'जसरी पनि साउनभित्रै संविधान'
२८ असार २०७२
•
१० मिनेट पाठ
'जसरी पनि साउनभित्रै संविधान'
झापा- प्रमुख चार दलका शीर्ष नेताले जस्तोसुकै कठिनाइसँग जुधेर भए पनि साउनभित्र नयाँ संविधान जारी गर्ने सामूहिक दृढता व्यक्त गरेका छन्। जेठ २५ मा भएको १६ बुँदे राजनीतिक सहमतिका हस्ताक्षरकर्ता नेताहरूले झापाको एउटै मञ्चबाट 'मुलुकलाई अब समृद्धिको यात्रामा डोर्या उने प्रण' पनि गरेका छन्।चन्द्रगढी मेची रंगशाला पश्चिमको खाली ठाउँमा बन्ने गिरिजाप्रसाद कोइराला स्मृति सभागृह शिलान्यास गर्न सोमबार झापा सदरमुकाम आइपुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एउटै स्वर गरे, 'अब दुनियाँको कुनै पनि तागतले नयाँ संविधानको बाटो छेक्न सक्ने छैन।'

संविधान प्राप्तिपछि मुलुकले स्थिरता र सुरक्षाको अनुभूति गर्ने भन्दै उनीहरूले त्यो समृद्धितिरको यात्रामा पहिलो कदम हुने बताए। १६ बुँदे सहमतिपछिको एकताले मुलुकलाई 'अभूतपूर्व एकतातिर अघि बढाएको' दाबी गर्दैं उनीहरूले यसको सकारात्मक परिणाम चाँडै आउने पनि बाचा गरेका छन्।

'नयाँ संविधानको जहाज अब उडिसक्यो,' प्रधानमन्त्री कोइरालाले भने, 'हामीसँग आपसी विश्वास र बलियो समझदारी छ। यो जहाजको ल्यान्डिङ असफल हुने कुरै आउँदैन। कसरी असफल हुन्छ?'

उनी अघिका वक्ताहरू ओली, दाहाल, गच्छदार लगायतका नेताले संविधानविरुद्ध केही खेल जारी रहेको बताएका थिए। त्यसको जवाफमा कोइरालाले कुनै शंका नगर्न आश्वस्त पारेका थिए। 'पटक–पटकको आन्दोलनले नेपाली जनतामा ठूलो जागरण ल्याएको छ', प्रधानमन्त्रीले थपे, 'यो जागरण, यो चेतना अब कसैले खोस्न सक्दैन। हाम्रो लोकतन्त्रको रक्षाकवच यही हो।'

नेपालले हासिल गरेजस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न विश्वका धेरै मुलुकमा लाखौंको रगत बगेको प्रसंग सुनाउँदै प्रधानमन्त्री कोइरालाले यसलाई 'लर्तरो ठान्ने गल्ती गर्न नहुने' बताए। 'यो मामुली कुरा होइन,' उनको कथन थियो, 'यसलाई जोगाउनु छ। सुरक्षाका लागि नेपालीमा आएको जागरण काफी छ।'

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि संविधान जारी हुन नदिने प्रपञ्च चलिरहेको बताउँदै त्यसको डटेर मुकाबिला गर्न दलहरू सक्षम रहेको बताए। 'हामी संविधान निर्माणको कामलाई निष्कर्षमा पुर्यासइरहेका छौं,' ओलीले भने, 'तर, संविधान आउन नदिने प्रपञ्च भइरहेको छ। तर, सार्वभौम जनताको हक कसैले रोक्न छेक्न सक्ने छैन। संविधान बन्छ ढुक्क हुनुस्।'

१६ बुँदे सहमतिपछि बिच्किएर असन्तोष प्रकट गरिरहेका शक्तितर्फ लक्षित गर्दै ओलीले नयाँ संविधानले कसैको पनि अधिकार कटौती नगर्ने उल्लेख गरे। 'राणा, पञ्चायत, राजा लगायतको निरंकुशताविरुद्ध लगातार बलिदानी संघर्ष गरेर आएका पार्टी हौं हामी,' उनले भने, 'हामी सबै पार्टी जनताको अधिकार स्थापित गर्नै भनेर लागेका छौं, त्यसैले कसैले चिन्तामा डुब्न जरुरी छैन।'

असमानता, विभेद जस्ता कुराबाट जनतालाई मुक्त गराउन नै प्रमुख दलहरू एउटै धरातलमा उभिएको बताउँदै उनले थपे, 'तर, यस्तो अवस्थामा क्षेत्रीयतावाद भड्काउने, मेरो भाग खै भन्दै खानै मात्रै खोज्ने र अलिकति मान्छे जम्मा गरेर राज्य माग्ने गतिविधि सह्य हुँदैन।' मुलुकको विकास र सुखी जनता सबै दलको मुख्य अभीष्ट भएको उल्लेख गर्दै ओलीले भने, 'निरंकुशताको पर्खाल तोडेर नयाँ नेपाल बनाउने पार्टीहरू हुन् सबै, यसमा ध्यान दिन आग्रह गर्छु।'

कार्यक्रममा एमाओवादी अध्यक्ष दाहाल भावुक रूपमा प्रस्तुत भए। सुरुमै गिरिजाप्रसाद कोइराला र आफूले ठूलो जोखिम मोलेर मुलुकलाई नयाँ दिशा दिएको स्मरण गरेका उनले साउन २० भित्र नयाँ संविधान आउने ठोकुवा गरे। 'साउन १५ देखि २० भित्र नयाँ संविधान जारी गर्ने कुरामा हामीबीच सहमति भएको छ,' उनले भने, 'आज झापाबाट भन्न चाहन्छौं यो साउन नयाँ संविधान प्राप्तिको महिना हुनेछ।'

गिरिजाप्रसाद कोइरालाको स्मृति भवन भनेर व्यस्तताका बाबजुद झापा आएको बताएका उनले कोइरालाले जीवनको अन्तिम समयमा आफूलाई छाडेर गएको विरासतले अब टुंगो पाउन लागेका कारण गौरव लागिरहेको उल्लेख गरे। 'म ज्यादै भावुक ह्ुने गर्छु, आज पनि अवस्था त्यस्तै छ,' मेची रंगशाला छेवैको खुला मैदानमा खचाखच सहभागीको तालीका माझमा उनले थपे, 'गिरिजाबाबु तपाईं जहाँ हुनुहुन्छ, आज भन्न चाहन्छु, म कति ठाउँमा चुकँे होला। हामी सबै चुक्यौं होला। तर, आज फेरि एकजुट भएका छौं। अब हामी देशलाई नयाँ दिशा दिँदैछौं।'

१६ बुँदे राजनीतिक सहमतिपछि एमाओवादी अध्यक्ष दाहाललाई 'सम्झौतापरस्त' भनेर एकथरीले लगातार आलोचना गरिरहेका छन्। उनले त्यसको जवाफ शान्त स्वभावमा भावुक बनेरै दिए, 'पहिलो संविधानसभामा हामी असफल भयौं। परिवर्तन गर्ने, तर संस्थागत गर्न कहिल्यै नसक्ने खालको भयौं। परिवर्तन हुने, तर जनताले महसुस गर्ने गरी त्यसलाई स्थापित गर्न चुक्दै आयौं। यो इतिहास बदल्न र देशलाई प्रतिगमनतिर जान नदिन यो कदम जरुरी थियो।'

'राजनीतिक र प्राकृतिक भूकम्पले देश थिलथिलो बनेका बेला मेरो गोरुको बाह्रै टक्का भन्न छाडेर देशलाई निकास दिने हिम्मत हामीले गरेका हौं,' दाहालको भनाइ थियो, '१६ बुँदे सहमति त्यसैको परिणाम हो।' संविधान निर्माणको काम चुनौतिरहित अझै भइनसकेको उल्लेख गर्दै उनले संघीयता, नागरिकता जस्ता बुँदामा परिमार्जन र परिष्कार आवश्यक रहेको बताए। 'अहिलेको संविधानको मस्यौदा पूरै मन परेको कसैलाई छैन,' उनले भने, 'त्यसैले यो नेपाली जनताको संविधान भएको छ। दुनियाँको कुनै शक्तिले अब रोक्न सक्ने छैन।'

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले १६ बुँदे सहमतिले लामो समयको प्रतीक्षापछि जनआकांक्षा पूरा हुने ढोका खोलेको बताए। 'हामीले वषार्ंैदेखि झेलिरहेको राजनीतिक संकटको समाधान नयाँ संविधान मात्रै हुन सक्छ,' गच्छदारले भने, 'त्यसैले झापाको भूमिबाट हामी भन्न चाहन्छौं, अब संविधान दुनियाँको कसैले रोक्न सक्ने छैन।' दलहरूबीच अहिले 'अभूतपूर्व एकता' रहेको बताउँदै गच्छदारले मुलुकले समृद्धिको यात्रा थाल्ने विश्वास व्यक्त गरे। 'संविधानको प्रारम्भिक मस्यौदा परिष्कृत र परिमार्जन गर्न जरुरी छ, त्यो काम अब छिट्टै सुरु हुँदैछ', उनले भने, 'संविधान आउँछ। र, हाम्रो अहिलेको एकताले अब मुलुकलाई नयाँ दिशामा लैजानेछ।'

कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका प्रमुख सचेतक अग्नि खरेल लगायतका वक्ताले दलहरूको एकताले देशलाई नयाँ उत्साह दिएको र यसलाई कायम राख्न शीर्ष नेताहरू प्रतिबद्ध रहेको बताएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस