काठमाडौं–सरकारले पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको निधनमा शोक मनाउन शुक्रबार सार्जजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।पुर्वप्रधानमन्त्री थापाको बुधबार राति भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको थियो। थापाको राजकीय सम्मानकासाथ अन्तेष्टि गर्ने सरकारले निर्णय गरेको छ भने एक दिन आधा राष्ट्रिय झण्डा झुकाउने तथा स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा विदा दिने निर्णय गरेको छ।
आजै दिल्लीबाट ल्याइने थापाको पार्थिक शरीर थापा निकास मालिगाउँमा राखिने भएको छ। शुक्रबार विहान पार्टी कार्यलय चाबहिलमा श्रद्धान्जली दिने व्यव्यस्था मिलाउन र दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीको लागि थापाको पार्थिक शरीर राखिने भएको छ।