम्बरबाट झिकेर कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जिल्लालाई राखिएको छ।
आयोगहरू घोषणामा मात्र
अन्तरिम संविधानको धारा १३८ (२) मा 'राज्यको पुनःसंरचना गर्नका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गरिने' उल्लेख छ। सरकारले औपचारिक रुपमा दुइटा आयोग गठन गर्योु। एउटा घोषणामा मात्र सीमित रह्यो, त्यसले आकार लिन पाएन। समाजशास्त्रका प्राध्यापक डा. गणेशमान गुरुङ अध्यक्ष रहेको आयोग २०६६ वैशाख २३ मा गठन भयो र आयोगमा माओवादीले सीता थेवेलाई सदस्य तोक्यो। एमालेसँग नजिकको सम्बन्ध राख्ने गुरुङको अध्यक्षताको आयोगमा प्रतिपक्षी भूमिकामा रहेको नेपाली कांग्रेसले सदस्य तोकेन। एक वर्षसम्म पूर्णता नपाएपछि आयोग त्यत्तिकै बिलायो। अध्यक्ष गुरुङ भन्छन्, 'न औपचारिक रुपमा सदस्यहरूसमेतको आयोगले काम पायो न विघटन गर्नुपर्योि, त्यो त्यतिकै सेलायो।' राज्य पुनःसंरचना समितिका सभापति विष्ट भन्छन्, 'आयोग गठन गाढा अघिअघि, गोरु पछिपछिजस्तै भयो।' उनी सुरुमा आयोग गठन हुनुपर्ने र त्यसले दिएको सुझावका आधारमा समितिले काम गर्नुपर्ने अवस्था औँल्याउँछन्।
अर्को आयोग समितिले प्रतिवेदन दिएको दुई वर्षपछि २०६८ मंसिरमा गठन भयो। मदन परियार आयोगका सदस्यले विभाजित भएर प्रतिवेदन दिए। पछिल्लो आयोगका सुझाव पनि संविधानसभाले कार्यान्वयमा ल्याएन।
प्रदेशका संख्या
अघिल्लो संविधानसभा अन्त्यतिर २०६९ जेठ २ गते दलबीच भएको अनौपचारिक सहमतिमा नेपालका सबै प्रदेश बहुजातीय हुनेछन् भन्ने मान्यता बन्यो। समितिले बनाएको जातीय संघीयताको खाका र आयोगले त्यही खाकालाई अनुमोदन गरेको पृष्ठभूमिमा प्रमुख राजनीतिक दलले भने 'प्रदेशहरू ११ वटा रहने गरी तोकिने, हाल नामांकन प्रस्तावित गरिनेछैन' भन्ने सहमति गरे। दलीय सहमतिमा प्रदेशहरूको सीमांकन, नामांकन, प्रदेशहरू जोड्ने वा प्रदेशबाटै अर्को प्रदेश बन्ने वा प्रदेशको कुनै भाग अर्को प्रदेशमा जाने आदि विषय समाधान गर्न केन्द्रीय संघीय आयोग व्यवस्था गरिने सम्झौतामा उल्लेख गरियो। सम्झौता गरेको दुई सातामै पहिलो संविधानसभा विघटन भयो।
दोस्रो संविधानसभाको दोस्रो वर्ष २०७२ जेठ २५ मा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकले १६ बुँदे सहमतिमा आठ प्रदेश निर्माण गरिने भनियो। सम्झौतामा प्रदेशको सीमांकनसम्बन्धी सिफारिस गर्न सरकारले एक संघीय आयोग गठन गर्ने उल्लेख गरियो। त्यही सम्झौताअनुसार संविधानको प्रारम्भिक मस्यौदा जारी गरियो। संविधानको मस्यौदामाथि जनताबीच रायसुझाव संकलन गर्ने क्रममा जनताले संघीयताको सिमाना तोक्ने सुझाव दिएको भन्दै नेताहरूले साउन २३ मा ६ प्रदेशको खाका घोषणा गरे। त्यही खाकामा परिवर्तन गर्दै भदौ ४ मा अर्को नक्सा जारी भयो, ७ प्रदेशको।
नक्सा कोर्ने र बदल्ने खेल सकिएको छैन। देश संघीयतामा औपचारिक रुपमा पुनःसंरचना हुने बेलासम्म अझै कतिवटा नक्सा आउँछन्, बदलिन्छन्, अहिल्यै भन्न सकिँदैन। किनकि, यो राजनीतिकभन्दा बढी प्राविधिक मुद्दा हो, यसको निर्क्योलको कम्ती पेचिलो पक्कै छैन। यो नेपालका सन्दर्भमा नयाँ अभ्याससमेत भएकाले नक्सा बन्ने र बदलिने क्रम र संघीयताका बहसबाट दिक्दारी मान्ने अवस्था पनि स्वाभाविक हुँदैन।