काठमाडौं-सरकारले विभिन्न मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ। नेपाली कामदारलाई सम्झौताअनुसार तलब र सुविधा नदिने कम्पनीमा नयाँ कामदार पठाउन सरकारले रोक लगाएको हो।वैदेशिक रोजगार विभागका अनुसार चार मुलुकका ५७ कम्पनीमा कामदार जान बन्देज छ। तीमध्ये ५२ वटा कम्पनी मलेसियाका मात्र छन्। मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य हो। रोक लगाइएका अन्य मुलुक युएईको १, कतारका २ र साउदी अरबका २ कम्पनी छन्।
युएईको अल हामद डेभलपमेन्ट कन्स्ट्रक्सन कम्पनी, कतारको कतार अरब कन्स्ट्रक्सन लिक र खालिद विन फाद ट्रेडिङ एन्ड कन्ट्राक्टिङ त्यस्तै साउदी अरबको साउदी हादी अल–दोसरी स्टाब्लिसमेन्ट फर कन्ट्राक्टिङ र इस्टर्न हेरिटेज जी कन्ट्राक्टिङ एन्ड जी क्लिनिङ एन्ड पेस्ट कन्ट्रोल कम्पनी रहेका छन्।
मलेसियाको ५ स्थानमा रहेका कोन्सर्टियम पासर बोरोङ एसडिएन बिएचडी, पाइन जाटी कर्पाेरेसन एसबी, म्याक्सलिन गार्मेन्ट एसबी, पांगिल्मा इन्टान क्लिनिङ सर्भिस एसबी, केएफसी होल्डिङ, मलेसिया बिएचडी, पर्डेना क्लिनिङ सर्भिस, एएचएम कन्सल्टेन्सी एन्ड सेक्युरिटी सर्भिस एचबी, एआरआर एन्ड अज्लान एसबी, सिएस मेटल इन्डस्ट्रिज मलेसिया एसबी, कार्पेट राया म्यानुफ्याक्चरिङ एसबी, चोन कि उडवर्कस् एसबी, फार्मपेभ एम एसबी, गुवाङ ली फर्निचरलाई पनि कालो सूचीमा राखेर कामदार पठाउन रोक लगाइएको छ।
त्यस्तै, मलेसियाकै एचएलएच उड इन्डस्ट्रिज, इन्स्याम्बु टिलिङ एसबी, कार्या लिजन्ड एसबी, केनविन इन्जिनियरिङ एसबी, किलाङ पापान डाटुक वान अहमाद एसबी, ल्यान्डअसान सेमपुर्ना, ल्याङकापाडु एम एसबी, एम१० विल्डर्स एसबी, मेगामल डेभलपमेन्ट एसबी, नियन अलिक एसबी, पेर्नी अगान लिउ, रेस्टुरेन्ट राजा अर्रित, आरएनई कोन्सर्टियम एसबी, एसजी मेदा पोलिउड एसबी, सेलानंगर कटन टावल्स म्यानुफ्याक्चरिङ एसबी, सियाङ इन्डस्ट्रिज, टार्गेट प्रोफेसनल होल्डिङ एम एसबी पनि कालोसूचीमा रहेका छन्।
मलेसियाकै विभिन्न सहरमा रहेका टिएसई क्लिनर सर्भिस, सोभिना गार्भेन्ट एसबी, कोक हेङ क्लिनिङ सर्भिस, स्वायर एसबी, लिजन्ड प्लान, खिम सेङ फर्निचर, फोर्मपेभ एम एसबी, डिके लेदर सिट्स एसडिएन बिएचडी, जिएलसी क्लिनिङ एन्ड मेन्टेन्स्, कान्सोर्टियम पासार बाराङ केएल, मेलुर साउजाना एसडिएन बिएचडी, एम–लो बिल्डिङ एचडिएन बिएचडीको २ स्थानका कम्पनी, एए एसिया सेटिया एसडिएन बिएचडी, उसाहाटेक एसडिएन बिएचडी, इर्ती अनगगल एसडिएन बिएचडी, वेल्थरिच ग्लोबल एम एसडिएन बिएचडी कम्पनी पनि कालोसूचीमा राखिएका छन्।
वैदेशिक रोजगार विभागका निर्देशक बद्री काकीले विगतमा नेपाली कामदार लगेर सम्झौताअनुसार तलब र सुविधा नदिने कम्पनीलाई त्यस देशमा रहेका नेपाली दूतावासको सिफारिसमा कालोसूचीमा राखिएको बताए।
तलब र सुविधा नदिने तथा बिदामा फर्कन नदिने कम्पनीका विषयमा सम्बन्धित देशको दूतावासमा उजुरी पर्ने र दूतावासले समस्या समाधान गने खोजे पनि नमान्ने कम्पनीलाई नेपालबाट कामदार पठाउन रोक लगाइएको नागरिकलाई बताए। ‘ती कम्पनीका विषयमा विभागबाट पूर्वस्वीकृति नै निस्कँदैन,' उनले भने, ‘पटक–पटक समस्या आइरहने कम्पनीका विषयमा धेरै गुनासो बढेपछि कामदार पठाउन नै रोक लगाइएको हो।'
उनले ती कम्पनीका लागि मागसमेत नल्याउन नेपालका म्यानपावर कम्पनीलाई खबर गरिसकेको बताए। ‘ती कम्पनीको नाम विभागको वेबसाइटमा समेत उल्लेख छ,' उनले भने।
करिब ९ लाख नेपाली कामदार कार्यरत मलेसियामा पछिल्लो पटक तलब र सुविधा नदिइने, कम्पनी र जेलमा यातना दिइने गरेको कामदारले बताउँदै आएका छन्। वैशाखमा मात्रै मलेसियामा ८ हजार ८ सय ४७ जना कामदार गएका छन्। त्यसपछि कतार ८ हजार १ सय ३०, साउदी अरब ७ हजार ४ सय १२ जना कामदार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले सरकारले कालो सूचीमा राखेको विदेशी कम्पनीमा व्यवसायीले कामदार पठाउने मात्र होइन नयाँ माग नै नल्याउने बताए। ‘पहिला कामदार पठाए पनि नयाँ कामदार पठाउने बेला ती कम्पनीमा नयाँ माग नै ल्याउँदैनौं,' उनले भने, ‘विभागले अनलाइनमा सबैले देख्ने गरी कालो सूची राख्नुपर्छ। नत्र कहिलेकाहीँ विदेशमा पुगेर माग ल्याउँदा नेपालमा कालो सूचीमा परिरहेको हुँदा व्यवसायीको लगानी डुब्न सक्छ।' कालो सूचीमा राख्नेबित्तिकै व्यवसायीलाई तत्काल जानकारी दिनुपर्ने उनले बताए।
कालो सूचीमा परेर कामदार पठाउन रोक लगाइएको विदेशी कम्पनीले सम्बन्धित देशको मुलुकमा कामदारको तलब र सुविधा साथै सम्झौताअनुसार काम गरेको विषयमा जानकारी गराएर दूतावासले निरीक्षण र कामदारसँग सोधपुछ गरेपछि कालो सूचीबाट हटाउन नेपालमा विभागलाई पत्राचार गर्ने विभागले जनाएको छ।
विभागका निर्देशक कार्कीले कालो सूचीमा राख्न दूतावासबाट सिफारिस भएअनुसार नै सबै प्रक्रिया पुरा गरेर आए मात्र कालो सूचीबाट हट्ने बताए। ‘कालो सूचीबाट हटेपछि मात्र नेपाली व्यवसायीले नेपाली कामदार ती कम्पनीमा पठाउन सक्छन्,' उनले भने।