सिक्किमको नाथुलाबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कैलाशयात्रा
२० चैत्र २०७१
•
७ मिनेट पाठ
सिक्किमको नाथुलाबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कैलाशयात्रा
इलाम–शिव पार्वतीले तपस्या गरेको पवित्र तीर्थस्थलका रुपमा विश्वास गरि"दै आएको एउटा गन्तव्य हो– तिब्बतको कैलाश। ६ हजार ६ सय ३८ मिटर अग्लो कैलाश पर्वतको काखमा पुग्न हिन्दु धर्मावलम्वीलाई जति हुटहुटी हुन्छ, आसपासको मानसरोवर तालमा रम्न जाने चाहना पनि उत्तिकै हुन्छ। हिन्दु धर्मावलम्वीले पवित्र तीर्थस्थल मान्दै आएको कैलाश पर्वत पुग्न अब सिक्किमको नाथुला नाका पनि खुलेको छ।लाखौं हिन्दु धर्मावलम्वी बसोबास गर्ने भारतबाट बर्षेनी कैलाश घुम्न जाने परम्परालाई मध्यनजर गर्दै छोटो बाटोका रुपमा यसै बर्षदेखि नाथुला नाका खोल्न लागिएको हो। आठै दिनमा पूरा हुने भनिएको यात्राको पहिलो चरणमा एउटा टोलीको नेतृत्व गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं कैलाश जाँदैछन्। भारतीयले यसअघि स्थल मार्गका रुपमा उत्तराखण्डको लिपुलेक नाका हु"दै कैलाश यात्रा गर्ने गरेका थिए।'कैलाश जाने तीर्थयात्रीका लागि उत्तराखण्डको लिपुलेक जस्तै अब सिक्किमको नाथुला नाका पनि खोलिएको छ' आगामी १२ जूनमा सुरु हुने यात्राबारे भारतीय विदेश मन्त्रालयको वेवसाइटमा भनिएको छ, 'नाथुला नाका खुलेपछि कैलाश घुम्ने भारतीय तीर्थयात्रीलाई समयदेखि धेरै कुरामा फाइदा पुग्नेछ।' यसबर्ष लिपुलेक र नाथुला नाकाबाट १ हजार ३ सय ३० भारतीय कैलाश पुग्ने मन्त्रालयले जनाएको छ।

पहिलो बर्ष नाथुला नाकाबाट ५०/५० जना तीर्थयात्रीको चार समूह कैलाश जानेछ। ती प्रत्येक समूहमा पा"च जना सपोर्टिङ स्टाफ र एक जना नोडल अफिसर रहने व्यवस्था मिलाइएको छ। सिक्किमको राजधानी गान्तोक हु"दै नाथुला नाका निस्किन तीर्थयात्रीको त्यो टोली 'फ्ल्याग मार्च'सहित नयाँ दिल्लीबाट १२ जूनमा बाटो लाग्ने जनाइएको छ। उनीहरु नाथुला नाकाबाट बस यात्रा गर्दै कैलाशतिर लाग्नेछन्। तीर्थयात्रीको सुविधालाई मध्यनजर गर्दै सिक्किम र तिब्बत सरकारले नाथुलादेखि सिगात्सेसम्मै ठाउ"–ठाउ"मा विश्रामस्थल बनाएका छन्। आरामदायी बसमा खानाको समेत प्रवन्ध मिलाइएको सिक्किम सरकारका पर्यटन विभाग सचिव सी चाङ्गपोले जनाएका छन्। 'नाथुला–कैलाश नाका खुल्ने भएपछि भारतीय तीर्थयात्रीको सुविधा मध्यनजर गर्दै सबै किसिमको तयारी गरिएको छ' चाङ्गपोले संवाददाताहरुलाई भनेका छन्।

उत्तराखण्डबाट भारतीयलाई कठिन मानिएको कैलाश तीर्थयात्रा नाथुलाबाट छोटो र सजिलो हुने चाङ्गपोको विश्वास छ। उनका अनुसार, उत्तराखण्डबाट प्रतिव्यक्ति एक लाख ५० हजार भारतीय रुपैयाँमा गर्न सकिने कैलाश यात्रा नाथुलाबाट २० हजार बढी अर्थात् एक लाख ७० हजार रुपैयाँमा गर्न सकिन्छ। आर्थिक रुपले थोरै मह"गो परे पनि दूरी र भूगोलका हिसावले नाथुलाबाट गरेको यात्रा अर्थपूर्ण हुने उनको दावी छ।साढे १९ हजार फिटसम्म अग्लो भूभाग छिचोलेर नाथुलादेखि सिगात्से पुग्न १ हजार ५ सय ६६ किमी दूरी पार गर्नुपर्छ। पवित्र ताल मानसरोवरप्रति आकर्षित हु"दै त्यहा" पुग्ने भारतीयलाई ब्रम्हपुत्र, सिन्धु, सतलज जस्ता नदीका मुहानले झनै तान्नेछन्। ती नदीका उद्गमस्थल कैलाशमै छन्। सिगात्सेसम्मको बस यात्रापछि तीर्थयात्रीले रोजेका सवारी साधनमा कैलाशका विभिन्न तीर्थस्थलको भ्रमण गर्न सक्नेछन्।

बेइजिङमा गत ३१ जनवरीमा सम्पन्न भारत–चीनका उच्च अधिकारीको भेटवार्तापछि भारतीय तीर्थयात्रीका लागि नाथुला नाका खोलिएको हो। 'शक्ति राष्ट्र'का रुपमा चिनिने चीन र 'शक्ति राष्ट्र'कै रुपमा उदाउँदै गरेको भारतले नाथुलालाई महत्वपूर्ण नाकाका रुपमा मान्दै आएका छन्। नेपाल, भुटान, म्यान्मार र बंगलादेशस"ग नजिक पर्ने उक्त नाका व्यापारिक प्रयोजनका लागि भने २००६ मै खुलिसकेको छ।'नाथुला व्यापारिक हिसावले त महत्पूर्ण हु"दै हो, तीर्थयात्राका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण' दार्जिलिङ–डुवर्स युनाइटेट विकास मञ्चका प्रमुख महेन्द्र पी लामाले भनेका छन्, 'अब सिक्किमको जलेपला नाका पनि यसैगरी खुल्नुपर्छ।' आफ्नो पार्टीले उक्त नाका खुलाउन भारत सरकारसमक्ष लविङ गरिरहेको जनाउ"दै लामाले यसबारे जिटिए, पश्चिम बंगाल र केन्द्र सरकारमाझ सहमति भइसकेको बताएका छन्।

'जलेपला नाका खोलिए जिटिए क्षेत्र मात्र होइन पूर्वी सिक्किम र नेपाललाई समेत फाइदा पुग्छ' लामाले भनेका छन्, 'अरु नाकाको तुलनामा कैलाश पुग्न जलेपलाको बाटो स्थिर र कम जोखिमपूर्ण छ।' नाथुलाबाटै कैलाश यात्रा सुरु हुन लागेका बेला जलेपला नाकासमेत खुलेमा दार्जिलिङ–सिक्किमको पर्यटनले थप फड्को मार्ने व्यवसायीको विश्वास छ। दूरी नजिकै पर्ने भएकाले पूर्वी नेपालले समेत यसबाट फाइदा लिनसक्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस