स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपा क्रान्तिकारी माओवादी (बैद्य)ले चुनाव रोक्न आफ्नो कार्यकर्ताले जस्तोसुकै आन्दोलन गर्ने जनाएको छ। पार्टीको घोषणा अनुरुप कार्यकताले भौतिक आक्रमणदेखि जस्तोसुकै रुपमा निर्वाचन रोक्ने कार्यक्रम तय गरेमा स्वागतयोग्य हुने पार्टीका कर्णाली प्रदेश सेक्रेटरी दिपक शाहीले बताएका हुन्।
यो व्यवस्था परिवर्तनका लागि, वैदेशिक हस्तक्षेप, एमसिसि, राष्ट्रियता तथा जनजिविकाको सवाल कमजोर भईरहेको हुँदा जनबादी व्यवस्था स्थापनाका लागि देशभर स्थानीय चुनावको बहिष्कारको कार्यक्रम तय गरिएको सेक्रेटरी शाहीले बताए।
‘वैशाख ३० गते हुने चुनाव बहिष्कारका लागि जनताहरुको घरघरमा पुगेका छौं।’ सेक्रेटरी शाहीले नागरिकसंग भने, 'आफ्ना कार्यकर्ता र नागरिकहरुले चुनाव बहिष्कारका क्रममा गर्ने जस्तोसुकै कार्यक्रम पनि पार्टीले स्वागत गर्नेछ।’ मतदातालाई चुनाव बहिष्कारका लागि अपिल गरिएको उनले बताए।
‘सबैलाई चुनाव बहिष्कारको लागि अपिल गरिएको छ।’ सेक्रेटरी शाहीले भने, यदि चुनाव बहिष्कार नगरे जनताबाटै विरोध हुनेछ।’ पार्टीका कार्यक्रमअनुसार धेरै स्थानमा बहिष्कारका कार्यक्रम तय भएको उनले जनाए।
सुरक्षा निकायले सम्भावित घटना नहोस् भनेर सुरक्षा व्यवस्थालाई तिन तहबाट मजबुद गरेको छ। मतदान स्थलको भित्रिभागमा नेपाल प्रहरीबीचको घेरामा शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिएको छ। कुनै पनि मतदान स्थलमा घटनामा भएमा २५ मिनेटदेखि १ घण्टासम्म थप टोली पुग्ने गरि सुरक्षा व्यवस्थापन मिलाईएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।