ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए
११ वैशाख २०७९
•
२ मिनेट पाठ
ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरूले उम्मेदवारको नाम टुङ्ग्याएका छन्।




सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बनेका छन्।त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा  नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर  डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको  कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ। मुख्य  निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन्।

सत्तासाझेदार दलका बीच सहमति

मुगु– सत्ता साझेदार दलहरूका बीच मित्रवत् प्रतिस्पर्धाको गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबीच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने  निर्णय गरेका थिए।

आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए। केन्द्रको निर्णय नमान्दा आ–आफ्ना पार्टीमा जिल्लाको छवि खराब देखिने भएपछि जिल्लाका शीर्षनेता शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन्।

सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५–५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा कांगे्रसलाई सत्तासाझेदार दलहरूले सहयोग गर्ने सहमति भएको कांगे्रस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिए।  

यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएको थियो। वडा सङ्ख्यामात्र सहमति भएकाले जिल्लाभरि कुन–कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहले सोमबार गर्ने उपसभापति शाहीले बताए। रासस
अर्को समाचार
जहाँ ओलीको भाषण, त्यहीँ हार
०९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
जहाँ ओलीको भाषण, त्यहीँ हार
स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।




स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।

एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे।

त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए। तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए। त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो।

त्यसैगरी वैशाख १८ गते एमाले अध्यक्ष मकवानपुरको हेटौंडा पुगेर भाषण गरेका थिए। त्यहाँ उनले नेकपा एमालेबाहेक अन्य कसैले पनि नजित्ने जनाएका थिए। हेटौंडा उपमहानगरपालिका २०४९ सालदेखि एमालेले जित्दै आएको थियो। त्यहाँ यसपल्ट एमालेबाट विभाजित भएको नेकपा एस पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ।

एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ पनि एमालले पराजय भोग्यो। वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए। त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरेका थिए। वैशाख २६ गते एमाले अध्यक्ष ओलीले पोखरा, ललितपुर र कीर्तिपुरमा सम्बोधन गरेका थिए।

कीर्तिपुरमा कांग्रेसले जीत हासिल गरिसकेको छ भने ललितपुरमा एमालेभन्दा कांग्रेस धेरै मतले अगाडि रहेको छ। त्यस्तै पोखरामा एमाले विरुद्ध गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्य अगाडि रहेका छन्। त्यहाँ पनि एमालेको पराजय निश्चित जस्तै देखिएको छ। त्यसैगरी वैशाख २५ गते भरतपुर पुगेर ओलीले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए। धेरै समय नेकपा माओवादीविरुद्ध अभिव्यक्ति दिएका ओलीले भरतपुरका जनतालाई एमालेलाई मत दिन आग्रह गरेका थिए।

त्यहाँ एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसको गठबन्धन बनेको थियो। एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अघि बढे पनि गठबन्धनको तर्फबाट रेणु दाहालको अग्रता कायमै रहेको छ। भरतपुरमा पनि एमालेले पराजय करिब निश्चित जस्तै बनेको छ। त्यस्तै वैशाख २२ गते कैलालीको धनगढीमा पनि ओलीले भाषण गरेका थिए। त्यहाँ स्वतन्त्रबाट गोपाल हमालले जीत हासिल गरेका थिए।  

वैशाख २७ गते काठमाडौंको भृकुटी मण्डपमा ओलीले काठमाडौंवासी एमालेको पक्षमा रहेको दाबी गरेका थिए। एमालेले काठमाडौंको सवै नगरपालिका जित्ने दाबी गरेका थिए। तर दुई वटा नगरपालिका बाहेक अन्य ठाउँमा एमाले हारेको अवस्था छ। काठमाडौ महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापित निकै पछाडि रहेका छन्। धरान, इटहरीमा पनि ओलीले भाषण गरेका थिए। धरानमा स्वतन्त्रबाट हर्क साम्पाङले जित हाँसिल गरेका छन् भने इटहरीमा कांग्रेसले जित हाँसिल गरेका छ। त्यहाँ एमालेले उपमेयर जितेको छ।

२७ गते झापा मेची पुगेका ओलीले एमालेलाई मत दिन आग्रह गरेका थिए। त्यहाँ कांग्रेसका गणेश पोखरेल १२ हजार ५ सय २५ मत ल्याएर जितेका छन्। त्यही मेची नगरमा भाषण गरेका ओलीले सो नगरलाई चाहिँ जिताएका छन्। त्यस्तै इलामको माई नगरपालिका पनि एमालेका अम्बासिंह लिम्बु ८ हजार एक सय ३२ मत ल्याएर जितेको थिए। त्यहाँ माओवादीलाई हराएका थिए।

स्थानीय निर्वाचनको बेला अन्य नेताहरू भन्दा बढी एमाले अध्यक्ष ओलीले दौडधुप गरेका थिए। सोलुखुम्बुमा पनि पुगेर ओलीले भाषण गरेका थिए। दूधकुण्ड नगरपालिको मेयरमा एमाले अध्यक्ष ओलीले पार्टीमा ल्याएका आङ काजी शेर्पालाई टिकट दिइएको थियो। तर उनले पराजय भोगे। त्यहाँ कांग्रेसले एकलौटी रूपमा चुनाव जितेको छ।

त्यसैगरी सोलुमा अघिल्लो पटक चारवटा स्थानीय तह जितेको एमालेले यसपटक दुई वटामा खुम्चिएको छ। त्यसैगरी चैत र वैशाखमा दुई पटक विरगन्ज पुगेका ओलीले पर्साका जनताले एमालेलाई जिताउने उद्घोष गरेर आएका थिए। तर वीरगन्ज नगरपालिकामा एमालेका विजय सरावागीको पराजय निश्चित जस्तै भएको छ। एमालेका नेताहरूको भनाइमा पनि ओली जहाँ पुगे त्यहाँ सत्ता गढबन्धनले एमाले हराउने अभियान नै थालेका थिए ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस