स्वास्थ्यलाई प्राथमिकतामा राखेर इटहरीमा गठबन्धनको संकल्प पत्र सार्वजनिक
१८ वैशाख २०७९
•
४ मिनेट पाठ
स्वास्थ्यलाई प्राथमिकतामा राखेर इटहरीमा गठबन्धनको संकल्प पत्र सार्वजनिक
इटहरीमा सरकारी अस्पतालमा विशेषज्ञ सेवा लिनेबाहेक अन्य सामान्य बिरामी मात्र आउने गर्छन्। विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन्। सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिन प्रतिदिन बढ्दै छ।




यहाँ भएका केही निजी स्वास्थ्य संस्थाबाट पनि प्रभावकारी सेवा सुविधा छैन। आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनाक लागि नेपाली काँग्रेसको अगुवाईमाम रहेको तीन दलीय गठबन्धनले इटहरी अस्पताल र अन्य आधारभूत स्वास्थ्य केन्द्रबाट औषधि र उपचार सेवा निःशुल्क तथा गुणस्तरीय बनाइने संकल्पलाई प्राथमिकता राखेको छ।  

आइतबार सार्वजनिक गरिएको संकल्पत्रमा इटहरी अस्पतालमा भेण्टिलेटरसहितको आइसियु सेवा, डाइलोसिस सेवा र ट्रमा सेन्टर सञ्चालनमा ल्याइने र बर्थिङ् सेन्टरको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने उल्लेख छ। साथै, नगरमा सञ्चालित आयुर्वेदिक केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइने र भौतिक पूर्वाधार युक्त अत्याधुनिक योग साधना केन्द्र तथा फिजीयो थेरापी केन्द्र स्थापना गरी सञ्चालन गरिने संकल्प पत्रमा उल्लेख छ।  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस एकल चुनावमा प्रतिस्पर्धा गर्दा भने २५० शैय्याको अस्पताल र एक मेडिकल कलेज स्थापना गर्ने समेटेको थियो। साथै, इटहरी वडा नं. ९ मा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शैय्याको ट्रमा सेन्टरको रुपमा विकास गरिने र प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने उल्लेख गरेको थियो। २०७४ सालको निर्वाचनमा एमालेबाट मेयर र उपमेयर विजयी भएकोमा तीन दलीय गठबन्धनले यस पटक भने पूरा गर्न सक्ने कुरालाई मात्र संकल्प पत्रमा समेटिएको तयारी समितिका संयोजक मनु मञ्जिलले बताए।  

२०२२ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५४ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण गरिएसँगै सेवा सुविधामा सुधार हुन सकेको छैन। इटहरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्।  

इटहरीबासीले यहाँ भेन्टिलेटर, आइसियु, एनआइसियुजस्ता सेवा दिने स्तरीय अस्पतालको अपेक्षा गरेका छन्। विशेषज्ञ सेवा र गुणस्तरीय सेवाको आशामा छन् इटहरीबासी।  

शहरीकरणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, खानेपानी, ढल, बिजुली, सञ्चारलगायतका न्यूनतम पूर्वाधारको आवश्यक पर्छ। जसमा शिक्षा क्षेत्रको हालको बजेटलाई दोब्बर वृद्धि गरी इटहरीको शैक्षिक विकासमा महत्वपूर्ण कामको थालनी गर्ने, पहिलो वर्ष इटहरीका ५ वटा माध्यमिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर वृद्धि गरिने र दोस्रो वर्षदेखि ५ वटा स्कुललाई स्रोत स्कुलको रुपमा लिएर हरेक स्रोत स्कुल माताहात ५/५ वटा स्कुलको शैक्षिक र भौतिक गुणस्तर वृद्धि गर्दै लगिने उल्लेख छ। साथै सामुदायिक विद्यालयमा अडियो–भिडियो प्रोजेक्टरका साथ पढाइ हुने व्व्यवस्था गर्ने र कम्प्युटर ल्याब, साइन्स ल्याब तथा आवश्यकता अनुसारको पुस्तकालयको ब्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ।  

संकल्प पत्रमा हरेक विद्यालयमा उद्यमशिलता र प्रयोगात्मक कक्षा अनिवार्य गरिने उल्लेख छ। यस्तै, विद्यालयमा खेलकुद, संङ्गीत, योग, ध्यान, नैतिक शिक्षा जस्ता रचनात्मक सिकाइको सुरुवात गरिने पनि संकल्प पत्रमा उल्लेख छ। यहाँ जनता बहुमुखी  क्याम्पसमा छात्राबास समेत बनाउने  र प्रविधिक बिषय अध्यापन गराउन पहल गरिने उल्लेख छ भने इटहरी वडा नं. २ मा रहेको कृषि अनुसन्धान केन्द्रमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि पहल गरिने उल्लेख छ।  

इटहरीका सामुदायिक कलेजबाट स्नातकोत्तर पास गरेका दलित, सिमान्तकृत र महिला विद्यार्थीको लागि प्रोत्साहन स्वरुप १० हजार उपलब्ध गराइने पनि संकल्प पत्रमा उल्लेख छ। संकल्प पत्रमा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान लेख प्रकाशित गर्ने इटहरीबासीका लागि प्रोत्साहन स्वरुप २० हजार प्रदान गरिने उल्लेख छ। यस्तै, सोही प्रकृतिको अनुसन्धान लेख राष्ट्रिय स्तरको जर्नलमा प्रकाशित गर्नेलाई  १० हजार नगद प्रदान गरिने भएको छ।  

संकल्प पत्रमा रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। इटहरीमा सबै ठाउँमा खानेपानी आपूर्तिको व्यवस्था गरिने, एक हजार स्क्वायर फिटसम्मको आवासीय क्षेत्रको घर नक्सा पास निःशुल्क पास गर्ने व्यवस्था मिलाउने, इटहरीको मुख्य बजार क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गर्ने विषय संकल्प पत्रमा उल्लेख छन्।  

संकल्प पत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसनको प्रबन्ध गरिनेछ। यस्तै, औद्योगिक विकास, सामाजिक विकास, महिला तथा बालबालिकाका लागि विशेष कार्यक्रम, कला साहित्य, खेलकुद, पर्यटनको विकासका निम्ति विशेष कार्यक्रम ल्याइनेछ। संकल्प पत्रमा राजस्व अभिवृद्धि र कर नीति अन्तर्गत करको दरमा पुनरावलोकन गरिने र दायरा बढाइने समेत उल्लेख छ।

संकल्प पत्रमा सहकारी क्षेत्र, सुकुम्बासी तथा भूमिहीन, विपद व्यवस्थापन, सूचना तथा सञ्चार, शान्ति सुरक्षा र आय श्रोतमा वृद्धि दिलाउन मुख्य भूमिका निर्वाह गरिने संकल्प पत्रमा लेखिएको छ। इटहरीमा गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन्। मेयर पौडेल र उपमेयर विष्टले पाँच वर्षभित्रमा पूरा गर्न सक्ने कामलाई मात्र संकल्प पत्रमा उल्लेख गरिएको बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस