द्वन्द्वपीडितलाई थप एक लाख, सुरक्षाकर्मी परिवारलाई तत्काल नदिइने
१३ जेष्ठ २०७२
•
७ मिनेट पाठ
द्वन्द्वपीडितलाई थप एक लाख, सुरक्षाकर्मी परिवारलाई तत्काल नदिइने
इलाम– सरकारले सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाउने तथा बेपत्ता हुने व्यक्तिका परिवारलाई तेस्रो चरणको राहतस्वरुप आर्थिक सहयोग गर्न लागेको छ। शान्ति स्थापनापछि दुई चरणमा तीन-तीन लाख रुपैयाँ दिइएका द्वन्द्वपीडितलाई तेस्रो चरणअन्तर्गत थप एक-एक लाख रुपैयाँ दिन लागिएको हो। 

राहतको यो प्याकेजमा द्वन्द्वकालमा ज्यान गुमाउने र बेपत्ता हुने सुरक्षाकर्मीका परिवारलाई भने समेटिएको छैन ।

शान्ति तथा पुननिर्माण मन्त्रालयअन्तर्गत राहत तथा पुनःस्थापना इकाईले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय शान्ति समितिको कार्यालयमार्फत द्वन्द्वपीडित परिवारलाई तेस्रो चरणको राहत दिन लागेको हो। द्वन्द्वमा मृत्यु हुने र बेपत्ता हुने व्यक्तिका नजिकका हकदारलाई दिइने भनिएको एक-एक लाख जिल्ला प्रशासनमा आइसकेको र सम्बन्धित व्यक्तिलाई कागजी प्रक्रिया पुर्‍याएर सम्पर्क राख्न आग्रह गरिएको छ।

'लामो समयदेखि राहतको प्रतीक्षामा बसेका द्वन्द्वपीडितले ढिलै भए पनि एक-एक लाख रुपैयाँ पाउने भएका छन्' शान्ति समिति इलामका संयोजक डिकेन्द्र इधिंगोले भने, 'यसले पीडितलाई केही न केही सहयोग पुर्यानइ शान्ति स्थापनका काममा सघाउ पुर्याोउने अपेक्षा गरिएको छ।'

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका परिवारबाहेक इलाममा द्वन्द्वपीडित एक सय १९ व्यक्तिका हकदारलाई राहत दिइनेछ।

समिति संयोजक इधिंगोका अनुसार, आर्थिक सहायता लिन द्वन्द्वपीडितका नजिकका हकदारले सातवटा कागजी प्रक्रिया पूरा गर्नुपर्नेछ । जसमा, हालसालै खिचेको फोटो, नागरिकताको फोटोकपी, नेपाल बैंक लिमिटेडको खाता नम्बर, हकवाला फेरिएमा नाता प्रमाणितको फोटोकपी आदि आवश्यक पर्नेछन् । नाबालकको हकमा संरक्षकसहित आउनुपर्ने र मृतककी श्रीमतिले दोस्रो विवाह गरे हकदार नमानिने उल्लेख छ ।

'इलाममा तत्कालीन विद्रोही माओवादी र सुरक्षाकर्मीका तर्फबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक सय १५ छ' संयोजक इधिंगोले नागरिकलाई भने, 'बेपत्ता हुने चारसहित एक सय १९ जना द्वन्द्वपीडितलाई एक÷एक लाख रुपैया" दिन लागिएको हो ।' जिल्लामा रकम निकासा भइसकेको र सम्बन्धितलाई कागजी प्रक्रिया पु¥याएर अविलम्ब सम्पर्कमा आउन स्थानीय सञ्चारमाध्यममार्फत सूचित गरिएको उनले बताए।

घोषणामै सीमित उपचार
सशस्त्र द्वन्द्वको समयमा जनसाधारणमा परेको मानसिक असर हटाउन सरकारले अघि सारेको मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम घोषणामै सीमित छ । जसका कारण पीडितहरु कष्टपूर्वक बा"च्न बाध्य छन् । पुनस्र्थापनाका माध्यमले पीडितको समस्या न्युनीकरण गर्ने सरकारी योजना अझै कार्यान्वयन भएको छैन । यसले द्वन्द्वको मानसिक पीडा खेपिरहेका देशभरका हजारौं व्यक्ति प्रभावित छन् ।

सरकारले शान्ति तथा पुननिर्माण मन्त्रालयमार्फत घोषणा गरेको 'मनोसामाजिक परामर्श सेवा सञ्चालन' लामो समय बित्दा कार्यान्वयन नभएको हो । मन्त्रालयले कार्यक्रम अघि बढाउन तयार पारेको 'सेवा सञ्चालन निर्देशिका–२०७०' दुई बर्ष अघि नै सरकारले स्वीकृत गरे पनि द्वन्द्वले मानसिक असर खेपिरहेका लक्षित व्यक्तिले कुनै उपचार पाएका छैनन् । उपचार सुविधा नपाई ज्यान गुमाउने धेरै छन् ।

निर्देशिकामा २०५२ फागुनदेखि २०६३ मंसिर ५ सम्म राज्य र तत्कालीन विद्रोही माओवादी पक्षवीचको सशस्त्र द्वन्द्वमा पीडित भएकालाई सेवा दिइने उल्लेख छ । 'द्वन्द्वले उत्पन्न विभिन्न प्रकृतिका पीडा, चिन्ता, भय, त्रास आदिले मानसिक असर परेका व्यक्तिलाई सुविधा दिइनेछ' निर्देशिकामा भनिएको छ, 'पीडितलाई तीन बर्गमा पहिचान गरी मनोचिकित्कबाट उपचार गरिनेछ ।'

द्वन्द्वपीडितको अवस्था हेरी तीन किसिमका (सामान्य, मध्यम र विशेष) सेवा दिइने योजना छ । सेवा दिन मन्त्रालयबाट केही सरकारी, गैरसरकारी र निजी संस्थाले छनौट भई कार्यादेश पाउनेछन् । उनीहरुले अतार्किक डर, दुश्चिन्ता, अवसाद हुने र आत्महत्या सोच राख्ने पीडितको उपचार गर्नेछन् । सिजोफ्रेनिया, डिप्रेसन, पागलपनको लक्षण देखिएका पीडितलाई विशेष सेवा प्रदान गर्ने लक्ष्य छ । पीडितलाई मनोचिकित्सकद्वारा सेवा दि"दै अवस्था हेरेर फिजियोथेरापी, व्यायाम, पीडासमन र शल्यक्रियासमेत गराउने भनिएको छ । निःशुल्क दिइने यी सेवा लिनेक्रममा हुने यातायात, खाजा, खाना र लजमा हुने खर्चबापत पीडितलाई सरकारले नै रकम दिनेछ । त्यसको दर रेटसमेत छुट्याइएको छ । त्यस्ता द्वन्द्वपीडित पहिचान गरि उपचारमा छनौट गर्ने जिम्मा सिफारिस एवं अनुगमन समितिको हुनेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस