रोल्पालीले रुचाएनन् मस्यौदा
०४ साउन २०७२
•
१२ मिनेट पाठ
रोल्पालीले रुचाएनन् मस्यौदा
रोल्पा- गन्तव्य एक देखाएर बाटो अन्तै मोडिदिए...
भनेर नबर्बराऊ देशको माया गर्नेहरू
गीत घन्किरहेको छ रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा। संविधानको मस्यौदामाथि जनसाधारणको रायसुझाव लिन आएको संसद सचिवालयले निलो प्लास्टिक कुर्सी फिँजाएको छ।रोल्पा क्षेत्र नं. १ का सभासद एवं एमाओवादी पार्टीका महासचिव कृष्णबहादुर महरा, क्षेत्र नं. २ का सभासद एवं संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगर, कांग्रेस सभासद अमरसिं पुन र एमाले सभासद गोकुल घर्तीमगर मञ्चमा छन्। रोल्पाकै गजुल निवासी रमेश सुवेदीले रचना गरेको र मनोजराज शिवाकोटीले लयबद्ध गरेको गीत घन्किरहेको छ :

आफू आफू लड्दा लड्दै
आफन्त गुमाउँदै
बैरी हाँस्ने नगरौं देशको माया गर्नेहरु...

सहभागी बढ्दैछन्। गीतले रोल्पाको विगत बोलिरहेको थियो। दसवर्षे माओवादी 'जनयुद्ध' को राजधानी रोल्पा जहाँ जनयुद्धकै क्रममा एक हजार २७ ले 'सहादत' पाए। एक सय ६ बेपत्ता छन्। घाइते–अपांग सात हजार छन्। नयाँ जनवाद र जनवादी संविधानको नाममा रगत बगाएको रोल्पा यतिखेर सहमतिको संविधानको मस्यौदामाथि आफ्नो गर्विलो धारणा राख्न व्यस्त छ। छलफल क्रममा एमाओवादी नेता महराले भने, 'हामीले पनि जनवादी संविधान चाहेका हौं। तर यो सम्झौताको संविधान हो।' उनले थपे, 'हामी नयाँ जनवादी संविधानभन्दा अलिकति झर्यौंा। उहाँहरु कांग्रेस, एमाले पहिलेको संविधानभन्दा अलिक माथि उठ्नुभयो। यो अधिकतम सम्झौताको संविधान हो।'

रक्तरञ्जित रोल्पालाई किन संविधान चाहिएको हो? चन्द माओवादी र राप्रपा नेपालको विरोधबीच कार्यक्रम सुरु भयो। मञ्चमा संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरले रोल्पालीको त्याग तपस्या र बलिदानकै कारण संविधान बन्न लागेको बताउँदै थिइन्। उनले भनिन्, 'दसवर्षे जनयुद्धमा रोल्पालीको असीम बलिदान र त्याग छ। त्यसकै उपज हो संविधान बन्ने परिस्थिति।' कांग्रेस सभासद अमरसिं पुनको रोल्पाली संविधान चाहिने कारणको फरक व्याख्या थियो। उनले भने, 'रोल्पाले धेरै गुमाएको छ। पीडा भोगेको छ। लुटिएको छ। विस्थापित भएको छ।'

नेताहरुको सम्झौताका मस्यौदा भन्दै प्रस्टीकरण र आश्वासन दिइरहे पनि छलफलमा उपस्थित रोल्पालीले आफ्नै नेतृत्वप्रति आलोचना बर्साए। पार्टी नीतिविपरीत गएकोमा 'जुझारु राय' बुझाए। जनजाति अगुवा, दलित अधिकारकर्मी, राजनीतिककर्मी, नागरिक समाज र विभिन्न पेसाकर्मी ५९ जनाले मस्यौदामाथि मत राखे। प्रमुख राजनीतिक पार्टीआबद्ध उनीहरु सम्झौताको मस्यौदा भनेर स्विकारिरहेका थिएनन्। आआफ्ना विचार, मान्यता र दलगत अडान राखे।

बोल्नेमध्ये धेरैजसो एमाओवादी कार्यकर्ता थिए। उनीहरुले पार्टीले राख्दै आएको फरक मतको वकालत गरेको पाइयो। साउन ३ गते पार्टीबाट के–के बोल्ने र कस्ता–कस्ता धारणा राख्ने निर्देशन र सुझाव पाएका उनीहरु सीमासहितको संघीयताको हुनुपर्ने, धर्मनिरपेक्ष राष्ट्र हुनुपर्ने, जातीय आधारमा संघीयताको खाका कोरिनुपर्ने जस्ता मुद्दा उछाले। मस्यौदामाथिको छलफल हुने पूर्वसन्ध्यामा एमाओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा र नेपाल मगर संघले 'लिबाङमा मगरात्त स्वायत्त प्रदेश रोल्पा हार्दिक स्वागत गर्दछ' लेखिएको बोर्ड टाँगेका थिए।

सिमासहितको संघीयता
बोल्नेमध्ये एमाओवादी आबद्ध सबैजसोले संविधानमा सिमांकनसहितको संघीयता चाहिने माग गरे। त्यस्तै, कांग्रेस आबद्धहरुको आवाज पनि सिमांकनसहितको संघीयता थियो। उता, एमालेको जिल्ला नेतृत्व सीमासहितको संविधान भन्नु १६ बुँदे सम्झौता विपरीत भन्दै विरोधमा उत्रिए। विरोधमा देखिए पनि उसका कार्यकर्ताले खुलेर सीमासहितको संघीयता हुनुपर्छ भन्नेमा थिए। राष्ट्रिय जनमोर्चा संघीयता सम्बन्धी मस्यौदाका सबै प्रावधान खारेज हुनुपर्ने अडानमा प्रस्तुत भयो।

एमाओवादी नेता महराले सम्बोधन क्रममा भने, 'सिमांकन पहिल्यै टुंग्याउनुपर्छ भन्नेमा छौं।' माओवादी पूर्व लडाकु अमरसिं घर्तीले प्रश्न गरे, 'किन सिमांकन बिनाको संघीयता?' सिमांकन बिनाको संघीयता जारी गर्ने हो भने त्यो हाम्रै लागि दुर्भाग्य हुन्छ।' अर्का एमाओवादी कार्यकर्ता निमकान्त डाँगी सिमांकन बिनाको संविधान संविधान जलाउनेहरुका लागि मलजल हुने धारणा राखे।

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति माधवप्रसाद आचार्यले सिमासहितको संघीयता आउनुपर्ने र संघीयता मोडेल उत्तर–दक्षिण हुनुपर्ने बताए। नेकपा एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले सीमासहितको संघीयताको कुराको गर्नु १६ बुँदे सहमति विपरीत हुने दाबी गरे। 'हामी १६ बुँदेबाट पछि हट्न खोजेका हौं कि!' घर्तीमगरले भने। संविधान नबनाउने पोलिटिक्स गरी राखेका छौं।'

संघीयताको नामकरण जातीय आधारमा हुनुपर्ने माग जातिवादी अधिकारकर्मी र एमाओवादी कार्यकर्ताको थियो। घर्तीमगरले भने, 'संविधान नबनाउने पोलिटिक्स गरिराखेका छौं।' अथार मगरात्त मगर प्रतिष्ठानका सचिव भीमबहादुर बुढामगरले भने, 'मगरात्त राज्य स्थापना हुनुपर्छ, प्रदेशहरुको नाम जातीय आधारमा हुनुपर्छ।'

उता, राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले भने संघीयता नै खारेज हुनुपर्ने माग गरे। राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य फत्ते प्रचण्ड घर्तीमगरले भने, 'एकात्मक प्रणालीको राज्य हुनुपर्योु।'

प्रत्यक्ष निर्वाचित राष्ट्रपति
मस्यौदामाथिको छलफलममा सबैजसो एमाओवादी नेता कार्यकर्ताले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने अडान दोहोर्यानए। एमाओवादी जिल्ला सदस्य सुकबहादुर बुढामगरले भने, 'जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ।' गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष हीरा घलेले पनि जनताद्वारा निर्वाचित प्रत्यक्ष राष्ट्रपति नै हुनुपर्ने अडान दोहोर्याहइन्।

गाई भर्सेस गैंडा
रोल्पामा मस्यौदामा राखिएको राष्ट्रिय जनावर गाईको विरुद्धमा प्रशस्त आवाज उठ्यो। जातिवादी अगुवा, एमाओवादी कार्यकर्ता र राष्ट्रिय जनमोर्चा समेत धर्मनिरपेक्षको पक्षमा र राष्ट्रिय जनावर गाईसट्टा गैंडा हुनुपर्छ भन्ने अडानका बीच हिन्दु राष्ट्रको माग झिनो देखिन्थ्यो। एमाओवादीका ऋषिराम रोकामगरले भने, 'गाई राष्ट्रिय जनावर राखियो भने आदिवासी जनजातिले जेल जानुपर्ने स्थिति हुन्छ।' रोकामगरले थपे, 'गाई राखिनुहुन्न। त्यसको सत्ता कृष्णसार वा रेड पान्डा राखिनुपर्छ।' कांग्रेस आबद्ध वयोवृद्ध भीमकान्त आचार्य भने प्रश्न गर्दै थिए, 'धर्मनिरपेक्ष किन? गाई राष्ट्रिय जनावरबाट किन हटाउनुपर्यो'?' उनले भने, 'नेपाल हिन्दु सनातन राष्ट्र हुनुपर्छ।'

दलित आवाज बुलन्द
मस्यौदामाथि छलफलमा दलित अधिकारकर्मी मस्यौदामा दलितप्रति बेवास्ता गरिएको भन्दै जुझारु रुपमा प्रस्तुत भए। दलितका लागि अग्राधिकारको व्यवस्था हुनुपर्छ। स्थानीय निकायमा दस प्रतिशत र प्रदेशमा पाँच प्रतिशत र संघमा तीन प्रतिशत दलितका नाममा आरक्षण हुनुपर्ने दाबी उनको छ।

थ्रेस होल्ड
संविधानमा थे्रस होल्डको व्यवस्था राखिनुपर्ने, गाउँपालिका पदाधिकारीको चयन पनि प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने लगायत मुद्दा महत्वसाथ उठाइएको थियो।

विरोध, आक्रोशबीच कडा सुरक्षा
राय संकलन सुरु हुनासाथ टुँडिखेलमा एउटा कोणमा नेकपा एमाओवादी कार्यकर्ताले कालो झन्डा फहराए। नाराबाजी गरे। विरोध नेकपा माओवादी चन्द समूहको मात्र थिएन। एमाओवादी कार्यकर्ता पनि सदरमुकाम केन्द्रित राय सुझाव संकलन गरेकोमा आक्रोशित देखिन्थे। सुरक्षा, मौसम र खेतीपातीको समय लगायत कारण देखाएर रोल्पाका दुवै निर्वाचन क्षेत्रको कार्यक्रम जनवादी केन्द्रियताको शैलीमा सदरमुकाममा केन्द्रित गरिएको थियो। सुरुमा क्षेत्र नं. को सुलिचौर र क्षेत्र नं. २ को घर्तीगाउँमा कार्यक्रम आयोजना गरेर रायसुझाव लिने भनिए पनि सर्वपक्षीय निर्णयका नाममा सदरमुकाममै कार्यक्रम आयोजना गरियो। सदरमुकाममा कडा सुरक्षा व्यस्था थियो। चारैतिर सशस्त्र प्रहरी, प्रहरीको तैनाथी थियो। छलफलमा सहभागी हुन आएकालाई खानतलासीपछि मात्र कार्यक्रम स्थल प्रवेश गर्न दिइएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस