काठमाडौं– नेपाली कांग्रेसले हालै आएको भूकम्पबाट पीडितलाई राहतका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।संसदीय दल कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले राष्ट्रिय वाणिज्य बैंकमा भूकम्पपीडित सहयोग कोषको खाता खोलेको जनाएको छ। संकलन भएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराइने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
भूकम्पपीडितलाई सहयोग पुर्याबउन विभिन्न आठ समिति गठन गरिएको जानकारी दिँदै पौडेलले विपतका बेला सहयोगमा जुट्न सबैलाई आह्वान गरे।
सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार र पुनर्निर्माण कार्य गर्नुपर्ने जनाउँदै कांग्रेसले राहत वितरण वैज्ञानिक तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ। ‘निष्पक्ष तरिकाले सही तथ्यांक लिएर पीडितको वर्गीकरण गर्नुपपर्छ,' पौडेलले भने, ‘हाम्रो पार्टीका कार्यकर्तालाई पनि आआफ्नो क्षेत्रमा गाउँ र नगर समिति बनाएर उद्धारमा जुट्न आग्रह गर्दछु।'