काठमाडौं— ७ प्रदेश बनाउने विषयप्रति असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक चार दलीय मोर्चाबाट अलग हुने भएको छ। कांग्रेस, एमाले, एमाओवादी सँगै मिलेर संविधान निर्माणमा जुटेको विजयकुमार गच्छदार नेतृत्वको पार्टी ७ प्रदेश बनाउने शुक्रबार बिहानको प्रस्ताव पछि अाक्रोसित बनेको हो।
‘हाम्रा मागलाई वास्ता नगरी अघि बढ्ने प्रयास भयो। जबर्जस्ती निर्णय लाद्न खोजेपछि हामी बसिरहनुको औचित्य रहेन’, फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले नागरिकन्युजसँग भने, ‘साढे चार बजे पत्रकार सम्मेलन गरी हामी आन्दोलनमा जाने घोषणा गर्दैछौं।’
पार्टीले यसअघि उठाउँदै आएको झापा, मोरङ र सुनसरी तराई प्रदेशमा हुनुपर्छ भन्ने मागलाई बेवास्ता गरेको, महाकालीका कैलाली, कञ्चनपुरलाई पनि पहाडतिर जोडिएको, लुम्बिनीका थारुहरुलाई फेरि पहाडसँग जोड्ने गरी प्रस्ताव आएको भन्दै संविधान निर्माणका लागि मुख्य दलहरुसँग गर्दै अाएकाे सहकार्यबाट पछि हट्ने भएको हो।
भेरी, राप्ती, कर्णालीको एउटा प्रदेश बनाएर लुम्बिनीलाई पहाडमा जोड्ने गरी ७ प्रदेशमा सहमति हुनै लागेका बेला शुक्रबार बिहान मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शीर्ष नेताहरुको बैठक बहिस्कार गरेका थिए। ‘यो निर्णय थारुहरुलाई मान्य छैन’, भन्दै बैठकबाट बाहिरिएका गच्छदारले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न साढे ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन्।