लहान-सहरी विकासमन्त्री नारायण खड्काले प्रदेशको संख्या र नाम थाती राखेरै भए पनि जनतालाई छिटो संविधान दिनु पर्ने धारणा ब्यक्त गरेका छन्। सबैको पहिचान झल्कीने गरी संविधान आउने उनको भनाई थियो।
तेस्रो सगरमाथा महोत्सवको शुक्रवार लहानमा उद्धघाटन गर्दै मन्त्री खड्काले अतिवादले देशको सम्वृद्धि ओझेलमा पारेको उल्लेख गरे। उनले शान्ति विथोल्ने अतिवादलाई सबै मिलेर निरुत्साहित पार्नु पर्नेमा जोड दिए।
संविधान नआए शान्ति संस्थागत नहुने उनको तर्क थियो।'शान्ति नभए बाहिरी लगानीको माहौल तयार हुँदैन,'सवै मिलेर यो देशलाई शान्त र सम्वृद्ध बनाउने तर्फ जुटौं' खड्काको भनाई थियो।