दाङ- संविधानको प्रारम्भिक मस्यौदा प्रति जिल्ला आएसँगै दाङमा राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता र पेसाकर्मी आफ्नो तर्फबाट दिने सुझाव तयार गर्न जुटेका छन्। प्रमुख राजनीतिक दलसँग आबद्ध पेसाकर्मीले शनिबार फरक–फरक छलफल गरेर सुझावको फेहरिस्त नै तयार गरेका छन्। मस्यौदामा औपचारिक रूपमा राय–सुझाव संकलन हुने दिन सोमबार पेस गर्नका लागि उनीहरूले छलफलबाट सुझाव तयार गरेका हुन्।स्थानीय नेता–कार्यकर्ता, पेसाकर्मी लगायतले सीमांकनबिनाको संविधान, बहुलवाद, धर्मनिरपेक्षता, थ्रेसहोल्ड र नागरिकतासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।
दाङमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी आआफ्नै हिसाबले सुझाव तयार गरिरहेका छन्। मस्यौदाका प्रावधानमा सबैभन्दा बढी आपत्ति यहाँका कांग्रेसजनमा देखिएको छ। संविधानको प्रस्तावनामा बहुलवाद नराखिएको, मुलुकलाई धर्मनिरपेक्ष भनिएको, संघीयताअन्तर्गत सीमा निर्धारण थाती राखिएको र निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था नगरिएकोमा उनीहरूको आपत्ति छ।
घोराहीमा शनिबार नेपाल प्रजातान्त्रिक प्राध्यापक संघले संविधानको प्रारम्भिक मस्यौदामा गरेको छलफलमा अधिकांशले संविधानको प्रस्तावनामा बहुलवाद नराखेर समाजवादको आधार निर्माण गर्ने उल्लेख गरेकोमा आपत्ति जनाए। 'बहुलवादबिनाको लोकतन्त्र कल्पना गर्न पनि सकिन्न,' नेपाल शिक्षक संघका अध्यक्ष अर्जुन योगीले भने।
नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्रेमकुमार आचार्यले कांग्रेसले आफ्नो कुरा राख्न नसके एमाओवादीले जस्तो फरक मत राख्नुपर्ने बताए। 'कांग्रेस नेतृत्वले आफ्नो पहिचान बिर्सिएको छ,' उनले भने, 'पार्टीले आफ्नोपन देखाउन सक्नुपर्यो्। राजनीतिक नेतृत्व लिने नाममा आत्मसमर्पणवादी हुनु भएन।'
घोराही–५ मा भएको वडास्तरीय कार्यक्रममा बिपी चिन्तन केन्द्रका अध्यक्ष विनोद पोखरेलले प्रस्तावनामा बहुलवाद राख्न नसके विकल्पमा वैचारिक स्वतन्त्रता राख्नुपर्ने सुझाए। 'विचारको स्वतन्त्रता प्रस्तावनामा आउनै पर्छ,' उनले भने, 'त्यो अपरिवर्तनशील र अकाट्य हुनुपर्छ।'
प्रस्तावनामै समाजवादको आधार निर्माण गर्ने शब्दावली मस्यौदामा राखिनुलाई संविधान निर्माणमा वामपन्थीहरूको बोलवाला भएको अर्थ यहाँका कांग्रेस नेता तथा कार्यकर्ताले लगाएका छन्। 'प्रस्तावनामा बहुलवाद नराखेर हामीलाई हेपिएको अनुभूति भइरहेको छ,' प्राध्यापक निर्मल देवकोटाले भने।
प्रेस चौतारी दाङले शनिबार नै आयोजना गरेको एमालेआबद्ध नेपाल बुद्धिजीवी परिषद र प्रगतिशील प्राध्यापक संगठनको छलफलमा समाजवादको आधार बनाउने प्रस्तावनाको खुलेरै प्रशंसा भएको थियो। पार्टीले राय संकलनको औपचारिक कार्यक्रममा समाजवाद उन्मुख प्रावधानको पक्षमा खुलेर वकालत गर्ने नीति लिने भएको छ। 'एमालेले समाजवाद उन्मुख प्रावधानलाई महत्वका साथ प्रशंसा गर्दै आफ्ना कुरा लिपिबद्ध रूपमा पेस गर्नेछ,' संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले भने।
भट्टराईका अनुसार एमाले पंक्तिमा धार्मिक निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्न सकिने, नागरिकताका विषयमा मस्यौदाको प्रावधान बचाउ गर्ने, पैत्रिक सम्पत्ति बाबु–आमाको इच्छाअनुसार भोग गर्न र दिन पाउने, व्यक्तिको सम्पत्ति उचित क्षतिपूर्ति दिएर मात्रै राज्यले दिन सक्ने लगायतका विषयलाई प्राथमिकताका साथ पेस गर्ने तयारी भइरहेको छ। 'मस्यौदामा उल्लेख भएको धर्म छाड्ने अधिकार राखिरहनुपर्दैन, त्यो हटाए हुन्छ,' उनले भने, 'सुझाव संकलनमा सहभागीले आआफ्ना विचार पनि राख्न सक्नेछन्।'
यता, एमाओवादी भने संविधानसभामा प्रस्तुत आफ्ना फरक मतलाई नै राय–सुझावको रूपमा कार्यकर्तामार्फत पेस गर्ने तयारीमा छ। पार्टी महासचिव कृष्णबहादुर महराको उपस्थितिमा दाङमा भएको छलफलपछि फरक मतलाई नै महत्वका साथ राख्ने निचोडमा एमाओवादी पुगेको हो। 'हामी आफ्ना फरक मत र एजेन्डा राख्छौं, संविधान निर्माणलाई पनि व्यवधान गर्दैनौं,' एमाओवादी जिल्ला कार्यवाहक अध्यक्ष निर्मल आचार्यले भने।
एमाओवादीमा पनि धार्मिक निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने आवाज उठिरहेको आचार्यले जानकारी दिए। 'हाम्रा साथीहरूले पार्टीका एजेन्डा बाहेक आफ्नो कुरा पनि राख्न सक्नुहुन्छ।'
धार्मिक निरपेक्षतामा बहस बढी
दाङको राजनीतिक वृत्तमा धर्मनिरपेक्षताका विषयमा बढी भइरहेको छ। नेपाली कांग्रेससँग आबद्धहरू निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राखिनुपर्ने आवाज महत्वका साथ उठाइरहेका छन्।
कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्लासमेत रहेको दाङमा हिन्दुराष्ट्र कायम हुनुपर्ने माग पनि उठेको छ। तर, खड्काको हिन्दु जागरण अभियानमा यहाँका कांग्रेसजन उति लागेको देखिँदैन।
एमाले र एमाओवादीमा पनि धार्मिक निरपेक्षताविरुद्ध मत देखिएको छ। महेन्द्र बहुमुखी क्याम्पसका एमालेनिकट प्राध्यापक नारायण अधिकारी पार्टी पंक्तिमा धार्मिक स्वतन्त्रता भए ठिकै हुन्छ भन्ने कुराले आकार लिइरहेको बताउँछन्।
बहुलवाद भर्सेस समाजवाद
मस्यौदामा उल्लेख समाजवादको आधार निर्माण गर्ने र समाजवाद उन्मुख शब्दावलीलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेता–कार्यकर्ता दुई ध्रुवमा देखिएका छन्। दाङमा शनिबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले समाजवाद उन्मुखलाई सबैभन्दा ठूलो उपलब्धिको रूपमा व्याख्या गरे। प्रेस चौतारी दाङले आयोजना गरेको कार्यक्रममा उनले भने, 'यो एमालेकै लागि पनि ठूलो उपलब्धि हो, यसबाट कतिपय मानिस झस्केका पनि छन्।'
उनले बहुलवाद राखे पनि नराखे पनि केही नबिग्रने बताए। 'बहुलवाद राजनीतिक दर्शन मात्रै हो, तर समाजवाद राजनीतिक प्रणाली हो,' उनले भने, 'एमालेलाई बहुलवाद राखे पनि हुन्छ, झिके पनि हुन्छ। समाजवाद र बहुलवादको लेनदेन अब सकियो।'
शनिबारै आयोजित प्राध्यापक संघको कार्यक्रममा कांग्रेस सभासद तथा केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसको नेतृत्वदायी भूमिकाका कारण प्रस्तावनामा बहुलवाद राख्न नसकिएको स्पष्टीकरण दिए। 'संविधान ल्याउन जरुरी थियो, त्यसैले हाम्रो नेतृत्वले सम्झौता गर्यो ,' उनले भने, 'हाम्रो कतिपय भावनामा पनि कुठाराघात भएका छन्।'
एमाले, एमाओवादी र मधेसवादी मिलाएर संविधान जारी गर्न कांग्रेससामु चुनौती रहेको उनले बताए। 'बहुलवाद हामीले चाहेर छाडेका होइन, समाजवाद उन्मुख हाम्रो चाहना पनि हैन,' गिरीले भने, 'हामीमाथि सबैलाई मिलाएर संविधान ल्याउने जिम्मेवारी छ।'
उधारो संघीयता
दाङका प्रमुख राजनीतिक पार्टीहरू प्रदेशको सीमा तोक्नुपर्ने कुरामा विभाजित छन्। कांग्रेस वृत्तमा सीमा तोकिनुपर्ने कुराले आकार लिएको छ। एमाओवादीभित्र पनि प्रदेशको सीमा तोकिनुपर्ने विषयमा छलफल भइरहेका छन्। उता एमालेभित्र भने सीमा निर्धारणको विषय उठाउँदा संविधान निर्माणको मिति पछाडि धकेलिने भय देखिन्छ।
'नामांकन र सीमांकनलाई थाती राखेर उधारो संविधान नल्याइयोस्,' कांग्रेसका नित्यानन्द शर्माले भने, 'बरु दुई–तीन महिना लगाएर भए पनि यी विषयलाई टुंगो लगाइयोस्।'
एमाओवादीका कार्यवाहक अध्यक्ष निर्मल आचार्य सीमा तोकेर जानुपर्छ भन्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिए। एमाले उपाध्यक्ष ज्ञवालीले १६ बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए। 'यो मस्यौदा १६ बुुँदे राजनीतिक सहमतिको दस्तावेज पनि हो,' उनले भने, 'यसमा सामान्य थपघट हुन सक्छ, तर ठूलो परिवर्तनको सम्भावना छैन।'