काठमाडौं— नेपालको सामाजिक प्रगतिको अवस्था छिमेकी मुलुक भारत अनि बंगलादेशको भन्दा राम्रो भएको एक अन्तरार्ष्ट्रिय अनुसन्धानले देखाएको छ।
वासिङ्टन डिसी मुख्यालय भएको सोसल प्रोग्रेस इम्पेरेटिभले १३३ भन्दा बढी देशको 'सोसल प्रोग्रेस इन्डेक्स' जारी गर्दै नेपाललाई ९८ औं स्थानमा राखेको हो। बिहीबार लन्डनमा जारी गरिएको प्रतिवेदनअनुसार भारत १०१ स्थानमा छ भने बंगलादेश १०० औं स्थानमा छ।
नेपाल 'न्युनमध्यम सामाजिक प्रगति' गर्ने मुलुकको सूचिमा छ भने भारत र बंगलादेश 'कम सामाजिक प्रगति' गर्ने मुलुकको सूचिमा छन्।
इन्डेक्समा नर्वे एक नम्बरमा छ।
सामाजिक प्रगतिको अवस्था अति उच्च रहेका शीर्ष देशहरुमा स्क्यान्डिनेभियन मुलुकहरुको बर्चस्व देखिएको छ। नर्वे, स्विडेन, स्विजरल्यान्ड, आइसल्यान्ड, न्युजल्यान्ड, क्यानडा, फिनल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स र अष्ट्रेलिया क्रमसः पहिलोदेखि दशौं नम्बरमा रहेका छन्। अमेरिका १६ औं स्थानमा छ भने दक्षिण एशियाली मुलुक श्रीलंका ८८ औं स्थानमा छ।
स्वास्थ्य, खानेपानी तथा सरसफाइ, निजी सुरक्षा, अवसरमा पहुँच, सहनशीलता, समावेशी, व्यक्तिगत स्वतन्त्रता र छनौट शीषर्षकमा अनुसन्धान गरी प्रतिवेदन प्रकाशित गरिएको सोसल प्रोग्रेस इम्पेरेटिभका निर्देशक जोनाथन टल्बोटले बताए। 'दक्षिण एशियाबाट नेपाल ९८ औं स्थानमा छ', नागरिकन्युजलाई इमेल जवाफ फर्काउँदै उनले भने, 'तर समान आय भएका अन्य देशको तुलानामा नेपालले राम्रो गरिरहेको देखिएको छ।'
अनुसन्धानमा कूल १६२ मुलुक सहभागी थिए। १३३ मुलुकले मात्र सबै शीर्षकको अनुसन्धानमा सहभागिता जनाएका थिए। सो अनुसन्धान ५२ शीर्षकमा भएको थियो।