घोराही (दाङ)- संविधानको प्रारम्भिक मस्यौदामाथि जनताका सुझाव संकलनपछि राजनीतिक शीर्ष नेतृत्व सुझावलाई कसरी सम्बोधन गर्ने भन्नेमा अन्योलग्रस्त देखिन्छन्। जनताको राय, सुझावपछि किन यस्तो अवस्था आयो? उत्तर राजनीतिक दलकै पोल्टामा छ।काठमाडौंमा दलका शीर्ष नेता जनताबाट आएका सुझावका आधारमा आ–आफ्नो आवश्यकताअनुसार मस्यौदामा परिमार्जन हुनुपर्ने भन्दै राजनीति गर्न थालेका छन्। यसबाहेक तराई–मधेसमा मस्यौदाविरुद्ध उब्जेको आवेशको समाधानको खोज्नुपर्ने आवश्यकता पनि हो। जनताको राय, सुझावलाई राजनीतिक आस्थाका आधारमा आएको टिप्पणीको रूपमा लिन सकिन्छ। संविधान मस्यौदा प्रमुख राजनीतिक दलबीचको १६ बुँदे सम्झौताको आधारमा तयार पारिएको हो तर राजनीतिक रूपमा विभाजित नेपाली समाजले त्यसलाई जस्ताको त्यस्तै स्वीकार नगरेको अर्थमा लिन सकिन्छ।
मध्यपश्चिमका दाङ, प्युठान र रोल्पामा सम्पन्न सुझाव संकलन कार्यक्रमको अध्ययनबाट के पाइन्छ भने दलगत मान्यतामा सुझाव आएका छन्। राजनीतिक दलका जिम्मेवार नेताले जिल्लामा आफ्ना नेता–कार्यकर्तालाई के–कस्तो सुझाव दिने भन्ने प्रशिक्षण नै चलाएको राजनीतिलाई यहाँ भुल्न मिल्दैन। राय, सुझाव संकलन प्रयोजनमा जिल्ला आएका शीर्ष नेतृत्व र सभासद भाषणमा १६ बुँदेको समर्थन गर्ने गर्थे, त्यो पनि घुमाउरो पारामा। उनीहरू भन्ने गर्थे, 'यो हाम्रो मस्यौदा होइन, सम्झौताको दस्तावेज हो, अधिकतम लचकताको दस्तावेज हो।'
'यो कसैको दस्तावेज होइन, हामी सबैको हो' भन्ने रणनीतिक राजनीतिलाई जनताले स्विकारेनन्, उनीहरूले आफ्नो दलीय मान्यता र दर्शनअनुसार सुझावका ठेली पस्किए। राजनीतिक नेतृत्व १६ बुँदे सम्झौतामा इमान्दार हुन नसकेको तीनवटै जिल्लामा देखियो। विशेषगरेर कांग्रेस र एमाओवादीका नेता १६ बुँदेविरुद्ध उभिएको स्थिति छ भने संविधान चाँडोभन्दा चाँडो ल्याउनुपर्ने मान्यतामा एमाले नेताहरू १६ बुँदेको पक्षमा वकालत गरिरहेका छन्।
दाङमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रशिक्षणले काम गरेको थियो। उनकै निर्देशनबमोजिम दाङका एमाले नेता कार्यकर्ता राय, सुझाव कार्यक्रममा सहभागी भए। उता प्युठानमा एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामेदव गौतम लागिपरेका थिए। एमाओवादी महासचिव कृष्ण महरा दाङ र गृहजिल्ला रोल्पामा पार्टीको धारणा आओस् भन्ने माहोल बनाउन सक्रिय देखिन्थे। दाङमा कांग्रेसजन केही तयारी गरेर पार्टीगत मान्यता अघिसार्ने प्रयास गरेको भए पनि प्युठान, रोल्पामा उनीहरू जिल्ला नेता, कार्यकर्ता आ–आफ्नै हैसियतमा उपस्थित भए र दलगत मान्यतामा धारणा राखे। राजधानीमा भएको १६ बुँदेको आलोचना पनि गरेनन्, समर्थनको स्वर पनि सुनिएनन् काग्रेस वृत्तबाट।
दलगत मान्यता र आफ्नो दलका नेताको निर्देशनमा राय, सुझावका आधारमा संकलन भएको भए पनि राप्ती अञ्चलका तीन जिल्लामा सम्पन्न राय–सुझाव संकलन क्रममा केही मुद्दा सबैजसोले उठाएका छन्, जसको सम्बोधन संविधान निर्माणका क्रममा आवश्यक छ।
सीमांकन, नामांकनसहितको संघीयता
सीमांकन, नामांकनसहितको संघीयताको खाका कोरिनुपर्नेमा एमाओवादी र काग्रेससँग आबद्धले आवाज उठाए। अधिकारकर्मी, नागरिक समाज र जनसामान्यको माग पनि सीमांकनसहितको संघीयताको पक्षमा बुलन्द थियो। उधारो संघीयताको विरोधमा एमालेका कार्यकर्ता भने खुलेर लागेनन्। एमालेका थोरै, एमाओवादीका सबैजसो र कांग्रेसका धेरैजसो सीमांकनसहित संघीयताको पक्षमा देखिए। रोल्पामा एमाओवादी महासचिव कृष्णबहादुर महरा, आफ्नो पार्टी सीमांकनसहित संघीयताको पक्षमा रहेको उद्घोष गरिराखेका थिए।
१६ बुँदे सम्झौतामा मुलुकलाई ८ वटा प्रदेशमा विभाजन गरिएको छ, प्रदेशको सीमा आयोग बनाएर गर्ने र नामांकन प्रदेशसभाले गर्ने भनिएको छ। जनस्तरले संघीयताका उधारा आश्वासन स्वीकार गरेन। एमाले उपाध्यक्ष ज्ञवालीले राय–सुझाव संकलनको पूर्वसन्धामा दाङमा आयोजित कार्यक्रम र अर्का उपाध्यक्ष गौतमले प्युठानका विभिन्न राय–संकलन कार्यक्रममा भने संविधान चाँडो ल्याउने मूल्यमा संघीयताको सीमांकनमा अल्झन नहुने विचार राखेका थिए। मधेसमा मस्यौदामाथिको आक्रोस र आवेग निस्तेज पार्र्न र जनस्तरबाट आएको माग सम्बोधन गर्न संघीयताको सीमांकनको मुद्दा सम्बोधन गर्नुपर्ने विषय हो।
प्रत्यक्ष निर्वाचित वडाध्यक्ष
मस्यौदाको भाग १७, धारा २२१ र २२२ को गाउँपालिका र नगरपालिकाका वडाध्यक्षहरू वडा सदस्यमध्येबाट छानिने व्यवस्थाको पक्षमा कोही देखिएनन्। वडाध्यक्ष पनि जनताको प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने सुझावको पक्षमा सबैजसो दलसँग आबद्ध, अधिकारकर्मी र जनसामान्य नागरिकले पनि सुझाव दिएका थिए। शासकीय स्वरूपको हकमा भने दलगत मान्यताका आधारमा सुझाव आएको कुरा भुल्न मिल्दैन। एमाओवादीले तयारीका साथ प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुलुकको कार्यकारी हुनुपर्ने मागलाई दाङ, रोल्पामा घनिभूत रूपमा उठायो।
एमाले कार्यकर्ताले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जोड दिएका थिए भने कांगे्रसका नेता–कार्यकर्ता झिनो स्वरमा संसदीय व्यवस्थाको वकालत गरिरहेका थिए। राजधानीमा जसरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा मत आएको भन्दै मस्यौदामाथि संशोधनको आग्रह हुँदैछ, त्यसलाई एमामाओवादीले नियोजित रूपमा अभियान चलाएको सन्दर्भमा हेरिनुपर्छ। दाङ, रोल्पा र प्युठानमा उनीहरूले अख्तियार गरेको नीति १६ बुँदेको शासकीय पद्धतिको खिलाफमा केन्द्रित थियो।
गाईको ठाउँमा गैंडा
मस्यौदामा राष्ट्रिय जनावर गाई राखिएको भए पनि त्यसलाई संविधानमा जोगाइराख्न चुनौती देखिन्छन्। जनस्तरबाट गाई राष्ट्रिय जनावर हटाएर धेरैजसोले एकसिंगे गैंडा राख्नुपर्ने सुझाव दिएका छन्। रोल्पामा जनजाति अधिकारकर्मी र विशेष गरेर मगर समुदायका अगुवाले गाई राख्न नहुने अडान दोहोर्या ए।
प्युठानमा राजनीतिक वर्चस्व रहेको राष्ट्रिय जनमोर्चाले घोषित रूपमै गैंडा राख्नुपर्ने नीति लिएको छ। राप्ती अञ्चलका दाङ, रुकुम, सल्यान, प्युठान र रोल्पामा क्रिस्चियनको जनसंख्या बढ्दो छ। माओवादी सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा गाई काटेर खाएको पृष्ठभूमिमा यस क्षेत्रमा बढिरहेका किस्चियनले गाईविरुद्ध आवाज उठाएको देखिन्छ। क्रिस्चियन सबैजसो पार्टीमा छन्। कतिपय सुझावकर्ताले गाई हटाएर कृष्णसागर, रेडपान्डाजस्ता जनावर राख्नुपर्ने सुझाव आए पनि गैंडा राख्नुपर्ने धेरैको मत देखिन्छ।
संविधानसभा मस्यौदा समितिका सभापति कृष्ण सिटौला आफ्ना नजिकका काग्रेसजनसँग संविधानको प्रस्तावनमामा बहुदलीयता राख्न नसकिए पनि राष्ट्रिय जनावरमा गाई राख्न सकेकोमा गर्व गर्ने गर्छन्। कांग्रेसजनका अनुसार उनी यसलाई ठूलो उपलब्धिका रूपमा लिन्छन्। मध्यपश्चिका पहाडमा गाईविरुद्ध आक्रोस सम्बोधन गर्नुपर्ने विषय बनेको छ। के देखिन्छ भने गाई राष्ट्रिय जनावरको रूपमा राखिरहेको अवस्थामा पनि गौहत्या रोक्न व्यावहारिक र कानुनी चुनौती सामु आउने देखिन्छ।
धार्मिक स्वतन्त्रता
संविधान मस्यौदाको धारा ४ मा नेपाल धर्मनिरपेक्ष राज्य हुने व्यवस्थाको पक्ष र विपक्षमा मत आएका छन्। कस्तो देखिन्छ भने हिन्दु धर्मावलम्बी राजनीतिक पार्टीको आबद्धताबाहिर गएर हिन्दु राज्य हुनुपर्छ भन्ने माग उठाइरहेको अवस्था छ। एमाओवादीका अधिकांश कार्यकर्ता धर्म निरपेक्ष राज्य हुुनुपर्छ भन्नेमा जोड दिएको पाइन्छ। राष्ट्रिय जनावर गाईको सट्टा गैंडा हुनपर्छ भन्नेमध्ये अधिकांश धर्मनिरपेक्ष राज्यको पक्षमा वकालत गरिरहेको देखिन्छ।
घर्मनिरपेक्षता राजनीतिक शब्द बन्न गएकाले यसको पक्ष–विपक्षका मतका साथसाथ धार्मिक स्वतन्त्रता शब्द राख्नुपर्ने सुझाव जनस्तर ठूलो संख्यामा आएको छ। धार्मिक स्वतन्त्रता शब्द राख्नुपर्दछ भन्नेमा नेपाली काग्रेससँग आवद्ध वौद्धिक नागरिक र कार्यकर्ता धेरै छन्। कांग्रेसका चार तारामध्ये एउटा धार्मिक स्वतन्त्रताको चिह्न हो भन्ने मान्यता उनीहरूको छ। एमालेसँग आबद्ध र नागरिक समाजका अगुवाले पनि हिन्दु राष्ट्र र धर्मनिरपेक्ष राज्यको लफडामा पर्न नहुने विचार व्यक्त गरिरहेको अवस्था छ। धर्मनिरपेक्षता पक्षधर र हिन्दु राष्ट्रवादीको माग धार्मिक स्वतन्त्रता शब्दले पूरा गर्दैन। हिन्दुवादी र धर्मनिरपेक्षका पक्षधर आ–आफ्नो अडानमा रहने भए पनि धार्मिक स्वतन्त्रताले ठूलो संख्याका जनताको माग सम्बोधन हुन जान्छ।
शिष्ट प्रस्तावना, सानो संविधान
यस क्षेत्रको बौद्धिक वर्गले संविधान लामो भएको, भाषा क्लिष्ट भएको, आरोप–प्रत्यारोपका शब्द भएकाले व्यापक सम्पादन आवश्यक रहेको औंल्याएका छन्। प्रस्तावनबाट नकारात्मक शब्द हटाउन र दोहोरिएका शब्द झिक्नुपर्ने सुझाव उनीहरूको छ। प्रस्तावनामा सभ्य, शिष्ट भाषा हुनुपर्ने र संविधान सानो आकारको हुनुपर्ने माग सम्बोधन हुनुपर्छ।