काठमाडौं- सधैं टेम्पो, माइक्रोबस र यात्रुहरुले खचाखच हुने राजधानीको सुन्धारा-एनएसी क्षेत्र शुक्रबार बिहान साढे आठ बजेसम्म सुनसानजस्तै छ। अहिले न त्यहाँ 'लाजिम्पाट-लैनचौर-टिचिङ–चक्रपथ'लगायत रुटको रट लगाउने सहचालकको स्वर नै सुन्न पाइन्छ, न तँछाडमछाड गर्दै बसमा झुत्तिने यात्रुहरुको भिड नै देखिन्छ।
फाट्टफुट्ट साइकल, रिक्सा र उन्मुक्त सडकमा स्केटिङ गर्दै रमाइरहेका किशोरहरु देख्न पाइन्छ। केही देखिन्छन् हस्याङ–फस्याङ गर्दै गन्तव्यका लागि दौडिरहेका। तर, सहरी क्षेत्रका किशोर तथा युवा र केही पर्यटकहरु बन्दले सिर्जना गरेको खुला वातावरणमा स्केटिङ, साइकलिङ र फोटोग्राफीमा रहमाइरहेको देख्दा लाग्छ, 'उनीहरुका लागि यो बन्द केबल बन्द नभएर उन्मुक्त जीवनको अनुभव गर्ने ठूलो अवसर हो।'
बन्दकर्ता नेकपा माओवादी (चन्द माओवादी)का एउटै कार्यकर्ता देखिँदैनन् सडकमा। तर, सम्भावित प्रदर्शन, झडप, तोडफोड र आगजनीलाई ध्यानमा राख्दै सुरक्षाकर्मीको तैनाथी पनि चोक चोकमै पर्याप्त देखिन्छ।
बन्दले पार्ने आर्थिक-सामाजिक नोक्सान र त्यसले देशलाई पुर्यामउने दूरगामी असरको हिसाबकिताव नगर्ने हो भने भिडभाडयुक्त सहरी जीवनको तनाव कम गर्ने एउटा राम्रो अवसर पनि हो पेसा व्यवसायीका लागि। व्यापारिक प्रतिष्ठान, पेसा व्यवसाय सबै क्षेत्र ठप्प देखिन्छ। सबै क्षेत्रका पेसा व्यवसायी र कर्मचारी फुर्सदिला देखिन्छन्, ताकी तनावमुक्त जीवनको अनुभव गर्न सकून्।
आफू राज्य सत्तामा आसिन भएपछि सबै ठीकठाक देख्ने, सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकजस्ता अतिक्रमित नेपाली क्षेत्रको नामसमेत उच्चारण नगर्ने भए पनि सत्ता प्राप्तीअघि अरु (पार्टी)हरुले जस्तै चन्द माओवादीले बनाएको बन्द बहाना (निहुँ) निकै सान्दर्भिक लाग्छन्। किनभने उसले संविधानको मस्यौदा उपयुक्त नभएको र अतिक्रमित नेपाली भू-भाग जोगाउनुपर्ने मागसहित बन्दको घोषणा गरेको छ।
तर, अहिले सडकमा गन्तव्य र रोजीरोटीका लागि सास्ती भोगिरहेका सर्वसाधारणलाई थाहा छ, 'चन्दको यो त एउटा राजनीति खेती नै हो, पछि फूल्ला फल्ला र सत्तासिन भएर स्वादिलो फल चाख्ला।'