हात परेन मस्यौदा
०१ साउन २०७२
•
७ मिनेट पाठ
हात परेन मस्यौदा
पोखरा- कास्की, माझठानाका नरबहादुर नेपालीको हातमा संविधानको मस्यौदा परिसक्यो। गाविस कार्यालयले उनलाई आइतबारभित्र सुझाव दिन भनेको छ। पूरै पढ्न भने भ्याएका छैनन्।




'राम्ररी पढ्नै नपाई के सुझाव दिनु खै?' उनले नागरिकसँग भने, 'पढिसकेका अरूसँग छलफल गर्न पनि पाइएको छैन।' दुई दिनअघिमात्रै मस्यौदा हात परेकाले पूरै पढेर केस्राकेस्रा केलाउन नपाएको उनले बताए।

धम्पुसका सम गुरुङले पनि नरबहादुरले जस्तै मस्यौदा पाए पनि पूरै पढ्न पाएका छैनन्। पढेर सुझाव दिने उनको चाहना छ। उनको गाउँका धेरैलाई संविधानको मस्यौदाबारे केही मेसो छैन। 'सबै धान रोप्न र हातमुख जोर्ने ध्याउन्नमा छन्,' उनले भने। झन् आफ्नो वरपरका लाई संविधान बन्दैछ, वा बनिसक्यो र किन बनाउने हो भन्नेसम्म थाहा छैन भन्छन्, नरबहादुर नेपाली।

संविधानसभाको संविधान मस्यौदा समितिले तयार पारेको सामग्रीका प्रतिहरू अहिले गाउँटोलमा पुर्यासएर सुझाव लिने अभियान चालिएको छ। संसदीय व्यवस्था कार्यालयबाट कास्कीमा खटिएका अधिकारीहरूले गाविस र नगरका वडा सचिवमार्फत मस्यौदा गाउँ पठाएका हुन्। 'घरघरमा पुर्यािइदिनुहोला भनेर पठाएका छौं,' संविधानसभाबाट राय–सुझाव संकलनका लागि गठित उपसमितिकी अधिकृत सिर्जना बरालले भनिन्। उनी अरू केही कर्मचारीसहित साउन २७ गते उनी कास्की आएकी थिइन्। सुझाव संकलनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा डेस्क पनि राखेका छन्। तर त्यहीँ पुगेर अहिलेसम्म कसैले सुझाव दिएको छैन। 'लिखित रूपमा कसैले आएर केही दिनुभएको छैन,' बरालले भनिन्, 'मौखिक रूपमा भनेका सुझावहरू हामी आफैंले टिपेका छौं।'

बरालका अनुसार गाउँगाउँमा पठाइएका मस्यौदा सुझाव संकलनका लागि पठाइएका फाराम ३ गतेभित्र संकलन गरिसक्न गाविस सचिवहरूलाई भनिएको छ। गाविस सचिवहरूले चाहिँ गाउँगाउँमा गठित वडा नागरिक मञ्चलाई मस्यौदा बुझाएको बताएका छन्। 'घरघरै पुर्यालउन सक्ने भएकाले उहाँहरूलाई जिम्मा लगाइएको छ,' सैमराङ गाविसका सचिव राजेन्द्र आचार्यले नागरिकसँग भने।

संविधानको सुझाव लिने भनेरै कास्कीका ११ सभासद शुक्रबार पोखरा आएका छन्। 'सबै सभासदका लागि कार्यविभाजन गरेर सुझाव लिँदैछौं,' कास्की कांग्रेसका सभापति तथा कास्की–१ का सभासद यज्ञबहादुर थापाले भने। आमभेला मार्फत सुझाव संकलन गर्न लागिएको जानकारी पनि थापाले दिए। भेलाहरूमा जनताका सुझाव सल्लाह प्रत्यक्ष सुनेर संकलन गरिने उनले बताए।

अधिकृत बरालका अनुसार कास्कीमा संविधानको मस्यौदामाथि सुझाव लिन साउन ४ गते बृहत् सर्वपक्षीय भेला पोखरा सभागृहमा गरिँदैछ। त्यसको भोलिपल्ट जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय सुझाव संकलन हुँदैछ।

पोखरा–१२ लालीगुराँस टोलकी काशीमाया गुरुङ भने अहिलेसम्म आफूले संविधानको मस्यौदाको मुख हेर्न नपाएको बताउँछिन्। 'मस्यौदा आएको भए त वडा कार्यालयले हामीलाई फोन गरेरै भन्थ्यो,' वडा महिला समन्वय समितिकी अध्यक्षसमेत रहेकी उनले नागरिकसँग भनिन्। सामाजिक क्षेत्रमा सक्रिय उनी संविधानको मस्यौदा पढेर सुझाव दिन उत्सुक छिन्।

काशीमायालाई अब बन्ने संविधानले आमाको नामबाट नागरिकता दिने ग्यारेन्टी गरोस् भन्ने चाहना छ। 'विदेशीले नेपाली महिलासँग बिहे गरेर बच्चा जन्माउलान् भन्ने सरकारलाई पीर छ भन्ने सुनियो,' उनले भनिन्, 'गलत उद्देश्यले बिहे गर्नेलाई रोक्ने काम सरकारको हो। तर महिलाका नाममा नागरिकता नदिने त हुनु हु"दैन।' आफ्नो एक छिमेकी महिलाले लोग्नेबाट अलग्गिएकै कारण छोराछोरीलाई नागरिकता दिलाउन नसकेको उदाहरण पनि गुरुङले दिइन्। नौ महिना पेटमा राखेर जन्माउनेकै नामबाट नागरिकता नदिनु अति अन्याय हुने उनको धारणा छ।

उनका अनुसार धेरै गृहिणी महिलालाई संविधानको खास वास्ता नभए पनि आर्थिक अवस्था उकास्ने ध्याउन्नचाहिँ छ। 'आफूलाई आर्थिक रूपमा सशक्त बनाउने चाहना धेरै दिदीबहिनीको छ,' उनले भनिन्, 'अरू कुरा थाहा छैन।' आर्थिक रूपमा महिलालाई सशक्त बनाउनका लागि पनि आमाका नामबाट नागरिकता दिने नीति बन्नुपर्ने कुरामा काशीमाया जोड दिन्छिन्।

धम्पुसका सम गुरुङ संविधानले दलित, जनजाति, महिला र मधेसीलाई विशेष अवसरहरूको उपलब्ध हुने बाटो दिनुपर्ने सुझाव राख्छन्। 'यो वर्गलाई विशेष व्यवस्था नभएको संविधान त पुरानैजस्तो भइहाल्छ,' उनले भने, 'जति पनि आन्दोलन भयो, त्यो सबै यही वर्गलाई माथि उकास्न भएको थियो।' संघीयताबारे मस्यौदामा केही नभएको पनि समलाई अनौठो लागेको छ। उनी जातीयभन्दा भौगोलिक आधारमा संघ बन्नुपर्ने धारणा राख्छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस