काठमाडौं–प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिपछि भारत गएका एमाओवाद अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्केपछि १६ बुँदेको विरोधमा रहेका मधेसी दलसँग छलफल थालेका छन् ।भारतले नामकंन र सिमाकंनसहितको संघीयता जारी गर्न सुझाव दिएको चर्चा चलिरहेको बेला दाहालले बिहीबार आफ्नै निवासमा १६ बुँदेको विरोधमा रहेका मधेसी दलका नेतासँग छलफल गरेका हुन् । दाहालले बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झासँग छुट्टछुट्टै छलफल गरेका हुन् ।
सो अवसरमा अध्यक्ष दाहालले ४ र ५ गते जनमत संकलनका क्रममा मधेसमा भएको प्रतिकारका विषयमा छलफल भएको भेटमा सहभागी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिए । 'उहाँले –दाहाल) ले सुझाव संकलनका क्रममा मधेसका युवाद्वारा भएको प्रतिकारको विषय र संविधान निर्माणको सम्रग विषयमा सुझाव माग्नु भयो,' झाले भने,'मैले नामाकंन,सिमाकंनसहितको संघीयता, नागरिकता र अधिकारका विषयमा मेरा भनाइ राखें ।'
छलफलमा दाहालले आफू नामकंन र सिमाकंनसहितको संघीयता जारी गर्ने पक्षमा रहेको र त्यसका लागि अन्य दलसँग छलफल गर्ने आश्वासन दिएका थिए । स्रोतका अनुसार दाहालले जनमत संकलनका क्रममा जनताबाट आएका सुझावलाई संविधानको मस्यौदामा राख्न आफूले पहल गर्ने बताएका थिए । दाहालले मिलेर जानुको विकल्प नभको भन्दै केही असहमति भए त्यसलाई 'नोटअफ डिसेन्ट' लेखेर संविधान जारी गर्न आग्रह गरेका थिए । सो भेटमा दाहालले सुझाव संकलनका क्रममा सिराहामा मधेसी जनताले विरोधको सामना गर्नुपरेको भन्दै आफू विरोधीको स्वर सुन्न र समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
दाहालका सहयोगी एवं एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार तीन मधेसी दलका नेतासँग भएको छुट्टा छुट्टै छलफलमा समग्र संविधान निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष दाहालले संविधानका विवादित विषयमा सहमति गरेर जान आफू तयार रहेको भन्दै सहमतिबाटै अघि बढ्न मधेसी नेतालाई आग्रह गरेका थिए । छलफलमा तीन वटै दलका नेताले नामाकंन र सिमानकंनसहितको संघीयता जारी गर्नुपर्ने, नागरिकता समस्या समाधान गर्नुपर्नेलगायतका माग राखेका थिए ।
दाहालले भोली मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्ने कार्यक्रम छ भने अन्य मधेसी दलका नेता राजधानी बाहिर रहेका कारण राजधानी आउने वित्तिकै छलफल सुरु हुने दाहालका सहयोगी खड्काले बताए । अध्यक्ष दाहालले बुधबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टछुट्टै छलफल गरेका थिए ।