काठमाडौं–सरकारले अगामी असार मसान्तसम्म निजामती, स्वास्थ्य र संसद सेवाका कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट महाभूकम्पपश्चात कर्मचारी उद्धार कार्यमा खटिइरहेको र थप कर्मचारी परिचालन गर्नुपर्ने भएकाले वैदेशिक तालिम, गोष्ठी तथा अध्ययन भ्रमणमा रोक लगाएको हो।सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै अप्ठेरो काम गर्नुपर्ने बेला आए विभिन्न बहाना बनाएर कर्मचारी विदेसिने, कार्यक्षेत्र नजाने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरिएको बताए। 'राष्ट्र समस्यामा परेको छ, जनताले तिरेको करबाट तलब खाएको कर्मचारी जनताप्रति नै केन्द्रित हुनुपर्यो,' मन्त्री पण्डितले विहीबार नागरिकसँग भने, 'सरकारी ढुकुटी सकेर कोही कर्मचारी जिम्मेवारीबाट पन्छिने बाटो नबनोस् भनेर यस्तो निर्णय गरिएको हो।' मन्त्री पण्डितले निर्णयका विषयमा आइतबारै सबै सरकारी निकायमा पत्राचार गरिएको जानकारी दिए।
मन्त्रालयले कुनै पनि अन्तर्राष्ट्रिय वा क्षेत्रीय सम्मेलनमा प्रतिनिधित्व नगरी नहुने अवस्था आएमा परराष्ट्र मन्त्रालयको सिफारिसअनुसार सकभर धेरै दिन नलाग्नेगरी प्रतिनिधित्व गर्न भनेको छ। 'राष्ट्रिय महत्व र जिम्मेवारीका हिसावले नगइनहुने अवस्था आए परराष्ट्र मन्त्रालयको सिफारिसमा विशेष निर्णय गरेरमात्रै सहभागी हुनुपर्छ,' मन्त्री पण्डितले भने।
हाल सरकारका उच्च अधिकारीहरु विभिन्न बहाना बनाएर राज्यको ढुकुटीबाट विदेश भ्रमण गर्छन्। मन्त्री पण्डितले कार्यक्षेत्र नगई यस निर्णयलाई अटेर गर्नेलाई बर्खास्तीसम्मको कारबाही गरिने बताए। 'अब कार्यक्षेत्र नजानेलाई सुरुको न्यूनतम कारबाही भनेको निलम्वन हो,' उनले भने, 'सबै कर्मचारीलाई कार्यक्षेत्रमा उपस्थित भएर प्रतिबद्ध र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिइएको छ, नजानेलाई निलम्वनदेखि बर्खास्तीसम्मको कारवाही हुन्छ।' उनले अंगभंग र गम्भिर प्रकृतीको विरामी परेका बाहेक अन्य कार्यक्षेत्रमा नियमित रुपमा खटिनैपर्ने र सरकारले त्यसको नियमित अनुगमन गर्ने जानकारी दिए।
गाविस सचिवलाई कारबाही गर्न निर्देशन
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पका कारण ठूलो जनधनको क्षति हुँदा समेत गाउँ विकास समिति (गाविस) का सचिवहरु कार्यक्षेत्र नपुगेको भन्दै गाउँ नजाने सचिवलाई कारबाही गर्न सम्बन्धिन जिल्ला विकास समितिलाई निर्देशन दिएको छ।
भूकम्पका कारण जनधनको क्षति भएपछि राहत, पुनर्स्थापना एवं विपद व्यवस्थापनका कार्यमा सहजीकरण गर्न गाविस सचिवलाई खटाइए पनि हालसम्म नपुगेको जानकारी आएको भन्दै कार्यक्षेत्र नजानेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयले निर्णयबारे सबै जिल्लामा परिपत्र गरिसकेको छ।
मन्त्रालयले बिहीबार भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलान्चोक, सिन्धुली, दोलखा, मकवानपुर, ओखलढुंगा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौं, ललितपुर र भक्तपुर जिविसलाई पत्र लेख्दै अटेरी कर्मचारीलाई कारबाही गरी मन्त्रालयमा जानकारी गराउन भनेको छ।
स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जनता समस्यामा परेका बेला समेत सचिव जिम्मेवारीबाट भाग्ने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको बताए। 'गाविसमै बस्नुपर्ने सचिव यस्तो विपत्तिका बेला पनि कार्यक्षेत्रमा नजाने, अब त अत्ति भो,' सहसचिव भट्टराईले नागरिकसँग भने, 'जो कार्यक्षेत्र जाँदैनन्, उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न जिविसलाई निर्देशन दिएका छौं।'
भूकम्पको विनाशपश्चात गाविस सचिव नै गाउँ नजाँदा राहत वितरणमा समस्या भएको व्यापक जनगुनासो बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। निजामती सेवा ऐनअनुसार कार्यक्षेत्रमा नखटिने र आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई निलम्बन गर्नेदेखि प्रक्रिया पुर्याएर सेवाबाट बर्खास्त गर्न सक्नेसम्मको व्यवस्था छ।
महाभूकम्पका कारण आएको विपत्तिपछि देश विदेशबाट स्वयंसेवक र जनतासमेत स्वतःस्फूर्तरूपमा उद्धार र राहत सामग्री वितरणमा जुटे पनि सरकारी कर्मचारी भने कार्यालयमा हाजिर गरेर हिँड्ने गरेका छन्। महाभूकम्पपछि सिंहदरबारका विभिन्न मन्त्रालयका कर्मचारी न उद्धारमा छन् न त कार्यक्षेत्रमै। कतिपय भने कार्यालयको बगैँचामा घाम तापेर सरकारलाई गाली गर्दै दिन कटाउने गरेका छन्।