सुझाव समेटिनेमा आशंका
२८ साउन २०७२
•
३ मिनेट पाठ
सुझाव समेटिनेमा आशंका
काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकले दिएका राय सुझाव संविधान निर्माणका क्रममा समावेश हुने कुरामा अधिकांश नागरिक विश्वस्त छैनन्। नागरिक रिसर्च ब्युरो (एनआरबी) ले मुलुकका १८ जिल्लाका ६ सय नागरिकसँग गरेको सर्वेक्षणमा आधाभन्दा बढीले राय सुझाव संविधानमा समावेश नहुने धारणा राखे।प्रमुख चार राजनीतिक दलहरूको सहमतिमा तयार भएको प्रारम्भिक मस्यौदा जनताबीच छलफलमा रहेकै बेला गरिएको सर्वेक्षणमा ५२ प्रतिशतले आफ्ना सुझाव संविधानमा समावेश नहुने बताएका थिए।

राय सुझाव समावेश हुनेमा विश्वस्त हुनेहरू २७ प्रतिशत र थाहा छैन भन्नेहरू १७ प्रतिशत छन्। भन्न चाहन्नँ भन्ने ४ प्रतिशत थिए।

नागरिकलाई 'तपाईंका राय, सुझाव संविधानमा समावेश हुनेमा विश्वस्त हुनुहुन्छ?' भन्ने प्रश्न सोधिएको थियो। र, विश्वस्त छु, विश्वस्त छैन, थाहा छैन र भन्न चाहन्नँ भन्ने चार विकल्पमध्ये एउटा रोज्न भनिएको थियो।

संविधानसभाले प्रारम्भिक मस्यौदामाथि नागरिकका राय सुझाव संकलन गर्न साउन पहिलो साता मुलुकभर कार्यक्रम राखेको थियो। प्रत्येक निर्वाचन क्षेत्रबाट संकलन भएका राय सुझाव संविधानसभामा आइसकेका छन् र विभिन्न चरणका छलफलपछि संविधानसभा संविधानको अन्तिम मस्यौदा तयारीमा जुटेको छ।

सर्वेक्षण काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपरु, चितवन, पाल्पा, गुल्मी, अर्घाखाची, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची र बाँकेमा गरिएको थियो। सर्वेक्षणमा नागरिक दैनिक तथा रिपब्लिका दैनिकमा आवद्ध सञ्चारकर्मी संलग्न छन्।

संविधानको मस्यौदाबारे नागरिकका बुझाइलगायत प्रमुख राजनीतिक दलहरूप्रति नागरिकको धारणासहितको विस्तृत सर्वेक्षण रिपोर्ट साउन ३२ गते सोमबार नागरिक दैनिक र रिपब्लिका दैनिकमा प्रकाशन हुनेछ ।

राय—सुझाव संविधानमा समावेश हुनेमा विश्वस्त हुनुहुन्छ?

विश्वस्त छु — २७ प्रतिशत

विश्वस्त छैन —५२ प्रतिशत

थाहा छैन — १७ प्रतिशत

भन्न चाहन्नँ — ४ प्रतिशत
अर्को समाचार
सुझाव समेटिनेमा आशंका
०१ साउन २०७२
•
११ मिनेट पाठ
सुझाव समेटिनेमा आशंका
चितवन- संविधानको मस्यौदामाथि जनसाधारणको सुझाव लिइन्छ भन्ने सुनेपछि युवा व्यवसायी अमर घिमिरेले फेसबुकमा लेखे, 'हैन कहाँ हुन्छ कार्यक्रम? म सय जना मान्छे लिएर आउनेछु।'भरतपुरको क्षेत्रपुरमा बस्ने घिमिरेको घरभन्दा लगभग पाँच सय मिटर पर रहेको नारायणी कलामन्दिरमा चितवन क्षेत्र नम्बर–३ का सभासदसहितको टोलीले मस्यौदामाथि सुझाव संकलन गर्ने कार्यक्रम तय भएको छ। मस्यौदामा धारणा राख्न निकै उत्सुक घिमिरेले घर नजिकै कार्यक्रम तय हुँदा पनि त्यसको जानकारी अझै पाएका छैनन्। पाँच निर्वाचन क्षेत्र रहेको चितवनमा १० ठाउँमा मस्यौदामाथि सुझाव संकलन गर्ने कार्यक्रम छ। पाँचै क्षेत्रमा साउन ४ र ५ गते कार्यक्रम हुँदैछ। प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर १३ जना सभासद जिल्ला आउनेछन्।

संविधानको प्रारम्भिक मस्यौदा पारित भएसँगै सुझाव संकलनको लागि जनसमुदायमा लैजाने खबरले चितवनका धेरैलाई सुझाव राख्न उत्साहित बनाएको छ। तर, सुझाव संकलन गर्न आउने टोलीलाई आफूहरूले टिपाएको बुँदा संविधानमा समेटिएला भन्नेमा उनीहरू आशावादी देखिँदैनन्। भन्छन्, 'कार्यक्रमको मेसो हेर्दा यो काम पनि कर्मकाण्डीमात्रै होलाझैं लाग्न थालेको छ।'

एक ठाउँमा हुने कार्यक्रममा कम्तीमा पनि डेढ सय जना सहभागी हुने आशा छ। कार्यक्रमबारे भने असार मसान्तसम्म पनि सर्वसाधारणलाई खासै जानकारी छैन। 'कार्यक्रमका बारेमा साउन १ गतेबाट सार्वजनिक सूचना प्रसारण हुनेछ। नगरपालिका, वडा र गाविसका सचिवहरूलाई भेला गराएर प्रचार गर्न लगाइसकेका छौंं,' चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंहले भने।

खोइ मस्यौदा?

जिल्लाको विकट गाविस लोथरको स्यामराङ गाउँको दुङवाङ राष्ट्रिय प्राविका प्रधानाध्यापक अतिबल चेपाङ प्रधानाध्यापकहरूको बैठकका लागि बुधबार भण्डारा झरे। क्षेत्र नम्बर–१ मा पर्ने भण्डारामा साउन ४ मा मस्यौदामाथिको सुझाव संकलन कार्यक्रम छ। तर उनलाई यसबारे भने कुनै जानकारी छैन। बरु उनी मस्यौदाको खोजीमा छन्।

'मस्यौदा हेरौं भन्ने चाहना हो तर खोइ कता पाइन्छ थाहा छैन,' चेपाङले भने। मस्यौदामा सुझाव राख्न आउनेहरूले मस्यौदा पनि पढेको हुनुपर्छ। त्यसैले मस्यौदा पनि गाउँगाउँ पुग्नु जरुरी छ छ। सुझाव संकलनका लागि संसद सचिवालयले चितवनमा खटाएको उप–सचिव मुरारी महतका अनुसार चितवनमा १५ सय थान मस्यौदा वितरण भएको छ।

गाविसलाई ५०, नगरपालिकालाई सय र उप–महानगरपालिकालाई दुई सय थानका दरले मस्यौदा वितरण गरेको महतले जानकारी दिए। गाविस सचिव, नगरपालिका र उप–महानगरपालिकाका कार्यकारी अधिकृतहरूले मस्यौदा बुझिसकेका छन्। तर, बुझेका मस्यौदा निकै कम छन् भने ती गाउँगाउँमा पुग्न भ्याएका छैनन्।

'कामले गर्दा सदरमुकामममै छु। साउन २ र ३ गते गाउँगाउँमा बाँड्छु,' लोथर गाविसका सचिव कुलप्रसाद आचार्यले भने। लोथरका बासिन्दा सुझाव दिनका लागि साउन ४ गते भण्डारामा आउनुपर्ने हुन्छ। भण्डारा आउन कम्तीमा छ घन्टा हिँड्नुपर्छ। लोथरका सूर्य चेपाङ भन्छन्, 'कहिले पढ्नु अनि को आएर सुझाव दिनु?'

सुझावचाहिँ दिन्छौं

लोथरका प्रधानाध्यापक अतिबल चेपाङलाई अब बन्ने संविधानमा जनजातिको हक अधिकार सुनिश्चित होस् भन्ने लागेको छ। भएका सेवासुविधा नखोसियोस्, प्रदेश बनाउँदा अधिकार र जातीय उत्थानलाई ख्याल गरियोस्, सुविधा मिलोस् भन्ने पनि उनको चाहना छ। 'सकेसम्म भण्डारामा जान्छु, मस्यौदामा के छ हेर्छु,' उनी भन्छन्, 'नभए, यी कुरा थप्नुपर्छ भन्नका लागि नम्बर खोजेर सभासदलाई फोन गर्छु।'

नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्षमण चेपाङ आफ्नो जातिको बाहुल्य रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा हुनुपर्छ भन्ने विषय संविधानमा समेट्न आवश्यक ठानेका छन्। 'चेपाङजस्तो सीमान्तकृत जातिको संरक्षणका लागि उनीहरू बस्ने इलाकालाई संरक्षित क्षेत्र घोषणा गरेर सरकारले विषेश कार्यक्रम ल्याउनुपर्छ,' उनले भने।

चितवन क्षेत्र नम्बर–३ मा पर्ने चण्डिभञ्ज्याङ घर भएका चेपाङ मुग्लिनमा हुने कार्यक्रममा भाग लिएर सुझाव दर्ता गराउने तयारीमा छन्। ५ नम्बर क्षेत्रमा पर्ने माडीको गर्दी राष्ट्रिय प्राविका शिक्षक कृष्ण चौधरीलाई देश धर्मनिरपेक्ष हुने भन्ने कुरा उल्लेख गरेपछि राष्ट्रिय जनावर गाई लेखेको चित्त बुझेको छैन। माडी बघौडामा साउन ५ गते हुने कार्यक्रममा गएर उनी यसमा सुझाव थप्दैछन्।

'मस्यौदामा राष्ट्रिय जनावर गाई लेखिएको रहेछ, अब गाई होइन गैंडा बनाउनुपर्छ,' शिक्षक चौधरीले भने, 'माडी बघौडामा कार्यक्रम हुँदैछ भन्ने सुनेको छु, त्यहाँ गएर म गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्छ भन्ने सुझाव राख्नेछु।' भण्डाराका सूर्यबहादुर चेपाङको हातमा पनि मस्यौदा परेको छ। महिला अधिकार कम भयो भन्ने उनलाई लागेको छ। त्यसैका बारेमा उनले सुझाव राख्दैछन्।

मस्यौदा हेरेपछि सामाजिक कार्यकर्ता मीना खरेललाई पनि महिलाका विषयमा धेरै कुरा छुटेझैं लागेको छ। त्यसैले उनी नारायणगढमा हुने कार्यक्रममा गएर उनले सुझाव टिपाउँदैछिन्। प्रत्येक कार्यक्रममा एक अधिकृत खट्नेछन्। उनले थप सहयोगी पनि राख्नेछन्। आएका सुझाव संसद सचिवालयबाट आउने मुरारी महतको टोलीले समेटेर काठमाडौं लैजानेछ।

कर्मकाण्डी बन्ने खतरा

सिद्धि गाविस घर भएका महेन्द्र चेपाङ 'नरजंग' नेपाली कांग्रेसका जिल्ला सदस्य पनि हुन्। टोली प्रत्येक गाविसमा पुग्न पाएको भए धेरैको सुझाव समेटिने थियो भन्ने उनलाई लागेको छ। तर एक क्षेत्रमा जम्मा दुई ठाउँ कार्यक्रम गर्दा सुझाव लिने काम प्रभावकारी नहुने उनले देखेका छन्। त्यसमाथि कार्यक्रमका बारेमा धेरैलाई केेही मेसो नै छैन।

'मलाई पनि सभासदको फोन आएको छ। साउन १ गते आएर भेटौंला भन्नुभएको छ,' उनी भन्छन्, 'धेरै कुरा त थाहा छैन।'

जिल्लामा फरक–फरक पेसा र समुदायका फरक समस्या र चाहना हुने भएकाले हरेकका सुझावलाई दुई दिनले नभ्याउने बताउँछिन्, समाजसेवी मीना खरेल।

'एक–दुई ठाउँमा कार्यक्रम राखेर के कति सुझाव आउँला र? राख्नुपर्ने सुझाव के कस्ता हुन् भन्नेबारे पनि धेरैलाई थाहा छैन,' खरेल भन्छिन्, 'कार्यक्रमका लागि कार्यक्रम गरेजस्तो मात्रै देखिन्छ, आएका सुझाव संविधानमा पर्ने हो/होइन त्यसमा शंका छ।'

सभासद कहाँकहाँ?

क्षेत्र नम्बर–१ का सभासद सुरेन्द्र पाण्डे र सन्तु दराई साउन ४ गते भण्डारा र साउन ५ गते खैरहनीमा सहभागी हुनेछन्। क्षेत्र नम्बर–२ का सभासद काशीनाथ अधिकारी, शेषनाथ अधिकारी र सावित्री चौधरी साउन ४ गते नेपाल मावि रत्ननगर र साउन ५ गते शक्तिखोर हुने सुझाव संकलन कार्यक्रममा सहभागी हुनेछन्। यस्तै, ३ नम्बर क्षेत्रका सभासद कृष्णभक्त पोखरेल र गीता वाग्ले साउन ४ गते नारायणी कलामन्दिर नारायणगढमा रहनेछन् भने भोलिपल्ट जनताको राय बुझ्न मुग्लिन बजार पुग्नेछन्। साउन ४ गते रामपुर क्याम्पस र ५ गते अरुणेदय कलेज गीतानगरमा आयोजना हुने कार्यक्रममा क्षेत्र नम्बर–४ सभासद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ, विष्णुमाया परियार र शिवकुमारी गोतामेको उपस्थिति रहनेछ। क्षेत्र नम्बर–५ सभासद विक्रम पाण्डे र उमेश श्रेष्ठ ४ गते माडी बघौडा र ५ गते नारायणी नगरपालिका कार्यलय देवीस्थानमा हुने मस्यौदामाथिको सुझाव संकलनमा सामेल हुने कार्यक्रम छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस