काठमाडौं– सार्वजनिक लेखा समितिले त्रिपाल अनियमितता बारेमा जानकारी लिन पहिलो चरणमा शहरी विकास मन्त्री नारायण खड्का र मन्त्रालयका सचिव अर्जुन कार्कीलाई बैठकमा बोलाउने निर्णय गरेको छ। समितिको बुधबारको बैठकका निर्णयबारे जानकारी दिँदै समिति सभापति जनार्दन शर्माले विपत्तपछिको राहत सामग्री खरिद, वितरण र भण्डारणमा भएका अनियमितता छानविन शहरी विकास मन्त्रालयको त्रिपाल खरिद प्रकरणबाट शुरु गर्न लागेको जनकारी दिए।
‘आगामी ४ गतेको बैठकका लागि शहरी विकास मन्त्रालयका मन्त्री र सचिवलाई बैठकमा बोलाउने निर्णय गरेका छौं,’ सभापति शर्माले भने, ‘त्रिपालमा भएको अनियमितताको विषयलाई टुङ्गोमा पुर्याएपछि अन्य विषयगत मन्त्रालयहरुलाई पनि बोलाइने छ।’
विपत्तपछिको उद्दार, राहत तथा पुनस्र्थापनाका विषयमा ८ भन्दा बढी मन्त्रालय लेखाको छानविनको दायरामा परेको सभापति शर्माले बताए। शहरी विकास, संघीय मामिला तथा स्थानीय विकास, गृह, अर्थ, वाणिज्य तथा आपूर्ति, शिक्षा, रक्षालगायतका मन्त्रालय छानविनको दायरामा रहेको सभापति शर्माले बताए।
गृह मन्त्रालयले भन्सार छूटमा भित्र्याएको २४ वटा एक्साभेटर, अर्थ मन्त्रालयले कालिका कन्सट्रक्सनलाई भन्सार छुटमा ल्याउन दिउको ८ वटा एक्साभेटर, शिक्षा मन्त्रालयले भन्सार छुटमा भित्र्याएको करिब ५० करोड रुपैयाँ बराबरको सामग्री, रक्षामन्त्रालयमार्फत नेपाली सेनाका लागि ल्याइएको हेलिकोप्टर तथा विना टेण्डर भित्र्याउन लागिएको हतियारको विषय लेखासमितिको छानविनको दायरामा रहेको सभापति शर्माले बताए।
शहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमध्ये ३ हजार १ सय ९९ थान त्रिपाल बिनाभर्पाई वितरण गरेको भन्दै समितिले अध्ययन थालेको छ। त्यस्तै, त्रिपालको गुणस्तर र खरिद मूल्य पनि समितिको छानविनको विषय बनेको छ।
समिति बैठममा बोल्दै सभासद् धनराज गुरुङले शहरी विकास मन्त्रालयले केही सभासद् र पत्रकारलाई त्रिपाल बाँडेर सम्पूर्ण सभासद् र पत्रकारलाई नै अनियमितता गरेको भन्ने देखाउँदै आफू चोखो हुन खोजेको बताए। ‘केही सभासद्लाई लाइनमा राखेर र पत्रकारलाई त्रिपाल बाँडेर सबैलाई एउटै डालोमा हाल्न मिल्दैन,’ उनले भने, ‘माननीय सभासद्हरु, मन्त्रीहरु, सचिवहरु, पत्रकारहरुका नाममा बिना भर्पाइ नै बाँडेको र हावाहुरी, आपत्विपत् र लोडसेडिङले भर्पाइ नगरी त्रिपाल वितरण गरिए भनेर भन्दैमा उन्मुक्ति पाउने कुरा हो र ?’
सभासद् हरिप्रसाद नेपालले भने विपत्तको अवस्थामा कानूनी प्रक्रिया पुर्याउन नसकिएको हो भने त्यस्तो अवस्थाको कानूनी त्रुटिलाई माफ गर्न सकिने भए पनि भ्रष्ट मनशायनै देखिएको अवस्थामा कारवाही जरुरी भएको बताए। सभासदले नेपालले विपत्लाई मौका बनाइ चौका हान्न खोज्नेलाई कारवाही माग गरेका थिए। सभासद् दीपक गिरीले मौका चौका मात्र नभइ छक्का हानेको टिप्पणी गरे। मौकामा छक्का हान्न खोज्ने भ्रष्टहरुलाई कडा कारवाही हुनु पर्ने उनले माग गरे।