संविधानसभा बैठक फेरि सर्‍यो
२३ साउन २०७२
•
५ मिनेट पाठ
संविधानसभा बैठक फेरि सर्‍यो
काठमाडौं- आज ३ बजेलाई बोलाइएको संविधानसभाको बैठक फेरि स्थगित गरिएको छ। बैठक अाजै आजै साँझ ६ बजे बस्ने संसद सचिवालयले जनाएको छ।शुक्रबार ५ बजे बोलाइएको संवधािनसभा बैठक नबसिकनै शनिबारका लागि सारिएको थियो। बैठक विशेष कारणले आज पनि नहुने भन्दै सचिवालयले भोलिसम्मका लागि स्थगित गरिएको जनाएको छ।

सहमति अझै भएन

दलहरुको आ-आफ्नै अडाका कारण सीमांकनको विषयमा सहमति हुन सकेको छैन। शुक्रबार दिनभरको छलफलमा झापा, मोरङ, सुनसरीसहित पहाडका जिल्लामा सप्तरीलाई पनि मिसाउने प्रस्ताव फोरम लोकतान्त्रिकले ल्याएको थियो तर यसलाई एमाओवादीले ठाडै अस्वीकार गरिदियो।

त्यसपछि एमालेले उक्त प्रदेशमा सिरहा पनि ल्याउनुपर्ने प्रस्ताव गरेको स्रोतले जानकारी दियो। यसलाई पनि एमाओवादीले मानेन।

अर्को विकल्पमा झापालाई पहाडी जिल्लासँग मिलाएर मधेसका अन्य जिल्ला समावेश गरी पर्सासम्मको एउटा प्रदेश बनाउने प्रस्ताव आएको थियो तर एमालेले चित्त बुझाएन।

झापा र मोरङबाहेक सुनसरीदेखि पर्सासम्मको प्रदेश बनाउने विषयमा छलफल भए पनि सहमति हुन सकेन। यसमा सहमति कायम नभएपछि सिरहादेखि पर्सासम्मको प्रदेशमा मकवानपुर र सिन्धुली समावेश गर्ने अर्को प्रस्ताव आएको थियो।

मेची, कोसी र सगरमाथा अञ्चल कायम गरेर एउटा प्रदेश बनाउने, बागमतीमा नारायणीका केही जिल्ला समावेश गरेर अर्को प्रदेश बनाउने, नारायणी अञ्चलका बाँकी जिल्लाको एउटा प्रदेश बनाउने, गण्डकी, लुम्बिनी र राप्तीका केही जिल्ला मिलाएर अर्को छुट्टै प्रदेश बनाउने, राप्तीको बाँकी भाग र भेरी अञ्चललाई समावेश गरेर एउटा तथा महाकाली र कर्णाली मिलाएर अर्को प्रदेश बनाउने प्रस्ताव आएको बैठक स्रोतले जानकारी दियो।

एमाओवादीले कैलालीलाई पश्चिम क्षेत्रमा समावेश गरेर जाने हो भने 'नोट अफ डिसेन्ट' लेखेर प्रक्रियामा सहभागी हुने प्रस्ताव गरेको थियो तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सप्तरी पनि पूर्वको प्रदेशमा समावेश गर्नुपर्ने अडान राखेका थिए। बैठक स्रोतका अनुसार उनले पनि विवाद मिल्ने अवस्थामा नोट अफ डिसेन्ट लेख्न तयार रहेको बताएपछि लुम्बिनीको विवाद आएको थियो।

लुम्बिनी अखण्ड रहनुपर्ने प्रस्ताव एमालेका तर्फबाट जबर्जस्त उठेको स्रोतले बतायो। पछिल्लो समय लुम्बिनीका पाल्पा, गुल्मी र अर्घाखाँची मधेसका जिल्लासँग जोडेर राख्न नमिल्ने भएकाले माथि र बाँकी जिल्ला मधेसमा बन्ने प्रदेशमा नटुक््रयाइ राख्नुपर्ने प्रस्ताव पनि बैठकमा आएको थियो। तर, यसमा एमाले र कांग्रेसका रामचन्द्र पौडेलको असहमति थियो। पौडलले नवलपरासीका केही भू–भाग गोरखा–प्युठानको प्रदेशमा हुनुपर्ने अडान राखेका थिए।

अखण्ड सुदूरपश्चिम कायम हुने प्रदेशमा दाङसम्मका जिल्ला समावेश गरेर प्रदेश बनाउँदा रोल्पा र रुकुमलाई कता लैजाने भन्ने अर्को समस्या देखिएको थियो। त्यस विकल्पमा छलफल हुँदा रोल्पालाई गोरखा–प्युठानको प्रदेशमा समावेश गर्ने रुकुमको रुकुमकोटबाट पूर्वतर्फका गाविस पूर्व र पश्चिमतर्फका गाविस पश्चिमतर्फको प्रदेशमा मिलाउने प्रस्ताव आएको थियो। तर, त्यसमा एमाओवादीले असहमति जनायो।
अर्को समाचार
मस्याैदा छपाई ढिला हुँदा संविधानसभा बैठक सर्यो
१४ असार २०७२
•
२ मिनेट पाठ
मस्याैदा छपाई ढिला हुँदा संविधानसभा बैठक सर्यो
काठमाडौं–सोमबार दिनको तीन बजे बोलाइएको संविधानसभा बैठक साँझ सात बजेलाई सारिएको छ। संविधानसभा सचिवालयका अनुसार मस्यौदा समितिले संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझाउन बिलम्ब गरेका कारण बैठकको समय सारिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।मस्यौदा समिति स्रोतका अनुसार समितिले तयार पारेको मस्यौदाको छपाईको काम पुरा नभएकाले प्रतिवेदन बुझाउन ढिला भएको हो। मस्यौदा समितिले पारित गरेको प्रारम्भिक मस्यौदाको छपाईको काम भइरहेको सचिवालयले जनाएको छ।

यसअघि संविधानसभाको एकीकृत प्रारम्भिक मस्यौदालाई संविधानसभामा कसरी प्रस्तुत गर्न भन्ने विषयमा सहमति जुटाउन कार्यव्यवस्था समितिको बैठक बसेको थियो। बैठकमा मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदाका विषयमा छलफल भएको थियो।

कार्यव्यवस्था समितिको बैठकले तीन बजेका लागि तय गरिएको संविधानसभाको बैठक साँझ सात बजे सारिएको हो। आइतबार मस्यौदा समितिले पारित गरेको मस्यौदा आजै संविधानसभा अध्यक्षलाई बुझाउने कार्यक्रम रहेको छ। मस्यौदा समितिले संविधानसामा बुझाएको प्रतिवेदनलाई जनताको राय सुझावको लागि एकसाताको लागि जनताबीच पठाउने सचिवालयले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस