प्रत्यक्ष कार्यकारीको पक्षमा एमाले
०९ साउन २०७२
•
३ मिनेट पाठ
प्रत्यक्ष कार्यकारीको पक्षमा एमाले
काठमाडौं–सत्तारुढ दल नेकपा एमालेभित्र जनताको सुझाव अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने आवाज उठेको छ । शनिबार बसेको पोलिट्व्यूरोको बैठकमा सदस्यहरुले जनताबाट आएका सुझाव अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा अडान राख्न नेतृत्वलाई सुझाव दिएका छन् ।बैठकमा सदस्यहरुले पार्टीले पहिला पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अडान राखेको र त्यसैलाई पुष्टि हुने गरी जनताको सुझाव आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा लविङ गर्न सुझाव आएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।




'आज बोल्ने अधिकांश पोलिट्व्यूरो सदस्यले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा सुझाव दिनु भएको छ,' विष्टले नागरिकन्युजसँग भने,'एमालेले पहिला पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा अडान राखेका थियो ।

अब पनि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने सुझाव आएको छ ।' बैठकमा बोल्ने सदस्यले प्रत्यक्ष निर्वाचित वडाध्यक्ष हुनुपर्ने, जिल्लास्तरको संरचना राख्न नहुने, एकै व्यक्ति दुई पटकभन्दा बढी कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्ने सुझाव दिएका छन् । 'एकै व्यक्ति दुईपटक भन्दा बढी कार्यकारी प्रमुख बन्न नपाईने व्यवस्था गर्न जोडदार सुझाव आएको छ,' विष्टले भने,'दुई पटकभन्दा बढी कार्यकारी प्रमुख बन्न पाइने व्यवस्था भए विकृति हुन्छ भन्ने धेरै सुझाव आएका छन् ।'

सचिव विष्टका अनुसार जनताबाट धार्मिक निरपेक्षता शब्द्ध हटाउन सुझाव आएपनि सबै जातजातिका मानिसले अपनत्व महशुस गर्ने धर्मको आवश्यकता भएका कारण अन्तरिम संविधानभन्दा पछाडि हट्न नहुने बैठकमा सदस्यहरुले सुझाव दिएका थिए ।

बैठकमा बोल्ने सदस्यहरुले पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने सुझाव अधिकांश सदस्यले दिएका थिए । नयाँ संविधानमा दलितको अधिकार कटौति गरेको भन्दै अन्तरिम संविधानमा भएजस्तै अधिकार नयाँ संविधानमा हुनुपर्ने सदस्यहरुले सुझाव दिएका छन् ।

पोलिट्व्यूरो सदस्यले दिएका सुझाव आइतबार बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल हुने विष्टले बताए ।
अर्को समाचार
प्रत्यक्ष कार्यकारीको पक्षमा राप्रपा नेपाल
०७ साउन २०७२
•
४ मिनेट पाठ
प्रत्यक्ष कार्यकारीको पक्षमा राप्रपा नेपाल
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको अध्याधिक मत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देखिएकोले यसका पक्षधर एमाले र एमाओवादी अडिग भएर उभिए आफ्नो पार्टीले साथ दिने बताए।




थिापाले एमाले र एमाओवादी अडिग भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानसभामा दुई तिहाई बहुमत पुग्ने दावी गर्दै नेपाली काग्रेसलाई लचिलो भएर प्रस्तुत हुन आग्रह गरे । बिहीबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले एमाले र एमाओवादी तयार भए आफ्नो दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बताए । थापाले जनताको ठूलो मत हिन्दु राष्ट्रको पक्षमा देखिएकोले सबै धर्मलाई बराबरी अवसर दिने गरी धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनु पर्ने भन्दै त्यसकोलागि अन्तिम समयसम्म पनि लडिरहने दाबी गरे।

उनले पार्टीले उठाएको हिन्दु राष्ट्रको पक्षमा जनलहर देखि आत्तिएर अन्तिम घडिमा आफूहरुमाथि आक्रमण गरिएको दावी गर्दै अब हिन्दु धर्मलाई कसैले उपेक्षा गर्न नसक्ने बताए। उनले भने,'अन्तिम समयसम्म पनि लडिरहन्छौ । बुधवारबाट देशब्यापी जनचेतना कार्यक्रम सञ्चालन हुन्छ । साउनको तेस्रो सातादेखि राजधानी केन्द्रित शसक्त संघर्ष गर्छौ ।'

अध्यक्ष थापाले आफूहरु चाडो भन्दा चाडो संविधान बनोस भन्ने पक्षमारहेको स्पष्ट पार्दै विधि र प्रकृयाबाट हुने निर्णयलार्य स्विकार्ने बताए । उनले भने, 'साउन महिनाभित्रमा संविधान जारी हुनु पर्छ । विधी र प्रक्रियाबाट हुने निर्णय मान्छौ । प्रक्रियामा कुनै अवरोध गर्दैनौ तर आफ्नो एजेण्डा स्थापित गर्न अन्तिम समयसम्म संघर्ष गरिरहन्छौं ।'

थापाले जनताको सुझाव संकलन कार्यक्रम निरर्थक नाटक मात्र भएकोले आफूहरु त्यसमा सहभागि नभए पनि आफूहरुले विरोध गरेर सुझाव दिएको बताए ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणप्रति लक्षित गर्दै उनले भने, 'संविधान नलेख्ने षडयन्त्र सुरु भईसकेको छ । नयाँ दिल्लीमा के के झारफुक भएको छ । त्यसले असर गर्ला ।'उनले नागरिकको व्यवस्थामा र, वाको विवाद निरर्थक भन्दै नेपाली नागरिकले नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताए ।

थापाले अहिले संविधान निर्माणको चटारो भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकतो विषय केही ओझेलमा परेको जस्तो देखिएपनि सम्भवत संविधान निर्माण भएपनि पार्टी एकता हुने विश्वास ब्यक्त गरे ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस