काठमाडौं- चार दलका शीर्ष नेताहरुले साउन मसान्तभित्रै सीमांकनसहितको संविधान जारी हुने बताएका छन्। सिंहदवारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले १६ बुँदे सहमतिको आधारमा सीमांकनसहितको संविधान जारी हुने बताए।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म आजै सहमति गर्ने बताए। 'सकेसम्म आजै सहमति हुन्छ। भ्याइएन भने भोलि बेलुकासम्म सहमति हुन्छ,' उनले भने, 'जनताको भावना समेट्नेगरी १६ बुँदे सहमतिकै आधारमा साउन मसान्तभित्रै संविधान जारी हुन्छ।'
राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफूहरु अहोरात्र खटिएर सहमति प्रायस गरिरहेको बताए। उनले धेरै सुझावमा छलफल गर्दा केही तलमाथि भएको स्वीकारे। 'सहमति गर्न हामी अहोरात्र खटिरहेकै छौं। म्याद गुजारेको आरोप लगाएरमात्र हुँदैन,' आक्रोशित हुँदै भट्टराईले भने, 'डेढ लाख सुझावलाई छानेर सहमति प्रयास गरिँदैछ। समय तलमाथि हुनु सामान्य कुरा हो।'
त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले १६ बुँदे र जनताको भावनाअनुसारै संविधान जारी हुने बताए। '१६ बुँदेलाई आधार मानेर जनताको चाहनालाई ध्यानमा राखेर साउन मसान्तभित्रै संविधान जारी हुन्छ,' उनले भने।
छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभावति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगयतका नेताहरुको उपस्थिति थियो। बैठक पुनः १ बजे बस्नेछ।