पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउन 'लविङ'
०१ भदौ २०७२
•
६ मिनेट पाठ
पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउन 'लविङ'
काठमाडौं– प्रस्तावित ६ प्रदेशको सीमाङकन प्रति मुलुकका विभिन्न स्थानमा विरोध भइरहेको बेला शीर्ष नेता उक्त विवादलाई मिलाउन मंगलबार विहानैदेखि व्यस्त छन्।सोमबारसम्म सबै विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने भएपनि सीमाकंन र अन्य विवादित विषयमा सहमति नजुट्दा संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अर्न्तगतको विशेष समिति मंगलबार विहानैदेखि विवादित विषयमा सहमति जुटाउन व्यस्त भएको हो।

प्रमुख दलका शीर्ष नेताले प्रदेशको सीमाकंन र अन्य विवादित विषयमा सहमतिको प्रयास गरिरहेको बेला संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रभावशाली नेताहरु भने पश्चिमाञ्चललाई एउटै प्रदेश बनाउने विषयमा छलफल गर्दै थिए। प्रमुख दलका दोस्रो तहका प्रभावशाली नेताको अगुवाईमा भएको छलफलमा संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका सभासदको उपस्थिति थियो। उनीहरु सबैको उद्देश्य गण्डकी, धौलागिरी, लुम्बनी अंचललाई एउटै प्रदेश बनाउने हो। सो भेलाले पश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउन 'लविङ' गर्ने सहमति गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको छलफलको नेतृत्व नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेताहरु गोपालमान श्रेष्ठ तथा बालकृष्ण खाँड, एमालेका उपमहासचिव विष्णु पौडेल र सचिव गोकर्ण विष्ट तथा एमाओवादी सचिव टोपबहादुर रायमाझी र राप्रपाका दीपक बोहोराले गरेका थिए। पहिचान, सामर्थ्य र सुगमनाताका हिसावले पश्चिमाञ्चललाई एउटा प्रदेश बनाउँदा उचित हुने भन्दै एमाओवादी सचिव रायमाझीले त्यसको लागि आफ्नो समर्थन रहने बताए। अहिले प्रस्ताव गरेको प्रदेशप्रति पनि खाशै असन्तुष्टि नरहेको भन्दै गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर एउटै प्रदेश बनाउँदा पनि पहिचान, सामर्थ्य र सुगमताका हिसावले उचित हुने उनको भनाइ थियो। भेलामा पश्चिमाञ्चल विकासक्षेत्रलाई एउटै प्रदेश बनाउन पहल गर्ने सहमति गर्दै नवलपरासी, रुपन्देही र कपिलबस्तुका मधेसी बाहुल्य क्षेत्रलाई भने विशेष क्षेत्र बनाउन पहल गर्नु पर्ने उनिहरुको भनाई छ।

पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादी र राप्रपाका नेता तथा सभासदले सहमति जनाएका छन्। एमालेका विष्णु पौडेल र गोकर्ण विष्टले पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउनु उचित हुने धारणा राखे। राप्रपाका दीपक बोहोरा पनि पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउनुपर्ने पक्षमा देखिए । उनीहरु सबैको समान धारणा थियो, 'पहिचान, सामर्थ्य र सुगमताको हिसावले पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउनु उचित हुन्छ।' भोलामा उपस्थित अन्य दलका सभासदले पनि सो विषयमा सहमति जनाए। तर उनीहरु आफू अनुकुल प्रदेश बनाउने वहानामा संविधान जारी गर्न ढिला गर्न नहुने पक्षमा थिए।

कांग्रेस सभासदको विरोध

पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउने विषयमा कांग्रेसका दुई सभासदले भने विरोध गरेका छन्। उनीहरुले केन्द्रमा बसेर गरेको निर्णय जिल्लाका जनताले फूलमालाले स्वागत गर्ने भ्रम नपाल्नसमेत चेनावनी दिए। कांग्रेस सभासद बालकृष्ण खाँडले पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउने विषयमा आफ्नो सहमति भएपनि जिल्लाको बस्तुस्थिति ध्यानमा राख्न सुझाव दिए। 'भोली बुटवलमा एउटा कार्यक्रम राखिएको छ,' उनले भने,'सो कार्यक्रममा कसरी जाने भन्ने चिन्ता भइरहेको छ। तपाइहरुले केन्द्रमा गर्ने निर्णको जिल्लामा फुलमालाले स्वागत गर्छन भन्ने नठान्नु होला।'

कांग्रेसकै सभासद एव रुपन्देही जिल्ला सभापति अब्दुल रजाकले पश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश बनाउने सहमतिमा आफूले हस्ताक्षर गर्न नसक्ने बताए। नवलपरासी, रुपन्देही र कपिलबस्तुका धेरै भू–भागमा मधेसीको बाहुल्यता रहेको भन्दै पश्चिमाञ्चललाई एउटै प्रदेश बनाउने सहमतिमा आफूले हस्ताक्षर गर्न नसक्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस