दलीय एजेन्डाकै सुगारटाइ
०४ साउन २०७२
•
६ मिनेट पाठ
दलीय एजेन्डाकै सुगारटाइ
पोखरा- 'धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ,' मोती गिरीले भने, 'संघीयतामा जाँदा उत्तर–दक्षिण गरेर ५ प्रदेशमात्रै बनाउनुपर्छ।' संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले आफ्नो व्यक्तिगत होइन अखण्ड नेपाल पार्टीको धारणा राखे।व्यक्तिगत हैसियतमै बोल्न उनलाई माइक दिइएको थियो तर आफ्नोभन्दा पार्टीको विचार राखे। उनीभन्दा पछिल्ला वक्ताले पनि तिनै कुरा दोहोर्याोए। उक्त पार्टीका कार्यकर्ताले पालैपालो बोल्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्ने मागमा जोड दिइरहे।

एकीकृत नेकपा माओवादी कार्यकर्ता मनहरि तिमिल्सिनाले संविधानमा सशस्त्र संघर्षको सट्टा जनयुद्ध उल्लेख गर्नुपर्ने माग गरे। यो उनको पार्टीले पटक–पटक केन्द्रमा उठाउँदै आएको विषय थियो। पार्टीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दालाई पनि तिमिल्सिनाले सुझावमा समेटे।

गिरी र तिमिल्सिनाले मात्रै होइन संविधानको मस्यौदामाथि सुझाव दिन माइकमा बोल्ने पालो पाएका अधिकांशले व्यक्तिगत नभई आफूसम्बद्ध पार्टीकै धारणा राखे। त्यसो त संविधानको मस्यौदामाथि सुझाव लिने गरी आयोजित कार्यक्रममा अधिकांश दलीय नेता–कार्यकर्ताकै उपस्थिति थियो। केही संघ–संस्था तथा दबाब समूहका प्रतिनिधि पनि विकासे एजेन्डासहित सहभागी भएका थिए। खास सर्वसाधारण भेट्न मुश्किल–मुश्किल भए पनि पोखरा सभागृहको हल भने पूरापूर भरिएको थियो।

सबैजसो दलले आ–आफ्ना कार्यकर्तालाई पहिल्यै घोकाएअनुसारको बुँदाका सुझाव अधिकांश वक्ताले टिपाए। एमाले कार्यकर्ता एकै किमिमका बुँदागत सुझावको लिखित पाना बोकेरै कार्यक्रम स्थल पुगेका थिए। एमाले पार्टीले कार्यकर्तासँगको लिखित सुझावपत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्नेलगायत माग समावेश थियो। कांग्रेसका कार्यकर्ताले भने एउटै लिखित सुझाव नलगे पनि प्रजातान्त्रिक समाजवाद र बहुलवाद संविधानमा उल्लेख गर्न माग गरे।

गुरुङ जातिको संस्था तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले आत्मनिर्णयसहित तमुवान प्रदेशको माग गरिन्। 'आदिवासी जनजातिलाई आ–आफ्नो क्षेत्रमा कम्तीमा पनि १० वर्ष अग्राधिकार दिइनुपर्दछ,' उनले भनिन्। आदिवासी जनजातिका लागि संविधानमा बेग्लै मौलिक हक व्यवस्था गरिनुपर्ने उनको माग थियो। अपांगता भएकाको तर्फबाट बोल्दै जगन्नाथ सुवेदीले मौलिक हकमा आफ्नो वर्गलाई विशेष व्यवस्था गर्न सुझाव दिए।

अधिकांश वक्ताले संविधानको प्रस्तावनामा निकृष्ट शब्द प्रयोग नगर्न सुझाए। धर्म, संघीयता र नागरिकताको मुद्दालाई वक्ताले प्रमुख प्राथमिकतासाथ उठाएका थिए। उनीहरुले जातीय संघीयतामा जान नहुने, धार्मिक स्वतन्त्रता दिए पनि धर्म परिवर्तन गराउन पाउन नहुने र वंशजको नागरिकता हुनुपर्नेमा जोड दिएका थिए। सञ्चारमाध्यमलाई नियमन गर्नसक्ने कानुन बनाउन सकिने प्रावधानको सट्टा प्रेस स्वतन्त्रता हुनुपर्ने सुझाव पनि वक्ताले दिए। सर्वसाधारणकै हैसियतमा पहिलो पालोमै बोल्न पाएका कांग्रेस नेता तारानाथ रानाभाटले संविधानका आधारभूत मान्यता नै समावेश नगरी मस्यौदा आएको दुखेसो गरे। बैंकर विश्वमोहन अधिकारीले संविधान लेख्नासाथै आर्थिक उन्नतितिर लाग्नुपर्ने भए पनि आर्थिक एजेन्डा संविधानमा छुटेको गुनासो गरे।

संविधानको मस्यौदामाथि सुझाव दिन सभासद रवीन्द्र अधिकारीले सर्वसाधारणलाई पालो दिन सुरु गरेर रानाभाटले बोल्दा विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले होहल्ला गर्दै विरोध जनाएका थिए। हलभित्र सर्वसाधारणझैं पसेर एकैठाउँ बसेका उनीहरुले रानाभाटले सुझाव दिँदै गर्दा कालो रुमाल देखाएर विरोध जनाए। संघीय समाजवादी फोरमले नयाँ बन्ने संविधान पश्चगामी हुन लागेको भन्दै सभागृहबाहिर नाराबाजी गर्योे।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस