गोरखाबजार- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले राष्ट्रिय सरकार नखोजेको बताएका छन्। 'हामीले राष्ट्रिय एकता चाहियो भनेका हौं, राष्ट्रिय सरकार होइन,' गोरखाको आरुघाटस्थित भीमोदय उच्च माविमा आज टहरो बनाउँदै उनले भने, 'कसैलाई मन्त्री बनाउन, मन्त्रिपरिषद् विस्तार गर्न राष्ट्रिय सरकार गठन गर्नु हुँदैन।'नयाँ संविधान निर्माणको लागि दलहरूबीच सहमति जुट्ने वातावरण देखिएमा राष्ट्रिय सरकार गठन गरेर अघि बढ्न सकिने उनको भनाइ छ।
एमाओवादीले राष्ट्रिय एकता चाहेको बताउँदै उनले राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सरकार आवश्यक नपर्ने तर्क गरे। 'कसैलाई मन्त्री हुन मन लाग्यो भन्दैमा राष्ट्रिय सरकार गठन गर्न हुँदैन,' उनले भने, 'संविधान निर्माण, भूकम्पले ध्वस्त भएको संरचना पुनःनिर्माण र नवनिर्माणको नयाँ नीति तथा कार्यक्रम ल्याएर प्रष्ट दृष्टिकोण देखिएमा नयाँ नेतृत्व खोजेर सरकार गठन गर्न सकिन्छ, होइन भने यही सरकार रहिरहन्छ।'
गाउँवस्ती पुनःनिर्माणका लागि नेता-कार्यकर्ता परिचालन गर्नुपर्ने भन्दै दाहालले पुनःनिर्माण तथा श्रमदान अभियानमा सबै जुट्न आग्रह गरेका छन्। चीन-भारत र नेपालबीच त्रिदेशीय साझेदारी गरेर देशमा सहयोग भित्र्याउन लाग्नुपर्ने उनको तर्क छ। भारत र चीनबीच आर्थिक सम्झौता भइसकेको भन्दै उनले नेपालले दुवै छिमेकी देशसँग समन्वय गरेर पुनःनिर्माण, नवनिर्माणमा सहयोग लिनुपर्ने अध्यक्ष दाहालले बताए। रासस